Trending
Prev Story
Next Story

भारतमा लोकतन्त्र सम्मेलन : मोदीलाई प्रश्न गर्ने नर्वेली पत्रकारसहित ११५ विदेशीले पाएनन् प्रवेश

Nagarik News •
November 13, 2026 • 01:29 PM
1
1 reads 0 reactions

यो निर्णय गृह मन्त्रालयको निर्देशनमा भएको हुन सक्ने थरुरले बताएका छन्। उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘सरकारले कुन कानुनी प्रावधानअन्तर्गत यस्तो कठोर कदम चालेको हो भन्ने स्पष्ट छैन।’

भारतमा लोकतन्त्र सम्मेलन : मोदीलाई प्रश्न गर्ने नर्वेली पत्रकारसहित ११५ विदेशीले पाएनन् प्रवेश

भारतमा विपक्षी दल कांग्रेस र तेलंगाना सरकारले संयुक्त रूपमा आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन आउने ११५ जना विदेशी वक्तालाई प्रवेश अनुमति नदिइएको वा उनीहरूको भिसा रद्द गरिएको दाबी गरिएको छ।

प्रवेश रोकिएकामध्ये प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रेस स्वतन्त्रताबारे प्रश्न गर्ने नर्वेली पत्रकार हेले लिङ स्वेन्डसेन पनि छिन्।

कांग्रेसका सांसद तथा पूर्वविदेशमन्त्री शशि थरुरले शुक्रबार यसबारे जानकारी दिएका हुन्। उनका अनुसार भारतको विदेश मन्त्रालयले सम्मेलनमा सहभागी हुन ३१५ जना विदेशी वक्तालाई अनुमति दिएको थियो। तर तीमध्ये ११५ जनालाई पछि भारत प्रवेश गर्न रोक लगाइयो वा उनीहरूको भिसा रद्द गरियो।

यो निर्णय गृह मन्त्रालयको निर्देशनमा भएको हुन सक्ने थरुरले बताएका छन्। उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘सरकारले कुन कानुनी प्रावधानअन्तर्गत यस्तो कठोर कदम चालेको हो भन्ने स्पष्ट छैन।’

उनले थप लेखेका छन्, ‘आलोचनात्मक आवाज दबाउनुपर्ने अवस्थामा पुगेको एउटा गर्विलो लोकतन्त्रका लागि यो निकै लज्जास्पद कुरा हो।’

भारत प्रवेश गर्न नपाएकी नर्वेली पत्रकार स्वेन्डसेनले पनि आफ्नो भिसा अन्तिम समयमा रद्द गरिएको बताएकी छन्। उनलाई सम्मेलनमा सञ्चारमाध्यमको भविष्य र प्रेस स्वतन्त्रताबारे बोल्न आमन्त्रण गरिएको थियो।

उनका अनुसार भारतको भिसा र राजनीतिक अनुमति प्राप्त भइसकेको थियो। तर विमानस्थल जानुभन्दा करिब १० मिनेटअघि भारतीय दूतावासबाट फोन आएको र भारत यात्रा नगर्न भनिएको उनले बताएकी छन्। भिसा रद्द गर्नुको कारणबारे लिखित जानकारीसमेत नपाएको उनको भनाइ छ।

गत मे १८ मा नर्वेको राजधानी ओस्लोमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा उनले मोदीलाई पत्रकारका प्रश्नको जवाफ किन नदिने भन्दै प्रश्न गरेकी थिइन्। उक्त कार्यक्रममा मोदी र नर्वेका प्रधानमन्त्री जोनास गार स्टोरले सम्बोधन गरेका थिए। पत्रकारको प्रश्नपछि मोदीले जवाफ नदिई कार्यक्रमस्थल छाडेका थिए।

यस घटनाप्रति एडिटर्स गिल्ड अफ इन्डियाले पनि आपत्ति जनाएको छ। गिल्डले भिसा रद्द गर्ने कदमलाई 'प्रशासकीय अतिचार' भन्दै सरकारसँग यसको कारण सार्वजनिक गर्न र निर्णय फिर्ता लिन माग गरेको छ।

यसैबिच, भारतको हैदराबादमा शुक्रबारदेखि दुई दिने भारत समिट २०२६ आयोजना भइरहेको छ। सम्मेलनमा ७० भन्दा बढी देशका करिब एक हजार प्रतिनिधि सहभागी भएका छन्।

हैदराबाद इन्टरनेसनल कन्भेन्सन सेन्टर र हिटेक्स प्रदर्शनी केन्द्रमा भइरहेको सम्मेलनमा विभिन्न देशका राजनीतिक नेता, नीति निर्माता, विज्ञ तथा प्रगतिशील राजनीतिक अभियानका प्रतिनिधि सहभागी छन्।

सम्मेलनमा लोकतन्त्र, जलवायु परिवर्तन, कृत्रिम बुद्धिमत्ता (एआई), लैंगिक न्याय, आर्थिक विकास र विश्वव्यापी सहकार्यका विषयमा छलफल भइरहेको छ।

