Trending
Prev Story
Next Story

२३ र २४ मंसिरमा काठमाडौंमा पूर्वाधार सम्मेलन हुँदै

Ekantipur •
November 05, 2026 • 04:01 PM
1
1 reads 0 reactions

स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्ने लक्ष्यसहित आयोजना हुने सम्मेलनमा तीन दर्जन लगानीयोग्य पूर्वाधार परियोजना प्रस्तुत गरिने र कानुनी सुधार तथा लगानीका सम्भावनाबारे छलफल हुने जनाइएको छ ।

२३ र २४ मंसिरमा काठमाडौंमा पूर्वाधार सम्मेलन हुँदै

स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्ने लक्ष्यसहित आयोजना हुने सम्मेलनमा तीन दर्जन लगानीयोग्य पूर्वाधार परियोजना प्रस्तुत गरिने र कानुनी सुधार तथा लगानीका सम्भावनाबारे छलफल हुने जनाइएको छ ।

पूर्वाधार परियोजनामा स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्ने मुख्य उद्देश्यसहित सार्वजनिक–निजी साझेदारीमा आयोजना हुँदै आएको नेपाल पूर्वाधार सम्मेलन २०२६ आगामी मंसिर २३ र २४ गते काठमाडौंमा हुने भएको छ ।

आज काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी आसन्न छैटौं संस्करणको सम्मेलनबारे जानकारी गराइएको हो । सम्मेलनमा नेपाल सरकारले कानुनी दृष्टिकोणबाट नेपालमा लगानी गर्न स्वदेशी तथा विदेशी लगानीकर्ताका लागि उपयुक्त वातावरण निर्माण भएको अवगत गराउने छ ।

‘उत्थानशील भविष्यका लागि निर्माण’ भन्ने नारासहित आयोजना हुने सम्मेलनमा लगानीयोग्य पूर्वाधार परियोजनाहरू प्रस्तुत गर्नुका साथै केही परियोजनामा लगानी सम्झौता गर्ने तयारी गरिएको छ । नेपाल उद्योग परिसंघले सन् २०१४ देखि आयोजना गर्दै आएको नेपाल पूर्वाधार सम्मेलनको यस संस्करण नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ र नेपाल निर्माण व्यवसायी महासंघको संयुक्त आयोजनामा हुँदैछ । लगानी बोर्डको कार्यालय, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाली युवा निर्माण व्यवसायी समुदाय सम्मेलनका सहआयोजक रहेका छन् ।

सम्मेलनमा लगानी तथा पूर्वाधार विकाससँग सम्बन्धित कानुन सुधारका प्रमुख तीन विषयमा विशेष प्रस्तुति तथा छलफल हुनेछ । जसमा ६९ वटा विधेयकमार्फत कानुनी सुधार तथा लगानी र विकासका लागि कानुनी संरचनाको आधुनिकीकरण, राष्ट्रिय पूर्वाधारको खाका, प्रस्तावित योजना तथा आगामी १० वर्षको दूरदृष्टि र लगानीकर्ताले सामना गरिरहेका तथा भविष्यमा आउन सक्ने समस्याको समाधानका लागि प्रभावकारी कार्यान्वयन संयन्त्रको विकास रहेका छन् ।

सम्मेलनका क्रममा पहिचान गरिएका करिब तीन दर्जन लगानीयोग्य पूर्वाधार परियोजनाहरू लगानीकर्तामाझ प्रस्तुत गरिनेछ ।

सम्मेलनमा पूर्वाधार, ऊर्जा, सहरी विकास, क्षेत्रीय यातायातलगायतका १२ वटा विषयगत क्षेत्रमा स्वदेशी लगानीकर्ता तथा स्वदेशी र अन्तर्राष्ट्रिय विषयविज्ञबीच गहन छलफल हुनेछ । प्रत्येक विषयगत छलफलमा सम्बन्धित मन्त्रालय तथा सरकारी निकायका प्रतिनिधिहरूले आफू मातहतका कानुनमा भएका सुधार, नीतिगत व्यवस्था तथा पहिचान गरिएका लगानीयोग्य परियोजनाबारे जानकारी गराउनेछन् ।

यसले सरकार र निजी क्षेत्रबीच पूर्वाधार विकासका प्राथमिकता, लगानीका सम्भावना र कार्यान्वयनका चुनौतीबारे साझा धारणा निर्माण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

सम्मेलनको उद्घाटन प्रधानमन्त्री वालेन्द्र शाहले गर्नेछन् ।

पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले निजी क्षेत्रको योगदानविना समृद्ध मुलुक निर्माण हुन नसक्ने दाबी गरे । यस पटक सरकारकै विशेष पहलमा सम्मेलन आयोजना हुने भएकाले सम्मेलनको विशेष अर्थ एवं महत्त्व रहेको मन्त्री वाग्लेले बताए । शासकीय सुधारसहित पूर्वाधार विकासलाई वर्तमान सरकारले उच्च प्राथमिकतामा राखेको उनले बताए ।

