२७ कार्तिक, पोखरा । नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको दोस्रो अधिवेशन आगामी मंसिर ५ र ६ गते पोखरामा हुने भएको छ। अधिवेशनको उद्घाटन नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने कार्यक्रम तय भएको छ।
अधिवेशनको तयारीबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोजक समितिले दिएको जानकारीअनुसार कांग्रेसको नियमित १५औँ महाधिवेशन तयारी समितिका संयोजक प्रा.डा. शशांक कोइरालाको नेतृत्वमा गठित केन्द्रीय तयारी समितिले सार्वजनिक गरेको कार्यतालिकाअनुसार गण्डकी प्रदेशमा प्रदेश अधिवेशन हुन लागेको हो।
Read full story at source ( barnanmedia.com )