भारतको स्वतन्त्रताको ८०औँ वर्ष र पूर्वप्रधानमन्त्री जवाहरलाल नेहरूको १३७औँ जन्मजयन्तीको अवसरसँग जोडेर आयोजना गरिएको सम्मेलनमा 'अवर वर्ल्ड इन्स्टिच्युट' नामक अन्तर्राष्ट्रिय थिंक ट्यांक स्थापना गर्ने योजना पनि अघि सारिएको छ।

कांग्रेस नेता राहुल गान्धीले शनिबार सम्मेलनको समापन सत्रमा सम्बोधन गर्ने कार्यक्रम छ।

भारतीय जनता पार्टी (भाजपा) ले सम्मेलनलाई कांग्रेसको राजनीतिक कार्यक्रम भन्दै सार्वजनिक रकम प्रयोग गरेर लोकतान्त्रिक संस्थाहरूको छवि बिगार्न खोजिएको आरोप लगाएको छ।

भाजपा नेता जी किशन रेड्डीले सम्मेलनले भारतको अन्तर्राष्ट्रिय छवि बिगार्ने र देशमा लगानी भित्र्याउने प्रयासलाई कमजोर बनाउने दाबी गरेका छन्। राहुल गान्धीको राजनीतिक दृष्टिकोण अन्तर्राष्ट्रिय समुदायमाझ प्रस्तुत गर्न सम्मेलन आयोजना गरिएको पनि उनको आरोप छ।

कांग्रेसले भने सम्मेलनलाई अन्तर्राष्ट्रिय स्तरमा लोकतन्त्र, आर्थिक तथा सामाजिक न्याय र विश्वव्यापी चुनौतीबारे छलफल गर्ने मञ्चका रूपमा प्रस्तुत गरेको छ।

विदेशी वक्ताको भिसा रद्द गरिएको विषयमा भारतको विदेश मन्त्रालय र गृह मन्त्रालयबाट आधिकारिक स्पष्टीकरण सार्वजनिक भएको छैन। एजेन्सीको सहयोगमा

प्रकाशित: २७ कार्तिक २०८३ १९:१४ शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
4h ago
भारतद्वारा लोकतन्त्र सम्मेलनमा सहभागी हुन आउने ११५ जनालाई रोक

भारतद्वारा लोकतन्त्र सम्मेलनमा सहभागी हुन आउने ११५ जनालाई रोक

नयाँ दिल्ली- भारतले विपक्षी काङ्ग्रेस पार्टीद्वारा आयोजित लोकतन्त्र सम्मेलनमा सहभागी हुन आउने ११५ जना अन्तरराष्ट्रिय वक्तालाई प्रवेश अनुमति दिएको छैन । काङ्ग्रेसका एक वरिष्ठ नेताले शुक्रबार यसबारे ...

#प्रवेश #सम्मेलन #११५
Compare →
Ekantipur
1h ago
११५ अन्तर्राष्ट्रिय वक्तालाई भारत प्रवेशमा रोक

११५ अन्तर्राष्ट्रिय वक्तालाई भारत प्रवेशमा रोक

नर्वेकी पत्रकार हेले लिङले बुधबार भारत प्रस्थान गर्नुअघि आफ्नो भिसा रद्द गरिएको बताएकी छन् । उनलाई सम्मेलनमा सञ्चारमाध्यम र प्रेस स्वतन्त्रताका विषयमा बोल्न आमन्त्रण गरिएको थियो ।

#भारत #प्रवेश #११५
Compare →
Onlinekhabar
2h ago
कोप–३१ सम्मेलनमा नेपालबाट टर्किए पुगे ५ मन्त्री

कोप–३१ सम्मेलनमा नेपालबाट टर्किए पुगे ५ मन्त्री

२७ कात्तिक, काठमाडौं । टर्किएको अन्ताल्यामा पाँच दिनदेखि संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–३१) चलिरहेको छ। उक्त सम्मेलनमा संसारभरका सरकारका प्रतिनिधि र विज्ञहरू सहभागी भएका छन् । त्यही सम्मेलनको मूल र साइडलाइन कार्यक्रमका लागि नेपालबाट भने …

#सम्मेलन
Compare →
Bizshala
3h ago
नेपाली जुटमा भारतले लगाएको अतिरिक्त शुल्क हटाउन पहल, सिमेन्टदेखि स्टिलसम्मको निर्यात सहज बनाउने विषयमा छलफल

नेपाली जुटमा भारतले लगाएको अतिरिक्त शुल्क हटाउन पहल, सिमेन्टदेखि स्टिलसम्मको निर्यात सहज बनाउने विषयमा छलफल

काठमाण्डौ । भारतले नेपाली जुटजन्य उत्पादनमा लगाएको एन्टिडम्पिङ तथा प्रतिकारात्मक शुल्क पुनरावलोकन गर्न नेपालले...

#भारत
Compare →

Related Stories

World News
Build #2611