Trending
Prev Story
Next Story

गुरुकुल शिक्षाको संरक्षण र आधुनिकीकरणका लागि गण्डकी प्रदेशस्तरीय सम्मेलन हुँदै

Nagarik News •
November 13, 2026 • 01:06 PM
1
1 reads 0 reactions

गुरुकुल शिक्षाको संरक्षण, संवर्द्धन, गुणस्तर अभिवृद्धि र युगानुकूल रूपान्तरणका लागि गण्डकी प्रदेशस्तरीय गुरुकुल सम्मेलन हुने भएको छ।

गुरुकुल शिक्षाको संरक्षण र आधुनिकीकरणका लागि गण्डकी प्रदेशस्तरीय सम्मेलन हुँदै

गुरुकुल शिक्षाको संरक्षण, संवर्द्धन, गुणस्तर अभिवृद्धि र युगानुकूल रूपान्तरणका लागि गण्डकी प्रदेशस्तरीय गुरुकुल सम्मेलन हुने भएको छ।

नेपाल संस्कृत विश्वविद्यालय अनुसन्धान केन्द्र, बेलझुण्डी दाङको आयोजनामा मौलाकालिका संस्कृत विद्यापीठ तथा धार्मिक सेवा समिति, मौलाकालिका मन्दिरको सहकार्यमा कात्तिक २८ देखि ३० गतेसम्म सम्मेलन आयोजना हुन लागेको हो।

शुक्रबार गैँडाकोटमा आयोजित पत्रकार सम्मेलनमा नेपालको प्राचीन ज्ञानपरम्परा, वैदिक वाङ्मय, संस्कृत शिक्षा, मौलिक संस्कृति तथा नैतिक मूल्यको संरक्षण र संवर्द्धनमा योगदान पुर्‍याउँदै आएका गुरुकुलहरूको संस्थागत विकास र शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सम्मेलन आयोजना गर्न लागिएको जानकारी दिइयो।

तीन दिनसम्म सञ्चालन हुने सम्मेलनले गुरुकुल शिक्षाको गुणस्तर सुधार, संस्थागत व्यवस्थापन, शैक्षिक उपलब्धि तथा दीर्घकालीन विकासका लागि साझा दृष्टिकोण निर्माण गर्ने लक्ष्य राखेको सम्मेलनका सदस्य सचिव डा. रामचन्द्र कँडेलले बताए।

उनका अनुसार गुरु–शिष्य परम्परामा आधारित गुरुकुल शिक्षा नेपाली सभ्यताको प्राचीन र विशिष्ट शैक्षिक सम्पदा हो। वैदिक ज्ञान, दर्शन, संस्कृत साहित्य, व्याकरण, ज्योतिष, आयुर्वेद, योग, अध्यात्म, नैतिक शिक्षा तथा जीविकोपयोगी ज्ञानको हस्तान्तरणमा गुरुकुलहरूले महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएका छन्।

‘गुरुकुल शिक्षा केवल किताबी ज्ञानमा सीमित छैन। यो अनुशासन, सदाचार, आत्मसंयम, सेवाभाव, चरित्र निर्माण र समग्र व्यक्तित्व विकाससँग अभिन्न रूपमा जोडिएको छ,’ डा. कँडेलले भने।

उनले गुरुकुलहरूको संस्थागत सुदृढीकरण, शैक्षिक व्यवस्थापन, स्रोतसाधनको उपलब्धता, शिक्षकको क्षमता विकास, पाठ्यक्रमको समयानुकूल परिमार्जन तथा पारस्परिक सहकार्य अहिलेका प्रमुख आवश्यकता बनेको बताए।

गण्डकी प्रदेशलाई गुरुकुल शिक्षाको ऐतिहासिक परम्परा, धार्मिक तथा सांस्कृतिक सम्पदा र वैदिक ज्ञानपरम्पराका दृष्टिले महत्त्वपूर्ण क्षेत्रका रूपमा लिइन्छ। गण्डकीका मनाङ, मुस्ताङ र म्याग्दीबाहेक अन्य जिल्लामा गुरुकुल कक्षाहरू सञ्चालन हुँदै आएका छन्।

