Trending
Prev Story
Next Story

११५ अन्तर्राष्ट्रिय वक्तालाई भारत प्रवेशमा रोक

Ekantipur •
November 13, 2026 • 03:32 PM
1
1 reads 0 reactions

नर्वेकी पत्रकार हेले लिङले बुधबार भारत प्रस्थान गर्नुअघि आफ्नो भिसा रद्द गरिएको बताएकी छन् । उनलाई सम्मेलनमा सञ्चारमाध्यम र प्रेस स्वतन्त्रताका विषयमा बोल्न आमन्त्रण गरिएको थियो ।

११५ अन्तर्राष्ट्रिय वक्तालाई भारत प्रवेशमा रोक

नर्वेकी पत्रकार हेले लिङले बुधबार भारत प्रस्थान गर्नुअघि आफ्नो भिसा रद्द गरिएको बताएकी छन् । उनलाई सम्मेलनमा सञ्चारमाध्यम र प्रेस स्वतन्त्रताका विषयमा बोल्न आमन्त्रण गरिएको थियो ।

नयाँदिल्ली — भारतले विपक्षी कांग्रेस पार्टीद्वारा आयोजित लोकतन्त्र सम्मेलनमा सहभागी हुन आउने ११५ जना अन्तर्राष्ट्रिय वक्तालाई प्रवेश अनुमतिमा रोक लगाएको छ । अन्तराष्ट्रिय वक्ताहरुलाई भारत प्रवेशमा रोक लगाएको बारे शुक्रबार कांग्रेसका एक वरिष्ठ नेताले जानकारी दिएका हुन् ।

प्रवेश अनुमति नपाउनेमा नर्वेकी एक पत्रकार पनि छन् । उनले यसअघि प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रेस स्वतन्त्रताका विषयमा प्रश्न गरेकी थिइन् ।

कांग्रेसका सांसद तथा संयुक्त राष्ट्रसङ्घका पूर्ववरिष्ठ अधिकारी शशि थरुरका अनुसार भारतको विदेश मन्त्रालयले अनुमति दिएका ३१५ वक्तामध्ये ११५ जनालाई पछि प्रवेश अनुमति दिइएन वा उनीहरूको भिसा रद्द गरियो । यो कदम सम्भवतः गृह मन्त्रालयको निर्देशनमा चालिएको उनले बताए ।

थरुरले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, 'सरकारले कुन कानुनी प्रावधानअन्तर्गत यस्तो कठोर कदम चालेको हो भन्ने कुरा स्पष्ट छैन ।'

उनले थप भनेका छन्, 'आफूलाई आलोचनात्मक लाग्ने आवाज दबाउनुपर्ने अवस्थामा पुगेको एउटा गर्विलो लोकतन्त्रका लागि यो निकै लज्जास्पद कुरा हो ।'

नर्वेकी पत्रकार हेले लिङले बुधबार भारत प्रस्थान गर्नुअघि आफ्नो भिसा रद्द गरिएको बताइन् । उनलाई सम्मेलनमा सञ्चारमाध्यम र प्रेस स्वतन्त्रताका विषयमा बोल्न आमन्त्रण गरिएको थियो ।

उनले गत मे महिनामा ओस्लो भ्रमणका क्रममा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री मोदीलाई प्रश्न गरेकी थिइन् । यस घटनाको ‘एडिटर्स गिल्ड अफ इन्डिया’ले निन्दा गरेको छ । गिल्डले यस कदमलाई ‘प्रशासकीय अतिचार’ भन्दै सरकारलाई यसको कारण सार्वजनिक गर्न र निर्णय फिर्ता लिन आग्रह गरेको छ ।

शुक्रबार हैदराबादमा सुरु भएको २ दिने सम्मेलनमा ७० भन्दा बढी देशका करिब एक हजार प्रतिनिधि सहभागी भएका छन् । सम्मेलनमा लोकतन्त्र, जलवायु परिवर्तन, कृत्रिम बुद्धिमत्ता (एआई) र विश्वव्यापी सहकार्यका विषयमा छलफल हुनेछ ।

यस विषयमा एएफपीले टिप्पणी माग्दै गरेको अनुरोधमा भारतको विदेश मन्त्रालयले तत्काल कुनै प्रतिक्रिया दिएको छैन ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
3h ago
भारतमा लोकतन्त्र सम्मेलन : मोदीलाई प्रश्न गर्ने नर्वेली पत्रकारसहित ११५ विदेशीले पाएनन् प्रवेश

भारतमा लोकतन्त्र सम्मेलन : मोदीलाई प्रश्न गर्ने नर्वेली पत्रकारसहित ११५ विदेशीले पाएनन् प्रवेश

यो निर्णय गृह मन्त्रालयको निर्देशनमा भएको हुन सक्ने थरुरले बताएका छन्। उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘सरकारले कुन कानुनी प्रावधानअन्तर्गत यस्तो कठोर कदम चालेको हो भन्ने स्पष्ट छैन।’

#भारत #प्रवेश #११५
Compare →
Hamro Patro News
4h ago
भारतद्वारा लोकतन्त्र सम्मेलनमा सहभागी हुन आउने ११५ जनालाई रोक

भारतद्वारा लोकतन्त्र सम्मेलनमा सहभागी हुन आउने ११५ जनालाई रोक

नयाँ दिल्ली- भारतले विपक्षी काङ्ग्रेस पार्टीद्वारा आयोजित लोकतन्त्र सम्मेलनमा सहभागी हुन आउने ११५ जना अन्तरराष्ट्रिय वक्तालाई प्रवेश अनुमति दिएको छैन । काङ्ग्रेसका एक वरिष्ठ नेताले शुक्रबार यसबारे ...

#प्रवेश #११५ #भारत
Compare →
Bizshala
3h ago
नेपाली जुटमा भारतले लगाएको अतिरिक्त शुल्क हटाउन पहल, सिमेन्टदेखि स्टिलसम्मको निर्यात सहज बनाउने विषयमा छलफल

नेपाली जुटमा भारतले लगाएको अतिरिक्त शुल्क हटाउन पहल, सिमेन्टदेखि स्टिलसम्मको निर्यात सहज बनाउने विषयमा छलफल

काठमाण्डौ । भारतले नेपाली जुटजन्य उत्पादनमा लगाएको एन्टिडम्पिङ तथा प्रतिकारात्मक शुल्क पुनरावलोकन गर्न नेपालले...

#भारत
Compare →
Onlinekhabar
4h ago
प्रधानमन्त्री बालेनको भारत भ्रमणमा खुल्ला नेपालीलाई क्यूआर भुक्तानी ?

प्रधानमन्त्री बालेनको भारत भ्रमणमा खुल्ला नेपालीलाई क्यूआर भुक्तानी ?

२७ कात्तिक, काठमाडौं । नेपालीले भारतमा क्यूआर मार्फत भुक्तानी गर्न सक्ने व्यवस्था गर्न दुई देशबीच सम्झौता भएको ३ वर्ष बितिसक्दा पनि कार्यान्वयनमा आउन सकेको छैन । भारतीयले नेपालमा क्यूआर मार्फत भुक्तानी गर्न सक्ने भए पनि नेपालीलाई …

#भारत
Compare →

Related Stories

World News
Build #2611