अवैध विस्फोटक तथा पटाकाजन्य पदार्थको ओसारपसार, भण्डारण र बिक्री वितरण नगर्न प्रहरीले सबैलाई आह्वान पनि गरेको छ ।
प्रहरीले दाङका बिभिन्न ठाउँबाट ८ लाख ८२ हजार ५ सय रुपयाँ मूल्यका पटाका बरामद गरी नष्ट गरेको छ ।
दशैं र तिहारलाई लक्षित गरी बिभिन्न प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले असोजदेखि हालसम्म उक्त पटाका बरामद गरेको जिल्ला प्रहरी प्रमुख एसपी दिपक श्रेष्ठले बताए ।
उक्त पटाका बिहिबार स्थानीय जनप्रतिनिधिको रोहबरमा नष्ट गरेको उनले जानकारी दिए । अवैध विस्फोटक तथा पटाकाजन्य पदार्थको ओसारपसार, भण्डारण र बिक्री वितरण नगर्न प्रहरीले सबैलाई आह्वान पनि गरेको छ ।
दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।