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले पूर्वाधारमैत्री कानुनविना समृद्ध मुलुकको परिकल्पना गर्न नसकिने भएकाले सरकारले पूर्वाधारमैत्री ऐनकानुनलाई उच्च प्राथमिकतामा राखेको बताए । पूर्वाधारमैत्री ऐनकानुन निर्माण भएसँगै परियोजना कार्यान्वयनमा देखिएका सबै समस्या समाधान हुने मन्त्री लम्सालले बताए ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले पूर्वाधारमैत्री कानुन निर्माणका लागि अहोरात्र काम भइरहेको भन्दै यसका लागि सबै पक्षबाट सहयोग प्राप्त भएको जानकारी दिइन् । उनले पूर्वाधारमैत्री कानुन निर्माणको कार्यले केही समयभित्रै मूर्त रूप पाउने बताइन् । वर्तमान सरकारले इमानदारीको जगमा हरेक काम गर्दै आएकाले ढुक्क भएर लगानी गर्न उनले सरोकारवालासँग अपिल गरिन् ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डेले पूर्वाधार विकासको मापन कालोपत्रे सडकको गन्तीले नहुने भन्दै सडक यात्राको समय घटेको आधारमा अब विकासको मापन हुनुपर्ने धारणा राखे । सडक सञ्जालमार्फत मुलुकका प्रमुख सहरहरूसँगको सम्पर्क छोटिँदै जानु नै नेपालको हकमा विकासको सूचक भएको उनले बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले पूर्वाधार विकासबाट मात्र आर्थिक समृद्धि सम्भव भएको बताए । नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले भरपर्दो पूर्वाधारले मुलुकको आर्थिक बोझ कम गर्ने बताए ।

प्रधानमन्त्रीका सल्लाहकारद्वय सुदीप ढकाल र आसिफ शाहले वर्तमान सरकारसँग केही गर्ने हुटहुटी रहेको भन्दै यसका लागि सबैको सहयोग आवश्यक भएको धारणा राखे ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
3h ago
विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गृहमन्त्री गुरुङ यूएई प्रस्थान

विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गृहमन्त्री गुरुङ यूएई प्रस्थान

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङ संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा आयोजना हुने ‘विश्व प्रहरी शिखर सम्मेलन’ मा सहभागी हुन शुक्रबार साँझ त्यसतर्फ प्रस्थान गरेका छन्। सम्मेलनका क्रममा गृहमन्त्री ...

#सम्मेलन
Compare →
Nagarik News
4h ago
पाँच मन्त्री सहभागी कोप-३१ सम्मेलनमा नेपालका मुद्दाको प्रवेश कति ?

पाँच मन्त्री सहभागी कोप-३१ सम्मेलनमा नेपालका मुद्दाको प्रवेश कति ?

सम्मेलनको मूल कार्यक्रम र साइडलाइन छलफलमा नेपालका पाँच मन्त्री सहभागी भएपछि उनीहरूको उपस्थितिसँगै त्यहाँ उठाइएका विषय र सहभागिताको औचित्यबारे पनि चर्चा सुरु भएको छ।

#सम्मेलन
Compare →
Onlinekhabar
4h ago
कोप–३१ सम्मेलनमा नेपालबाट टर्किए पुगे ५ मन्त्री

कोप–३१ सम्मेलनमा नेपालबाट टर्किए पुगे ५ मन्त्री

२७ कात्तिक, काठमाडौं । टर्किएको अन्ताल्यामा पाँच दिनदेखि संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–३१) चलिरहेको छ। उक्त सम्मेलनमा संसारभरका सरकारका प्रतिनिधि र विज्ञहरू सहभागी भएका छन् । त्यही सम्मेलनको मूल र साइडलाइन कार्यक्रमका लागि नेपालबाट भने …

#सम्मेलन
Compare →
Bizshala
9h ago
चुनावी रणनीति बनाउन एमालेले काठमाण्डौमा ३४ सय नेता–कार्यकर्ता उतार्दै, ओली र भण्डारीले सम्बोधन गर्ने

चुनावी रणनीति बनाउन एमालेले काठमाण्डौमा ३४ सय नेता–कार्यकर्ता उतार्दै, ओली र भण्डारीले सम्बोधन गर्ने

काठमाण्डौ । आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेले देशभरका नेता तथा कार्यकर्तालाई काठमाण्डौमा...

#काठमाडौं
Compare →

Related Stories

National (Nepal)
Build #2611