प्रदेशका ११ जिल्लामा संस्कृत माध्यमिक विद्यालय, गुरुकुल, पीडी, पाठशाला तथा वेदाङ्गसम्बन्धी गरी ४४ वटा शैक्षिक संस्था सञ्चालनमा रहेका छन्। तीमध्ये दुई संस्थामा आचार्य तहसम्मको अध्ययन सञ्चालन भइरहेको डा. कँडेलले जानकारी दिए।

पछिल्लो समय युवासँगै पाका उमेरका व्यक्तिहरूको समेत गुरुकुल शिक्षाप्रति आकर्षण बढ्दै गएको उनको भनाइ छ। संस्कृत भाषाको महत्त्व अन्तर्राष्ट्रियस्तरमा समेत बढ्दै गएको र विदेशमा अवसर देखेर कर्मकाण्डसम्बन्धी अध्ययन गरी विदेश जाने युवाको सङ्ख्या पनि बढिरहेको उनले बताए।

हाल नेपालभर करिब २५० वटा गुरुकुल सरकारी निकायमा दर्ता रहेको तथ्याङ्क छ। तीमध्ये करिब १५० वटा गुरुकुल सञ्चालनमा रहेको जानकारी दिइएको छ।

सम्मेलनमा गण्डकी प्रदेशका विभिन्न जिल्लामा सञ्चालित गुरुकुलका प्रतिनिधि, नेपाल संस्कृत विश्वविद्यालयका पदाधिकारी, प्राध्यापक तथा कर्मचारी, कार्यपत्र लेखक, टिप्पणीकार, प्रदेश सरकारका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि, शिक्षक र विद्यार्थीको सहभागिता रहनेछ।

उद्घाटन सत्रमा २१६ जनाको सहभागिता रहने आयोजकले जनाएको छ। सम्मेलनमा गुरुकुलमा प्रचलित अध्ययन–अध्यापन विधिमा सुधार गर्दै आधुनिक शिक्षण पद्धति र सूचना तथा सञ्चार प्रविधिसँग जोड्ने विषयमा विशेष छलफल हुनेछ।

गण्डकी प्रदेश सरकारको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय, धार्मिक सेवा समिति मौलाकालिका मन्दिर तथा मौलाकालिका संस्कृत विद्यापीठको सहयोग र व्यवस्थापनमा सम्मेलन सञ्चालन हुन लागेको हो।

प्रकाशित: २७ कार्तिक २०८३ १८:५१ शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
24m ago
विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गृहमन्त्री गुरुङ यूएई प्रस्थान

विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गृहमन्त्री गुरुङ यूएई प्रस्थान

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङ संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा आयोजना हुने ‘विश्व प्रहरी शिखर सम्मेलन’ मा सहभागी हुन शुक्रबार साँझ त्यसतर्फ प्रस्थान गरेका छन्। सम्मेलनका क्रममा गृहमन्त्री ...

#सम्मेलन
Compare →
Onlinekhabar
2h ago
कोप–३१ सम्मेलनमा नेपालबाट टर्किए पुगे ५ मन्त्री

कोप–३१ सम्मेलनमा नेपालबाट टर्किए पुगे ५ मन्त्री

२७ कात्तिक, काठमाडौं । टर्किएको अन्ताल्यामा पाँच दिनदेखि संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–३१) चलिरहेको छ। उक्त सम्मेलनमा संसारभरका सरकारका प्रतिनिधि र विज्ञहरू सहभागी भएका छन् । त्यही सम्मेलनको मूल र साइडलाइन कार्यक्रमका लागि नेपालबाट भने …

#सम्मेलन
Compare →
Ekantipur
1d ago
जलवायु सम्मेलनको अन्तिम निर्णयमा हिमाली मुद्दा समेट्न नेपालको आग्रह

जलवायु सम्मेलनको अन्तिम निर्णयमा हिमाली मुद्दा समेट्न नेपालको आग्रह

१.५ डिग्री तापक्रम वृद्धिको असरबारे वैज्ञानिक अध्ययन र हिमाली क्षेत्रका लागि छुट्टै कार्ययोजना बनाउन प्रस्ताव

#सम्मेलन
Compare →

Related Stories

Education & Youth
Build #2611