Trending
Prev Story
Next Story

पोखरामा तिहारलक्षित सयपत्री फूलको बिक्रीस्थल र मूल्य तोकियो

Ekantipur •
November 06, 2026 • 06:01 AM
1
1 reads 0 reactions

फूलको बिक्रीवितरणका लागि पोखराका १७ स्थान तोकिएको छ भने सयपत्री प्रतिकिलो ५ सय र प्रतिमाला २ सय मूल्य कायम गरिएको छ ।

पोखरामा तिहारलक्षित सयपत्री फूलको बिक्रीस्थल र मूल्य तोकियो

फूलको बिक्रीवितरणका लागि पोखराका १७ स्थान तोकिएको छ भने सयपत्री प्रतिकिलो ५ सय र प्रतिमाला २ सय मूल्य कायम गरिएको छ ।

काठमाडौँ — पोखरा महानगरपालिकाले तिहारलाई लक्ष्य गरी सयपत्री फूलको बिक्रीस्थल र मूल्य निर्धारण गरेको छ । महानगरको आर्थिक विकास महाशाखाका प्रमुख मनोहर कडरियाका अनुसार सयपत्री फूलको बिक्रीवितरणका लागि पोखराका १७ स्थान तोकिएको छ । त्यस्तै, सयपत्री फूलको प्रतिकिलो रु ५०० र प्रतिमाला रु २०० मूल्य कायम गरिएको उहाँले जानकारी दिनुभयो ।

आगामी आइतबारदेखि लागू हुनेगरी पोखरा महानगरपालिका–१ को देवी पञ्चाङ्ग ज्येष्ठ नागरिक मिलन केन्द्र, टुँडीखेलको पुरानो वडा कार्यालय, पोखरा–२ स्थित सङ्गमचोक कृषि बजार चौतारी, पोखरा–५ को वडा कार्यालय परिसर, ६ नं वडाको सुलभ उपभोक्ता सहकारी संस्था लि, वडा नं ९ स्थित महेन्द्रपुलको फल्चालाई सयपत्री फूलको बिक्रीवितरण स्थलका रुपमा तोकिएको हो ।

यसैगरी, पृथ्वीचोकस्थित पोखरा कोशेली घर, पोखरा–९ को सिद्धार्थचोक चौतारी, १० नं वडाको पोखरा रङ्गशाला, वडा नं १३ को किसान बजार, वडा नं १४ को कार्यालय परिसर, वडा नं १५ को किसान बजार, वडा नं १६ र १९ को ठूलीपोखरी किसान बजार, वडा नं १७ विरौटाको किसान बजार, पोखरा–३० खुदीको किसान बजार, वडा नं ३१ को कोट देउराली बहुउद्देश्यीय कृषि सहकारी संस्था लि र वडा नंं २७ तालचोकको कृषिउपज थोक बजारलाई सयपत्री फूलको बिक्रीस्थल तोकिएको हो ।

सरोकार भएका पक्षको समन्वयमा बिक्रीस्थल र फूलको गुणस्तरका आधारमा मूल्य निर्धारण गरिएको आर्थिक महाशाखा प्रमुख कडरियाले बताए । स्थानीय उत्पादनको प्रवर्द्धनका लागि महानगरले तिहारमा प्लाष्टिकजन्य फूलको माला बिक्रीवितरण नगर्न सम्बन्धित व्यवसायीमा आग्रहसमेत गरेको छ । फ्लोरिकल्चर एसोसिएसन नेपाल, कास्कीमा आबद्ध ४२ वटा नर्सरी तथा पुष्प व्यवसायीले पोखरामा फूल उत्पादन र बिक्रीवितरण गर्दै आएका छन् ।

पुष्प व्यवसायलाई प्रतिस्पर्धी र दिगो बनाउन पोखरा महानगरको प्रवर्द्धनमा एसोसिएसनले तिहारको पूर्वसन्ध्यामा पोखरामा ‘नवौँ गोदावरी पुष्प प्रदर्शनी तथा तेस्रो सयपत्री पुष्प मेला’को पनि आयोजना गरेको छ । बुधबारदेखि सुरु भएको प्रदर्शनीमा फूल अवलोकन मात्र नभएर किनमेलका लागि सर्वसाधारणको घुइँचो लागेको एसोसिएसनले जनाएको छ । प्रदर्शनीले फूल उत्पादक किसान, व्यवसायी र उपभोक्तालाई एकैथलोमा ल्याएको हो ।

स्थानीय फूल उत्पादक किसानलाई बजार उपलब्ध गराउने र उपभोक्तालाई सहज रुपमा फूल तथा फूलका बिरुवा खरिद गर्ने वातावरण सृजनाका लागि प्रदर्शनी आयोजना गरिएको एसोसिएसनका अध्यक्ष रामप्रसाद सुवेदीले बताए ।

प्रदर्शनीमा फूलका २२, कृषि सामग्रीका तीन र सूचनामूलक एकगरी २६ प्रदर्शनीकक्ष रहेका छन् । पुष्प व्यवसायको विस्तार तथा बजार प्रवर्द्धन गर्ने उद्देश्यले विगत केही वर्षदेखि पोखरामा पुष्प प्रदर्शनीको आयोजना हुँदै आएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
8h ago
पोखरामा रोकिराखेको जिपमा स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु

पोखरामा रोकिराखेको जिपमा स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु

२७ कात्तिक, काठमाडौं । पोखराको जिरो किलोमिटरमा रोकिराखेको बोलेरो जिपमा स्कुटर ठोक्किँदा आज दिउँसो स्कुटरमा सवार दुई युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा म्याग्दीको मङ्गला गाउँपालिका दारुङ घर भएका २१ वर्षीय विवेक दर्जी र म्याग्दीकै …

#पोखरा
Compare →
Hamro Patro News
9h ago
पोखरामा स्कुटर दुर्घटना: २ युवकको मृत्यु

पोखरामा स्कुटर दुर्घटना: २ युवकको मृत्यु

पोखरा । पोखरामा स्कुटर दुर्घटनामा परि २ जना युवकको मृत्यु भएको छ । शुक्रबार दिउँसो करिब ३ बजे पोखरा ५ जिरो किमीस्थित लु३च५२७४ नं. को रोकी राखेको बोलेरो जिपको पछाडि ग२३प१७१६ नं. को स्कुटर ठोक्किएको...

#पोखरा
Compare →
Arthasansar
1d ago
एनपीएल क्रिकेट : पोखरा प्लेअफ होडबाट बाहिरियो, सन्दीपको ६ विकेटमा विराटनगरको तेस्रो जित

एनपीएल क्रिकेट : पोखरा प्लेअफ होडबाट बाहिरियो, सन्दीपको ६ विकेटमा विराटनगरको तेस्रो जित

कप्तान सन्दीप लामिछानेले ह्याट्रिक सहित ६ विकेट लिँदा नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगरले बिहीबार पोखरा एभेन्जर्सलाई ४ विकेटले पराजित...

#पोखरा
Compare →
Nagarik News
1d ago
एनपीएल प्लेअफ होडबाट बाहिरियो पोखरा, विराटनगरको सम्भावना बलियो

एनपीएल प्लेअफ होडबाट बाहिरियो पोखरा, विराटनगरको सम्भावना बलियो

पोखरा एभेन्जर्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफ दौडबाट औपचारिक रूपमै बाहिरिएको छ।

#पोखरा
Compare →

Related Stories

National (Nepal)
Build #2611