Trending
Prev Story
Next Story

भीमफेदी दुर्घटनामा ज्यान गुमाएकाहरूको परिवारलाई राहत दिन कांग्रेसको माग

Onlinekhabar •
November 13, 2026 • 07:31 AM
1
1 reads 0 reactions

२७ कात्तिक, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले मकवानपुरको भीमफेदी—६ स्थित चिसापानीगढीमा भएको दुर्घटनामा परी मृत्यु भएकाहरूको परिवारलाई तत्काल उचित राहतको व्यवस्था गर्न माग गरेको छ । कांग्रेसले शुक्रबार विज्ञप्तिमार्फत सरकारसँग बिहीबार चिसापानीगढीमा भएको दुर्घटनामा परी …

भीमफेदी दुर्घटनामा ज्यान गुमाएकाहरूको परिवारलाई राहत दिन कांग्रेसको माग

२७ कात्तिक, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले मकवानपुरको भीमफेदी—६ स्थित चिसापानीगढीमा भएको दुर्घटनामा परी मृत्यु भएकाहरूको परिवारलाई तत्काल उचित राहतको व्यवस्था गर्न माग गरेको छ ।

कांग्रेसले शुक्रबार विज्ञप्तिमार्फत सरकारसँग बिहीबार चिसापानीगढीमा भएको दुर्घटनामा परी मृत्यु भएकाहरूको परिवारलाई तत्काल उचित राहतको व्यवस्था गर्न माग गरेको हो । कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा दुर्घटनाका घाइतेहरूको निःशुल्क एवं प्रभावकारी उपचारको प्रबन्ध गर्न पनि माग गरिएको छ ।

पछिल्लो समय देशभर सडक दुर्घटनाका घटनाहरू बढ्दै जानु गम्भीर चिन्ताको विषय बनेको भन्दै कांग्रेसले सडक दुर्घटनाको बढ्दो जोखिमलाई न्यूनीकरणका लागि तत्काल उच्चस्तरीय कार्यदल गठन गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ ।

‘यस्ता दुर्घटनाका कारणहरूको गहन अध्ययन गर्नुका साथै सडक सुरक्षा, सवारी साधनको अवस्था, चालकको जिम्मेवारी र यातायात व्यवस्थापनमा देखिएका कमजोरी पहिचान गरी प्रभावकारी नीतिगत तथा व्यावहारिक सुधारका उपाय अवलम्बन गर्न नेपाली कांग्रेस सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ,’ कांग्रेसले भनेको छ ।

काठमाडौंबाट सर्लाहीको चक्रघट्टा गाउँपालिकाको सुन्दरपुरतर्फ जाँदै गरेको माइक्रोबस बिहीबार बिहान मकवानपुरको भीमफेदी-६ स्थित चिसापानीगढीमा दुर्घटना हुँदा १४ जनाको घटनास्थलमै मृत्यु भएको थियो । ६ जना गम्भीर घाइते भएका थिए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Ekantipur
8h ago
भीमफेदी दुर्घटनामा मृतकका परिवारलाई उचित राहत र घाइतेको निःशुल्क उपचार गर्न कांग्रेसको माग

भीमफेदी दुर्घटनामा मृतकका परिवारलाई उचित राहत र घाइतेको निःशुल्क उपचार गर्न कांग्रेसको माग

पछिल्लो समय देशभर सडक दुर्घटनाका घटना बढ्दै जानु गम्भीर चिन्ताको विषय भन्दै कांग्रेसले सरकारले तत्काल उच्चस्तरीय कार्यदल गठन गरी यस्ता दुर्घटनाका कारणको गहन अध्ययन गर्न पनि आग्रह गरेको छ ।

#दुर्घटना #कांग्रेस #भीमफेदी
Compare →
Hamro Patro News
4h ago
अल्पमतको मधेश सरकारद्वारा भीमफेदी दुर्घटनाका मृतक परिवारलाई एक लाख राहत

अल्पमतको मधेश सरकारद्वारा भीमफेदी दुर्घटनाका मृतक परिवारलाई एक लाख राहत

२७ कात्तिक, काठमाडौं । मधेश प्रदेश सरकारले भीमफेदी सडक दुर्घटनामा ज्यान गुमाएकाहरूको परिवारलाई जनही एक लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ । असोज ३० गते कृष्णप्रसाद यादव नेतृत्वको मधेश स...

#दुर्घटना #राहत #भीमफेदी
Compare →
Nagarik News
9h ago
भीमफेदी दुर्घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त, उच्चस्तरीय कार्यदल गठन गर्न माग

भीमफेदी दुर्घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त, उच्चस्तरीय कार्यदल गठन गर्न माग

नेपाली कांग्रेसले मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा भएको माइक्रोबस दुर्घटनाप्रति दुःख व्यक्त गर्दै सडक दुर्घटना न्यूनीकरणका लागि उच्चस्तरीय कार्यदल गठन गर्न सरकारसँग माग गरेको छ।

#दुर्घटना #कांग्रेस #भीमफेदी
Compare →
Bizshala
10h ago
भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

काठमाण्डौ । भीमफेदी सवारी दुर्घटनामा ज्यान गुमाएकाका परिवारले संघीय सरकारबाट क्षतिपूर्तिसहित आफ्ना माग सम्बोधन...

#दुर्घटना #भीमफेदी
Compare →
Arthasansar
8h ago
भीमफेदी सवारी दुर्घटना छानबिन गर्न सरकारले बनायाे पाँच सदस्यीय समिति गठन

भीमफेदी सवारी दुर्घटना छानबिन गर्न सरकारले बनायाे पाँच सदस्यीय समिति गठन

मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीस्थित भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डमा भएको यात्रुवाहक सवारी दुर्घटनाप्रति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गहिरो दुःख व्यक्त गरेको छ।  शुक्रबार...

#भीमफेदी #दुर्घटना
Compare →

Related Stories

Politics & Governance
Build #2611