Trending
Prev Story
Next Story

एनपीएल प्लेअफ होडबाट बाहिरियो पोखरा, विराटनगरको सम्भावना बलियो

Nagarik News •
November 12, 2026 • 10:17 AM
1
1 reads 0 reactions

पोखरा एभेन्जर्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफ दौडबाट औपचारिक रूपमै बाहिरिएको छ।

एनपीएल प्लेअफ होडबाट बाहिरियो पोखरा, विराटनगरको सम्भावना बलियो

पोखरा एभेन्जर्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफ दौडबाट औपचारिक रूपमै बाहिरिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न २२औं खेलमा विराटनगर किंग्ससँग ४ विकेटले पराजित भएसँगै पोखराको प्रतियोगिता यात्रा समूह चरणमै टुंगिएको हो।

जारी प्रतियोगिता पोखरा २ अंकसहित तालिकाको पुछारमा छ। अब लिग चरणको अन्तिम खेल जिते पनि पोखरा शीर्ष चारमा पुग्न सक्ने छैन। उता यो रोमाञ्चक जितसँगै ६ खेलबाट ६ अंक जोडेको विराटनगरले भने प्लेअफको सम्भावना बलियो बनाएको छ।

पोखराले दिएको १३३ रनको लक्ष्य विराटनगरले १९.२ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो। अन्तिम ५ ओभरमा जितका लागि ४९ रन आवश्यक रहेको कठिन परिस्थितिमा इसुरु उडाना र शेहान जयसूर्याले आक्रामक ब्याटिङ गर्दै विराटनगरलाई जित दिलाए।

उडानाले विस्फोटक प्रदर्शन गर्दै १२ बलमा ४ चौका र १ छक्काको मद्दतले अविजित २५ रन जोडे। जयसूर्या १४ बलमा १७ रन बनाएर अविजित रहे। यी दुईले अन्तिम ओभरहरूमा तीव्र गतिमा रन जोड्दै खेल विराटनगरको पक्षमा पारे।

यसअघि विराटनगरका लागि बसिर अहमदले ३९ बलमा ३७ रन र विकेटकिपर ब्याटर लोकेश बमले २७ बलमा ३३ रनको महत्वपूर्ण योगदान दिए।

ओपनर इमरान शेखले १० र एन्जेलो म्याथ्युजले ८ रन बनाउँदा चरिथ असालंका र प्रतिश जिसी शून्य रनमै आउट भए। पोखराका बलर रमेश मेन्डिस र कुशल भुर्तेलले २-२ विकेट लिए पनि टोलीको हार टार्न सकेनन्। त्यस्तै विपिन खत्री र धनञ्जय लक्षणले १-१ विकेट हात पारे।

त्यसअघि ब्याटिङ गरेको पोखरा १७.५ ओभरमा १३२ रनमै अलआउट भएको थियो। पोखराका लागि युवराज साम्राले एक्लै लड्दै ४७ बलमा ७ चौका र ५ छक्काको मद्दतले ८४ रनको उत्कृष्ट इनिङ खेले पनि अन्य ब्याटर चल्न सकेनन्।

विराटनगरका कप्तान सन्दीप लामिछानेले घातक बलिङ गर्दै ४ ओभरमा २७ रन खर्चेर ह्याट्रिकसहित ६ विकेट लिए।

उनले १५औं ओभरको तेस्रो, चौथो र पाँचौं बलमा लगातार युवराज साम्रा, कप्तान चमिका करुणारत्ने र किरण ठगुन्नालाई आउट गरेका थिए। विराटनगरका एन्जेलो म्याथ्युज, चरिथ असालंका र रूपेश सिंहले १-१ विकेट हात पारेका थिए।

प्रकाशित: २६ कार्तिक २०८३ १६:०२ बिहीबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
5h ago
काठमाडौंलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा, शीर्ष दुईको सम्भावना बलियो

काठमाडौंलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा, शीर्ष दुईको सम्भावना बलियो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले काठमाडौं गोर्खाजलाई ७ रनले पराजित गर्दै प्लेअफमा स्थान सुरक्षित गरेको छ। कीर्तिपुरस्थित टीयू मैदानमा १२६ रनको लक्ष्य पछ्याएको काठमाड...

#एनपीएल #प्रिमियर-लिग #प्लेअफ
Compare →
Arthasansar
2h ago
चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

नेपाल प्रिमियर लिग ९एनपीएल० मा शुक्रबारको लो स्कोरिङ खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई विकेटले पराजित गर्दै प्लेअफ होडलाई बलियो बनाएको...

#एनपीएल #प्रिमियर-लिग #प्लेअफ
Compare →
Onlinekhabar
2h ago
चितवन प्लेअफ नजिक, जनकपुर र कर्णाली बाहिरियो

चितवन प्लेअफ नजिक, जनकपुर र कर्णाली बाहिरियो

२७ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल० मा शुक्रबारको लो स्कोरिङ खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई विकेटले पराजित गर्दै प्लेअफ होडलाई बलियो बनाएको छ । जनकपुर बोल्ट्सले दिएको ८९ रनको लक्ष्य चितवनले १७।२ ओभर खेल्दै …

#एनपीएल #प्रिमियर-लिग #प्लेअफ
Compare →
Ekantipur
1h ago
प्लेअफ सम्भावना कायम रहेकोमा चितवनको खुसी

प्लेअफ सम्भावना कायम रहेकोमा चितवनको खुसी

चितवनको जितसँगै प्लेअफ सम्भावना कायम रहेकोमा कप्तान सिकन्दर राजाले खुसी व्यक्त गरेका छन् । जनकपुरमाथिको जितमा डाविड मालनको प्रदर्शन निर्णायक रहेको उनको भनाइ छ ।

#प्लेअफ #सम्भावना
Compare →

Related Stories

Sports
Build #2611