Trending
Prev Story
Next Story

जलवायु सम्मेलनको अन्तिम निर्णयमा हिमाली मुद्दा समेट्न नेपालको आग्रह

Ekantipur •
November 12, 2026 • 02:31 AM
1
1 reads 0 reactions

१.५ डिग्री तापक्रम वृद्धिको असरबारे वैज्ञानिक अध्ययन र हिमाली क्षेत्रका लागि छुट्टै कार्ययोजना बनाउन प्रस्ताव

जलवायु सम्मेलनको अन्तिम निर्णयमा हिमाली मुद्दा समेट्न नेपालको आग्रह

१.५ डिग्री तापक्रम वृद्धिको असरबारे वैज्ञानिक अध्ययन र हिमाली क्षेत्रका लागि छुट्टै कार्ययोजना बनाउन प्रस्ताव

काठमाडौँ — नेपालले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी ३१ औं सम्मेलन (कोप–३१) को अन्तिम निर्णयमा हिमाली क्षेत्रले भोगिरहेका जलवायु सङ्कट र त्यसको सम्बोधनका उपाय समेट्न आग्रह गरेको छ ।

टर्कीको अन्ताल्यामा जारी सम्मेलनमा अध्यक्षता गर्ने पक्षले आयोजना गरेको अन्तिम निर्णय (कभर डिसिजन) सम्बन्धी पहिलो परामर्श बैठकमा नेपालको धारणा राख्दै प्रतिनिधिले हिमाली क्षेत्रमा १.५ डिग्री सेल्सियस तापक्रम वृद्धिको असर र त्यसको सीमित अवधिका लागि हुने थप वृद्धिको प्रभावबारे छुट्टै वैज्ञानिक अध्ययन गर्न प्रस्ताव गरेका हुन् ।

नेपालले अल्पविकसित मुलुकहरूको समूह (एलडीसी समूह) र हिमाली समूहले अघिल्लो दिन प्रस्तुत गरेको धारणासँग आफ्नो धारणा मिल्ने जनाएको छ ।

बैठकमा नेपालले जलवायु परिवर्तनका बढ्दो असर र त्यसको सम्बोधनका लागि आवश्यक कदमलाई सम्मेलनको अन्तिम निर्णयमा उचित स्थान दिनुपर्नेमा जोड दिएको छ । विश्वका विभिन्न क्षेत्रमा देखिएका जलवायुजन्य प्रभाव र नेपालमा भएको विनाशकारी विपद्ले जलवायु कार्यलाई तत्काल अघि बढाउनुपर्ने आवश्यकता पुष्टि गरेको नेपालको भनाइ छ ।

कभर डिसिजनले बहुपक्षीय सहकार्यलाई बलियो बनाउने र बढ्दो जलवायु प्रभावको सम्बोधनका लागि स्पष्ट सन्देश दिनुपर्ने नेपालले जनाएको छ । साथै, विषयगत क्षेत्र, कार्ययोजना र सम्मेलनको अध्यक्षताले अघि सारेका पहललाई समेत अन्तिम निर्णयमा उचित स्थान दिनुपर्ने नेपालको आग्रह छ ।

नेपालले विशेषगरी हिमाली क्षेत्रका लागि अघि सारेको छुट्टै एजेन्डालाई अन्तिम निर्णयमा समावेश गर्नुपर्ने माग गरेको छ । यसअघि नेपालले १.५ डिग्री सेल्सियस तापक्रम वृद्धिको मार्गलाई आधार बनाएर हिमाली एजेन्डासम्बन्धी प्रस्ताव अघि सारेको थियो । प्रस्तावमा चारवटा प्राथमिकता समेटिएका छन् ।

पहिलो, हिमाली क्षेत्रमा १.५ डिग्री तापक्रम वृद्धिको प्रभाव र तापक्रम वृद्धिको सीमाभन्दा अस्थायी रूपमा माथि पुग्दाका असरबारे वैज्ञानिक अध्ययनलाई अघि बढाउने । दोस्रो, हिमाल र जलवायु परिवर्तनसम्बन्धी उच्चस्तरीय संवादलाई संस्थागत गर्ने । तेस्रो, हिमाली क्षेत्रका लागि छुट्टै कार्ययोजना स्थापना गर्ने । चौथो, जलवायु वित्त र अनुकूलनका संरचनामा हिमाली क्षेत्रका विशिष्ट आवश्यकतालाई समेट्ने ।

नेपालले उक्त प्रस्तावलाई नीतिगत अवधारणामा मात्र सीमित नभई नेपाली जनताले भोगेको पीडा र वास्तविकतासँग जोडिएको विषयका रूपमा प्रस्तुत गरेको छ ।

