Trending
Prev Story
Next Story

भीमफेदी दुर्घटनामा मृतकका परिवारलाई उचित राहत र घाइतेको निःशुल्क उपचार गर्न कांग्रेसको माग

Ekantipur •
November 13, 2026 • 08:31 AM
1
1 reads 0 reactions

पछिल्लो समय देशभर सडक दुर्घटनाका घटना बढ्दै जानु गम्भीर चिन्ताको विषय भन्दै कांग्रेसले सरकारले तत्काल उच्चस्तरीय कार्यदल गठन गरी यस्ता दुर्घटनाका कारणको गहन अध्ययन गर्न पनि आग्रह गरेको छ ।

भीमफेदी दुर्घटनामा मृतकका परिवारलाई उचित राहत र घाइतेको निःशुल्क उपचार गर्न कांग्रेसको माग

पछिल्लो समय देशभर सडक दुर्घटनाका घटना बढ्दै जानु गम्भीर चिन्ताको विषय भन्दै कांग्रेसले सरकारले तत्काल उच्चस्तरीय कार्यदल गठन गरी यस्ता दुर्घटनाका कारणको गहन अध्ययन गर्न पनि आग्रह गरेको छ ।

काठमाडौँ — कांग्रेसले भीमफेदीमा भएको माइक्रोबस दुर्घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई तत्काल उचित राहतको व्यवस्था गर्न र घाइतेको निःशुल्क एवं प्रभावकारी उपचारको प्रबन्ध गर्न सरकारसँग माग गरेको छ ।

प्रेस विज्ञप्ति जारी गर्दै  कांग्रेसले मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिरशान्तिको कामना गरेको छ ।कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, 'मृतकका परिवारलाई तत्काल उचित राहतको व्यवस्था गर्न र घाइतेको निःशुल्क एवं प्रभावकारी उपचारको प्रबन्ध गर्न नेपाली कांग्रेस नेपाल सरकारसँग जोडदार माग गर्दछ ।'

कांग्रेसले पछिल्लो समय देशभर सडक दुर्घटनाका घटनाहरू बढ्दै जानु गम्भीर चिन्ताको विषय भएको जनाएको छ । 'सडक दुर्घटनाको बढ्दो जोखिमलाई न्यूनीकरण गर्न सरकारले तत्काल उच्चस्तरीय कार्यदल गठन गरी यस्ता दुर्घटनाका कारणहरूको गहन अध्ययन गर्नुका साथै सडक सुरक्षा, सवारीसाधनको अवस्था, चालकको जिम्मेवारी र यातायात व्यवस्थापनमा देखिएका कमजोरी पहिचान गरी प्रभावकारी नीतिगत तथा व्यावहारिक सुधारका उपाय अवलम्बन गर्न नेपाली कांग्रेस सरकारको गम्भीर ध्यानाकर्षण गर्दछ,' विज्ञप्तिमा भनिएको छ ।

बिहीबार बिहान मकवानपुरको भीमफेदी–६ स्थित चिसापानीगढीमा दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । ६ जना गम्भीर घाइते भएका छन् ।

काठमाडौँबाट सर्लाहीको चक्रघट्टा गाउँपालिकाको सुन्दरपुरतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको यात्रुबाहक विद्युतीय माइक्रो दुर्घटनामा परेको थियो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
9h ago
भीमफेदी दुर्घटनामा मृतकका परिवारलाई उचित राहत र घाइतेको निःशुल्क उपचार गर्न कांग्रेसको माग

भीमफेदी दुर्घटनामा मृतकका परिवारलाई उचित राहत र घाइतेको निःशुल्क उपचार गर्न कांग्रेसको माग

भीमफेदी दुर्घटनामा मृतकका परिवारलाई उचित राहत र घाइतेको निःशुल्क उपचार गर्न कांग्रेसको माग पछिल्लो समय देशभर सडक दुर्घटनाका घटना बढ्दै जानु गम्भीर चिन्ताको विषय भन्दै कांग्रेसले सरकारले तत्काल उच्...

#दुर्घटना #कांग्रेस #मृतक
Compare →
Onlinekhabar
10h ago
भीमफेदी दुर्घटनामा ज्यान गुमाएकाहरूको परिवारलाई राहत दिन कांग्रेसको माग

भीमफेदी दुर्घटनामा ज्यान गुमाएकाहरूको परिवारलाई राहत दिन कांग्रेसको माग

२७ कात्तिक, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले मकवानपुरको भीमफेदी—६ स्थित चिसापानीगढीमा भएको दुर्घटनामा परी मृत्यु भएकाहरूको परिवारलाई तत्काल उचित राहतको व्यवस्था गर्न माग गरेको छ । कांग्रेसले शुक्रबार विज्ञप्तिमार्फत सरकारसँग बिहीबार चिसापानीगढीमा भएको दुर्घटनामा परी …

#दुर्घटना #कांग्रेस #भीमफेदी
Compare →
Nagarik News
10h ago
भीमफेदी दुर्घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त, उच्चस्तरीय कार्यदल गठन गर्न माग

भीमफेदी दुर्घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त, उच्चस्तरीय कार्यदल गठन गर्न माग

नेपाली कांग्रेसले मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा भएको माइक्रोबस दुर्घटनाप्रति दुःख व्यक्त गर्दै सडक दुर्घटना न्यूनीकरणका लागि उच्चस्तरीय कार्यदल गठन गर्न सरकारसँग माग गरेको छ।

#दुर्घटना #कांग्रेस #भीमफेदी
Compare →
Bizshala
11h ago
भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

काठमाण्डौ । भीमफेदी सवारी दुर्घटनामा ज्यान गुमाएकाका परिवारले संघीय सरकारबाट क्षतिपूर्तिसहित आफ्ना माग सम्बोधन...

#दुर्घटना #मृतक #भीमफेदी
Compare →
Arthasansar
9h ago
भीमफेदी सवारी दुर्घटना छानबिन गर्न सरकारले बनायाे पाँच सदस्यीय समिति गठन

भीमफेदी सवारी दुर्घटना छानबिन गर्न सरकारले बनायाे पाँच सदस्यीय समिति गठन

मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीस्थित भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डमा भएको यात्रुवाहक सवारी दुर्घटनाप्रति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गहिरो दुःख व्यक्त गरेको छ।  शुक्रबार...

#भीमफेदी #दुर्घटना
Compare →

Related Stories

Politics & Governance
Build #2611