Trending
Prev Story
Next Story

बल्खु–हेटौँडा रुटमा नयाँ नियम : बिहान ५ बजेपछि चल्ने र राति ८ बजेसम्म फर्पिङ पुग्नैपर्ने

Arthasansar •
November 13, 2026 • 02:34 PM
1
1 reads 0 reactions

काठमाडौँको बल्खु–दक्षिणकाली हुँदै हेटौँडा जाने यात्रुवाहक सवारीसाधन सञ्चालनका लागि नयाँ समयसीमा तोकिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले आज सूचना जारी...

1 / 2
Swipe Photos

काठमाडौँको बल्खु–दक्षिणकाली हुँदै हेटौँडा जाने यात्रुवाहक सवारीसाधन सञ्चालनका लागि नयाँ समयसीमा तोकिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले आज सूचना जारी गर्दै उक्त रुटमा चल्ने भाडाका तथा सार्वजनिक सवारीसाधन बिहान ५ बजेपछि मात्रै बल्खुबाट छुट्न पाउने व्यवस्था गरेको हो।

यसैगरी बेलुका ८ बजेसम्म सवारीसाधन फर्पिङस्थित प्रहरी चेकपोष्ट पुगिसक्नुपर्ने समयसीमा निर्धारण गरिएको छ। पछिल्लो समय यो सडक खण्डमा सवारी दुर्घटना र मानवीय क्षति बढ्दै गएपछि यात्रुको सुरक्षालाई मद्देनजर गर्दै जिल्ला सुरक्षा समितिले यस्तो निर्णय गरेको प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले जानकारी दिए।

प्रशासनले साँघुरो तथा घुम्तीयुक्त बाटो, रातिको अँध्यारो यात्रा, चालकको अनिद्रा, तीव्र गति र यान्त्रिक गडबडीलाई दुर्घटनाको मुख्य कारण औँल्याएको छ। अबदेखि सवारीसाधनको अवस्था पूर्ण रूपमा जाँच गरेर मात्र सञ्चालन गर्न तथा रुटमा पर्ने प्रहरी र ट्राफिक प्रहरीलाई प्रत्येक गाडीको अनिवार्य जाँच गर्न समेत कडा निर्देशन दिइएको छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
1h ago
हायस दुर्घटनापछि काठमाडौं–हेटौँडा सडकमा कडाइ, राति ८ बजेभित्र फर्पिङ पुग्नुपर्ने

हायस दुर्घटनापछि काठमाडौं–हेटौँडा सडकमा कडाइ, राति ८ बजेभित्र फर्पिङ पुग्नुपर्ने

काठमाडौं प्रशासनले काठमाडौं–हेटौँडा सडकखण्डमा यात्रुवाहक सवारीसाधन सञ्चालनमा कडाइ गरेको छ।

#काठमाडौं #सवारीसाधन #हेटौँडा
Compare →
Ekantipur
1h ago
बल्खु-हेटौंडा चल्ने सवारीसाधनले अब बेलुकी ८ बजेसम्म फर्पिङको प्रहरी चेकपोस्ट पार गरिसक्नु पर्ने

बल्खु-हेटौंडा चल्ने सवारीसाधनले अब बेलुकी ८ बजेसम्म फर्पिङको प्रहरी चेकपोस्ट पार गरिसक्नु पर्ने

यस रुटमा सञ्चालन हुने यात्रुवाहक सवारीसाधन अब बेलुका ८ बजेसम्ममा फर्पिङस्थित प्रहरी चेकपोस्ट पुगिसक्नुपर्नेछ । त्यस्तै, बिहान ५ बजेदेखि मात्रै बल्खुबाट उक्त रुटमा सवारीसाधन सञ्चालन गर्न पाइनेछ ।

#बल्खु #सवारीसाधन #चल्ने
Compare →
Hamro Patro News
1h ago
काठमाडौँबाट हेटौँडा जाने यात्रुवाहक सवारी बेलुका ८ बजे फर्पिङ कटिसक्नुपर्ने

काठमाडौँबाट हेटौँडा जाने यात्रुवाहक सवारी बेलुका ८ बजे फर्पिङ कटिसक्नुपर्ने

काठमाडौँ । काठमाडौँ–फर्पिङ–कुलेखानी–हेटौँडा सडक खण्डमा सवारी दुर्घटना बढेसँगै जिल्ला प्रशासन कार्यालय काठमाडौँले सो सडकमा रातिको समयमा यात्रुवाहक सवारी साधन सञ्चालनका लागि नयाँ समय तालिका लागू गरेक...

#काठमाडौं #हेटौँडा #फर्पिङ
Compare →
Onlinekhabar
2h ago
बल्खु–दक्षिणकाली–हेटौंडा सडकमा सवारीलाई तोकियो नयाँ समय

बल्खु–दक्षिणकाली–हेटौंडा सडकमा सवारीलाई तोकियो नयाँ समय

२७ कात्तिक, काठमाडौं । बल्खु–दक्षिणकाली हुँदै हेटौंडा जाने यात्रुवाहक भाडाका तथा सार्वजनिक सवारीसाधनका लागि नयाँ समयसीमा निर्धारण भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलले एक विज्ञप्ति जारी गर्दै नयाँ समयसीमाबारे …

#बल्खु #सवारीसाधन
Compare →

Related Stories

National (Nepal)
Build #2611