काठमाडौँ। तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो चरणबाट पोखरा एभेन्जरपछि जनकपुर बोलट्स र कर्णाली याक्स पनि बाहिरिएका छन्।
शुक्रवार भएको दोस्रो खेलमा चितवन राइनोजले जनकपुरलाई ४ विकेटले हराए पछि जनकपुर र कर्णाली बाहिरिएका हुन्। प्रतियोगितामा लुम्बिनी लायन्स र सुदूर पश्चिम प्ले अफमा प्रवेश गरेका छन्। काठमाडौँ गुर्खाज, विराटनगर किङ्स र चितवन राइनोजमध्ये २ टोली प्ले अफमा प्रवेश गर्ने छन्।
Read full story at source ( saralpatrika.com )