Trending
Prev Story
Next Story

अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने रोनाल्डोको घोषणा

Ekantipur •
November 05, 2026 • 11:31 AM
1
1 reads 0 reactions

४१ वर्षीय रोनाल्डोले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत राष्ट्रिय टोलीको सात नम्बरको जर्सी नयाँ पुस्तालाई हस्तान्तरण गर्ने बताएका हुन्।

अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने रोनाल्डोको घोषणा

४१ वर्षीय रोनाल्डोले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत राष्ट्रिय टोलीको सात नम्बरको जर्सी नयाँ पुस्तालाई हस्तान्तरण गर्ने बताएका हुन्।

काठमाडौँ — पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने घोषणा गरेका छन्। ४१ वर्षीय रोनाल्डोले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत राष्ट्रिय टोलीको सात नम्बरको जर्सी नयाँ पुस्तालाई हस्तान्तरण गर्ने बताएका हुन्।

सन् २००३ को अगस्टमा पोर्चुगलका लागि डेब्यु गरेका रोनाल्डोले २३ वर्ष लामो अन्तर्राष्ट्रिय करियर टुंग्याउने निर्णय गरेका हुन्। उनले पोर्चुगलका लागि २ सय ३४ खेल खेल्दै कीर्तिमानी १ सय ४६ गोल गरेका छन्। अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक खेल र सर्वाधिक गोल गर्ने दुवै विश्व कीर्तिमान रोनाल्डोकै नाममा छ।

रोनाल्डोले आफ्नो सन्देशमा राष्ट्रिय टोलीको सात नम्बरको जर्सी लगाउनु आफ्नो लागि विशेष जिम्मेवारी र सौभाग्य रहेको उल्लेख गरेका छन्। उनले २३ वर्षसम्म उक्त जर्सी लगाउने, त्यसको रक्षा गर्ने र विश्वका विभिन्न रंगशालामा पोर्चुगलको प्रतिनिधित्व गर्ने अवसर पाएको बताएका छन्।

उनले यो निर्णय सहज नभएको उल्लेख गर्दै अब सात नम्बरको जर्सी भविष्यको पुस्तालाई हस्तान्तरण गर्ने समय आएको बताएका छन्।

गत महिना डेनमार्कविरुद्ध नेसन्स लिगको खेलमा सुरुवाती ११ मा नपर्ने जानकारी पाएपछि रोनाल्डोले पोर्चुगलको प्रशिक्षण क्याम्प छाडेका थिए। सन् २०१६ मा पोर्चुगललाई पहिलो पटक युरोकपको उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका रोनाल्डोको संन्यास घोषणासँगै पोर्चुगिज फुटबलको एउटा ऐतिहासिक अध्याय अन्त्य हुने भएको छ।

विनयज्योति सापकोटा कान्तिपुर टेलिभिजनका खेलकूद संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
9h ago
सन्यासको घोषणापछि रोनाल्डोको अर्को धमाका, ‘डे १एस’ मार्फत नयाँ अवतारमा देखिँदै

सन्यासको घोषणापछि रोनाल्डोको अर्को धमाका, ‘डे १एस’ मार्फत नयाँ अवतारमा देखिँदै

अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले आफ्नो करियरको नयाँ अध्याय सुरु गर्दै समर्थकलाई सरप्राइज दिएका छन्।

#रोनाल्डो #घोषणा
Compare →
Hamro Patro News
8h ago
यस्तो भिडियो भाइरल भएपछि पक्राउ परे तीन जना

यस्तो भिडियो भाइरल भएपछि पक्राउ परे तीन जना

नवलपरासीमा सामाजिक सञ्जालमा घरायसी विवादको एउटा भिडियो भाइरल भएपछि प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार पक्राउ पर्नेमा पाल्हीनन्दन गाउँपालिका-५ विष्णुपुराका...

#वर्षीय #सञ्जाल
Compare →
Onlinekhabar
13h ago
‘रोनाल्डो’को मृत्युपछि प्रजनन केन्द्रमा भाले हात्तीबीच शक्ति संघर्ष

‘रोनाल्डो’को मृत्युपछि प्रजनन केन्द्रमा भाले हात्तीबीच शक्ति संघर्ष

२७ कात्तिक, चितवन । 'रोनाल्डो'को मृत्यु भएपछि सौराहाको हात्ती प्रजनन केन्द्रलाई आफ्नो पकडमा लिन जंगली भाले हात्तीहरुका बीचमा शक्ति संर्घष बढ्दै गएको छ । गत ३ असोजमा बरण्डाभार क्षेत्रको बिसहजारी ताल नजिकै रहेको नेपाली सेनाको …

#रोनाल्डो
Compare →

Related Stories

Sports
Build #2611