Trending
Prev Story
Next Story

भीमफेदी दुर्घ*टनाअघिको दर्दनाक अनुभव : 'साहुले बनाउँदैन' भन्दै बिग्रिएकै गाडीमा यात्रु बोकियो

Hamro Patro News •
November 13, 2026 • 11:11 AM
1
1 reads 0 reactions

मकवानपुरको भीमफेदीमा भएको दुःखद सवारी दुर्घटना हुनुभन्दा एक दिनअघि सोही रूट (मलंगवा–काठमाडौं) मा चल्ने ईभी (EV) हाइसमा यात्रा गरेकी लालबन्दी, सर्लाहीकी यात्रु आशिका पौडेलले सवारी साधनको चरम लापरबाह...

1 / 2
Swipe Photos

मकवानपुरको भीमफेदीमा भएको दुःखद सवारी दुर्घटना हुनुभन्दा एक दिनअघि सोही रूट (मलंगवा–काठमाडौं) मा चल्ने ईभी (EV) हाइसमा यात्रा गरेकी लालबन्दी, सर्लाहीकी यात्रु आशिका पौडेलले सवारी साधनको चरम लापरबाहीबारे गम्भीर अनुभव सार्वजनिक गरेकी छन्। टीकाको अघिल्लो दिन बिहान ८ बजे लालबन्दीबाट काठमाडौं आउन उक्त हाइस चढेकी उनले बाटोभरि गाडी दर्जनौँ पटक आफैँ बन्द (अफ) हुँदा यात्रुहरूले मृत्युको मुखबाट जोगिएर यात्रा गर्नुपरेको डरलाग्दो वृत्तान्त सुनाएकी हुन्।

पौडेलका अनुसार निजगढ नपुग्दै गाडी आफैँ बन्द हुन थालेको थियो। चालकले 'तलको एउटा तार निस्केको छ, खाल्डाखुल्डीमा पर्दा अफ हुन्छ' र 'साहुले बनाउँदैन, मलाई मात्र टेन्सन हुन्छ' भन्दै जोखिमपूर्ण रूपमै गाडी हाँकिरहेका थिए। चुरेको उकालो र भीमफेदीको घुम्तीमा समेत गाडी पटक–पटक बन्द हुँदा पछाडिबाट आउने सवारी साधनहरू समेत जोखिममा परेका थिए। यात्रुहरूले हेटौँडामै झरेर अर्को गाडी चढाइदिन आग्रह गर्दासमेत चालकले डोरीले तार बाँधेको बहाना बनाउँदै पूरा भाडाको निहुँ खोजेर जबरजस्ती सोही बिग्रिएको गाडीमा राति ८ बजे जडीबुटी पुर्‍याएको उनले उल्लेख गरेकी छन्।

Read full story at source ( barnanmedia.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Arthasansar
9h ago
भीमफेदी सवारी दुर्घटना छानबिन गर्न सरकारले बनायाे पाँच सदस्यीय समिति गठन

भीमफेदी सवारी दुर्घटना छानबिन गर्न सरकारले बनायाे पाँच सदस्यीय समिति गठन

मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीस्थित भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डमा भएको यात्रुवाहक सवारी दुर्घटनाप्रति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गहिरो दुःख व्यक्त गरेको छ।  शुक्रबार...

#सवारी #भीमफेदी #काठमाडौं
Compare →
Nagarik News
11h ago
भीमफेदी दुर्घटनाका घाइतेको उपचारमा सहयोग गर्ने सरकारको प्रतिबद्धता

भीमफेदी दुर्घटनाका घाइतेको उपचारमा सहयोग गर्ने सरकारको प्रतिबद्धता

मकवानपुरको भीमफेदी गाउँपालिका–६, विश्रामपानीमा भएको यात्रुवाहक सवारी दुर्घटनाप्रति सरकारले दुःख व्यक्त गरेको छ।

#सवारी #भीमफेदी #दुर्घ
Compare →
Onlinekhabar
1d ago
भीमफेदी दुर्घटनाका थप तीन मृतकको पहिचान खुल्यो

भीमफेदी दुर्घटनाका थप तीन मृतकको पहिचान खुल्यो

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिकास्थित चिसापानी गढीमा आज बिहान भएको ईभी गाडी दुर्घटनाका थप तीन जना मृतकको पहिचान भएको छ । दुर्घटना स्थलमा खोजी गर्दा सर्लाहीको शुक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका ३५ वर्षीय राकेश यादव, २८ …

#भीमफेदी #गाडी #दुर्घ
Compare →
Ekantipur
4h ago
भीमफेदी दुर्घटना : प्रशासनको आश्वासनसँगै शव लिएर सर्लाही फर्किए आफन्त

भीमफेदी दुर्घटना : प्रशासनको आश्वासनसँगै शव लिएर सर्लाही फर्किए आफन्त

भीमफेदी दुर्घटनामा ज्यान गुमाएका परिवारले क्षतिपूर्ति, घाइते बालबालिकाको शिक्षा र पालनपोषण तथा रोजगारीको माग राखे पनि ठोस लिखित सहमतिबिनै शव बुझे । मकवानपुर प्रशासनले सात दिनभित्र माग सम्बोधनका लागि पहल गर्ने आश्वासन दिएको छ ।

#भीमफेदी #दुर्घ
Compare →
Bizshala
11h ago
भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

काठमाण्डौ । भीमफेदी सवारी दुर्घटनामा ज्यान गुमाएकाका परिवारले संघीय सरकारबाट क्षतिपूर्तिसहित आफ्ना माग सम्बोधन...

#भीमफेदी #दुर्घ
Compare →

Related Stories

Technology
Build #2611