गत अगस्ट २६ मा भोटेकोसी क्षेत्रमा आएको विनाशकारी बाढीको उदाहरण दिँदै नेपालले उक्त विपद्मा ६ हजारभन्दा बढी मानिसको ज्यान गएको र आर्थिक क्षति कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को १० प्रतिशतभन्दा बढी रहेको जनाएको छ । गैरआर्थिक क्षति र नोक्सानी भने मापन गर्न नसकिने नेपालको भनाइ छ । उक्त विपद् जलवायुजन्य रहेको र त्यसको असर सीमापार क्षेत्रमा समेत फैलिएको नेपालले जनाएको छ ।

वैज्ञानिक तथ्यले हिमाली मुलुकहरू जलवायु परिवर्तनबाट सबैभन्दा बढी जोखिममा रहेको देखाएको उल्लेख गर्दै नेपालले त्यसबाट गम्भीर र सम्भावित रूपमा अपरिवर्तनीय असर पर्ने चेतावनी दिएको छ ।

नेपालले सम्मेलनको अन्तिम निर्णयमा हिमाली क्षेत्रमा १.५ डिग्री तापक्रम वृद्धिको सीमाभन्दा अस्थायी रूपमा माथि पुग्दाका असर, जोखिम, अनुसन्धान, पूर्वसूचना प्रणाली र पूर्वानुमानमा आधारित कार्यका साथै अनुकूलनका सीमाबारे छुट्टै वैज्ञानिक मूल्यांकन समावेश गर्न आग्रह गरेको छ ।

त्यस्तै, जलवायु वित्त र क्षमता अभिवृद्धिमा रहेका खाडल सम्बोधन गर्न हिमाली क्षेत्रका लागि छुट्टै कार्ययोजना समावेश गर्न नेपालले जोड दिएको छ ।

नेपालले हिमाली मुलुकका लागि यो विषय विकल्प वा तत्काल प्रतिक्रिया दिएर मात्र पुग्ने विषय नभई जलवायु न्याय, उत्थानशीलता र अस्तित्वसँग जोडिएको सवाल भएको जनाएको छ ।

अनिल गिरी काठमाडौं पाेस्टका संवाददाता हुन् । उनी परराष्ट्र मामिलामा रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
7h ago
कोप–३१ मा नेपालको हिमाली एजेन्डामा चुनौती, जलवायु संकटका पाँच मुद्दामा विश्वको साथ जुटाउन कठिन

कोप–३१ मा नेपालको हिमाली एजेन्डामा चुनौती, जलवायु संकटका पाँच मुद्दामा विश्वको साथ जुटाउन कठिन

काठमाण्डौ । जलवायु परिवर्तनको सबैभन्दा बढी मार खेपिरहेका मुलुकमध्ये एक नेपालले अन्तर्राष्ट्रिय जलवायु सम्मेलन...

#जलवायु #हिमाली #सम्मेलन
Compare →
Nagarik News
3h ago
पाँच मन्त्री सहभागी कोप-३१ सम्मेलनमा नेपालका मुद्दाको प्रवेश कति ?

पाँच मन्त्री सहभागी कोप-३१ सम्मेलनमा नेपालका मुद्दाको प्रवेश कति ?

सम्मेलनको मूल कार्यक्रम र साइडलाइन छलफलमा नेपालका पाँच मन्त्री सहभागी भएपछि उनीहरूको उपस्थितिसँगै त्यहाँ उठाइएका विषय र सहभागिताको औचित्यबारे पनि चर्चा सुरु भएको छ।

#जलवायु #सम्मेलन #मुद्दा
Compare →
Onlinekhabar
3h ago
कोप–३१ सम्मेलनमा नेपालबाट टर्किए पुगे ५ मन्त्री

कोप–३१ सम्मेलनमा नेपालबाट टर्किए पुगे ५ मन्त्री

२७ कात्तिक, काठमाडौं । टर्किएको अन्ताल्यामा पाँच दिनदेखि संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–३१) चलिरहेको छ। उक्त सम्मेलनमा संसारभरका सरकारका प्रतिनिधि र विज्ञहरू सहभागी भएका छन् । त्यही सम्मेलनको मूल र साइडलाइन कार्यक्रमका लागि नेपालबाट भने …

#जलवायु #सम्मेलन
Compare →
Hamro Patro News
13h ago
मुस्ताङको जलवायु पीडा सुनाउन घरपझोङ नेतृत्व कोप–३१ मा

मुस्ताङको जलवायु पीडा सुनाउन घरपझोङ नेतृत्व कोप–३१ मा

जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा परेको असर र स्थानीयवासीले भोग्नुपरेको समस्या अन्तर्राष्ट्रिय समुदायसमक्ष पुर्‍याउने उद्देश्यले मुस्ताङको घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचन र प्रमुख ...

#जलवायु #हिमाली
Compare →

Related Stories

Science & Climate
Build #2611