National (Nepal)
निवर्तमान आईजीपी कार्कीको रिट दर्ताबारे सर्वोच्चमा छलफल जारी
नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई हटाएर मनोजकुमार केसीलाई नियुक्ति गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा पुगेको रिट दर्ताबारे आज छलफल जारी छ । सर्वोच्च अदालत प्रशासनले बिहीबार पनि अध्ययनका लागि समय लागेको भन्दै रिट दर्ता गरेको थिएन ।