Trending
Prev Story
Next Story

सुक्खा पहिरोले अवरुद्ध कालीगण्डकी करिडोरको गुल्मी खण्ड सुचारु

Ekantipur •
November 06, 2026 • 06:01 AM
1
1 reads 0 reactions

गुल्मीको राक्सेमा बिहीबार राति खसेको पहिरो हटाएपछि शुक्रबार बिहानदेखि यातायात सञ्चालनमा आएको छ, तर कमजोर जमिनका कारण जोखिम कायमै छ।

सुक्खा पहिरोले अवरुद्ध कालीगण्डकी करिडोरको गुल्मी खण्ड सुचारु

गुल्मीको राक्सेमा बिहीबार राति खसेको पहिरो हटाएपछि शुक्रबार बिहानदेखि यातायात सञ्चालनमा आएको छ, तर कमजोर जमिनका कारण जोखिम कायमै छ।

बुटवल — सुक्खा पहिरोका कारण बिहीबार रातिदेखि अवरुद्ध कालीगण्डकी करिडोरको गुल्मी खण्ड शुक्रबार बिहानदेखि सुचारु भएको छ । करिडोरको गुल्मीमा पर्ने रुद्रवेणी–पूर्तिघाट खण्डको कालीगण्डकी गाउँपालिका–२ राक्सेमा सडकमाथिबाट पहिरो खसेपछि यातायात अवरुद्ध भएको थियो ।

कालीगण्डकी करिडोर सडक योजना कार्यालयले गुल्मीको हर्मिचौरदेखि गुल्मी र बागलुङको सीमाक्षेत्र पालुङ खोलासम्मको सडक निर्माण सम्पन्न गरी मर्मतसम्भारका लागि गत असारमा सडक डिभिजन कार्यालय पाल्पालाई हस्तान्तरण गरेको थियो ।

सडक हस्तान्तरण भए पनि राक्सेको करिब १ सय ५० मिटर क्षेत्रमा जमिन कमजोर भएकाले पटकपटक सुक्खा र हिलेसहितका पहिरो जाने गरेको सडक डिभिजन कार्यालय पाल्पाका निमित्त प्रमुख इन्जिनियर पवित्रमणि आचार्यले बताए ।

‘बिहीबार रातिको पहिरो हटाएपछि केहीबेर अघिदेखि सडक सुचारु भएको छ,’ उनले भने, ‘राक्सेको १ सय ५० मिटर दूरीको क्षेत्रमा जमिन अत्यन्तै कमजोर भएकाले दिनहुँ पहिरो जाने गरेको छ । त्यसैले एउटा मेसिन त्यहीँ राखेर निरन्तर पहिरो पन्छ्याउने काम गरिरहेका छौं ।’

त्यस क्षेत्रको जमिन र डाँडाकै अध्ययन गर्नुपर्ने देखिएपछि भूगर्भ विभागलाई पत्राचार गरिएको र तिहारपछि अध्ययनका लागि विभागको टोली आउने उनले बताए ।

गुल्मीको रुद्रवेणीदेखि मालढुंगासम्मको सडक खण्डका केही स्थानमा अहिले पनि निर्माणको काम जारी छ । तर, निर्माण सम्पन्न भएर हस्तान्तरण भइसकेको राक्से क्षेत्रमा सुक्खा र हिले पहिरोकै कारण पटकपटक सडक अवरुद्ध हुने गरेको छ । यसअघि पनि असोजको पहिलो साता परेको पानीले उक्त क्षेत्रमा पहिरो गएको थियो ।

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
1d ago
सुक्खा पहिरोले कालीगण्डकी करिडोर सडक अवरुद्ध

सुक्खा पहिरोले कालीगण्डकी करिडोर सडक अवरुद्ध

कालीगण्डकी करिडोर सञ्चालनमा आएपछि पछिल्लो समयमा सवारी चापका दृष्टिकोणले उक्त सडक जिल्लाको अति व्यस्त सडकअन्तर्गत पर्दछ।

#पहिरो #कालीगण्डकी #करिडोर
Compare →
Bizshala
1d ago
पहिरो खसेपछि कालीगण्डकी करिडोर अवरुद्ध, यात्रु अलपत्र

पहिरो खसेपछि कालीगण्डकी करिडोर अवरुद्ध, यात्रु अलपत्र

गुल्मी । गुल्मीको कालीगण्डकी करिडोरअन्तर्गत कालीगण्डकी गाउँपालिका–२ राक्सेमा सुक्खा पहिरो खस्दा सडक पूर्ण रूपमा...

#गुल्मी #पहिरो #कालीगण्डकी
Compare →
Hamro Patro News
1d ago
राक्सेमा पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध

राक्सेमा पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध

राक्सेमा पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध सडक अवरुद्ध हुँदा गुल्मीबाट पाल्पा, बुटवल, बाग्लुङ, पर्वत, म्याग्दी तथा पोखरासम्म आवतजावत जाने सम्पूर्ण सवारीसाधन तथा यात्रुहरु रातिदेखि बीच बाटोमै र...

#पहिरो #कालीगण्डकी #करिडोर
Compare →
Onlinekhabar
1d ago
सुक्खा पहिराले कालीगण्डकी करिडोर सडक अवरुद्ध

सुक्खा पहिराले कालीगण्डकी करिडोर सडक अवरुद्ध

२६ कात्तिक, गुल्मी । कालीगण्डकी करिडोर सडक अवरुद्ध बनेको छ । उक्त सडकखण्डअन्तर्गत कालीगण्डकी गाउँपालिका–२ राक्सेमा चट्टान सहितको सुक्खा पहिरो खसेपछि गएरातिदेखि उक्त सडकपूर्ण रूपमा अवरुद्ध बनेको हो । प्रहरी चौकी पूर्तिघाटबाट प्रहरी सहायक निरीक्षक बाबुराम …

#पहिरो #कालीगण्डकी #अवरुद्ध
Compare →
Arthasansar
4d ago
घोप्टेभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

घोप्टेभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

पृथ्वी राजमार्गअन्तर्गत घोप्टेभिरस्थित कुरिनटारनजिकै पहिरो खसेको छ । बिहानीपख सुक्खा पहिरो खस्दा राजमार्ग दुईतर्फि अवरुद्ध बनेको प्रहरीले जनाएको छ ।  पहिरो हटाउन आवश्यक...

#पहिरो #अवरुद्ध
Compare →

Related Stories

Sports
Build #2611