Trending
Prev Story
Next Story

फ्लेक्सटेक्स नेपालद्वारा १५औं वर्ष पुरा

Ekantipur •
November 05, 2026 • 11:31 AM
1
1 reads 0 reactions

स्थापनाकालदेखि नै संस्थाले नेपाली प्रतिभालाई आफ्नै देशमा रहेर व्यावसायिक अनुभव हासिल गर्न, आफ्नो ज्ञान र क्षमता विकास गर्न तथा दीर्घकालीन व्यावसायिक जीवन निर्माण गर्न अवसर प्रदान ।

फ्लेक्सटेक्स नेपालद्वारा १५औं वर्ष पुरा

स्थापनाकालदेखि नै संस्थाले नेपाली प्रतिभालाई आफ्नै देशमा रहेर व्यावसायिक अनुभव हासिल गर्न, आफ्नो ज्ञान र क्षमता विकास गर्न तथा दीर्घकालीन व्यावसायिक जीवन निर्माण गर्न अवसर प्रदान ।

काठमाडौँ — फ्लेक्सटेक्स नेपालले आफ्नो यात्राको १५ वर्ष पूरा गर्दैछ । नेपालमै नेपाली युवाहरूका लागि अर्थपूर्ण रोजगारीका अवसर सिर्जना गर्ने र उनीहरूलाई अन्तर्राष्ट्रिय व्यावसायिक अवसरहरूसँग जोड्ने स्पष्ट उद्देश्यका साथ स्थापना भएको यो संस्था १६औं वर्षमा प्रवेश गरेको हो ।

स्थापनाकालदेखि नै संस्थाले नेपाली प्रतिभालाई आफ्नै देशमा रहेर व्यावसायिक अनुभव हासिल गर्न, आफ्नो ज्ञान र क्षमता विकास गर्न तथा दीर्घकालीन व्यावसायिक जीवन निर्माण गर्न अवसर प्रदान गर्ने उद्देश्यलाई प्राथमिकतामा राख्दै आएको छ ।

स्थापनाको प्रारम्भिक वर्षमा केवल १३ जना कर्मचारीबाट सुरु भएको फ्लेक्सटेक्स नेपालको यात्रा आज करिब ६ सय जना कर्मचारी पुगेको छ ।

विगत १५ वर्षमा भएको यो उल्लेखनीय वृद्धिसँगै फ्लेक्सटेक्स नेपाल समग्र फ्लेक्सटेक्स संस्थाको एक महत्वपूर्ण अंगका रूपमा स्थापित भएको दाबी संस्थाको छ ।

फ्लेक्सटेक्स नेपालले आफ्ना कर्मचारी, नेतृत्व, ग्राहक, साझेदार तथा शुभेच्छुकहरूको साथ, विश्वास र सहयोगमा निरन्तर प्रगति गर्दै आएको विज्ञप्तिमा उल्लेख छ । सानो सुरुवातबाट अघि बढेको संस्थाको यो यात्रा आज मानिस, अवसर, सहकार्य, दृढता र निरन्तर प्रगतिको यात्राका रूपमा स्थापित भएको संस्थाले जनाएको छ ।

आफ्नो यही ऐतिहासिक यात्राको महत्वपूर्ण उपलब्धि मनाउन फ्लेक्सटेक्स नेपालले १४ नोभेम्बर २०२६ मा काठमाडौंस्थित सोल्टी होटलमा १५औं वार्षिक उत्सव आयोजना गर्दैछ ।

Prev Swipe Story Next

Related Stories

National (Nepal)
Build #2611