गाडीले मोटरसाइकललाई ठक्कर दिँदा बाबुछोराको मृत्यु, १५ जना घाइते
बर्दियामा एक गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। थप १५ जना घाइते भएका छन्। बाँकेमा पनि गाडीले पैदलयात्रीलाई ठक्कर दिँदा थप एक जनाको मृत्यु भएको छ। बर्दियामा गाडीको ठक्करबाट बाँकेको राप्ती सोनारी गाउँपालिका–५, चिल्लरियाका मोटरसाइकल चालक ३४ वर्षीय हुकुमबहादुर खत्री र पछाडि सवार उनका बुबा दलबहादुर खत्रीको मृत्यु भएको...