Trending
Prev Story
Next Story

सबल अर्थतन्त्रका लागि सरकारले बाटो बनाए व्यवसाय पनि सँगै कुद्छ : मुन्दडा

Ekantipur •
November 20, 2026 • 10:32 AM
3
3 reads 0 reactions

नेपाल उद्योग परिसंघ कोशीका वरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडाले स्पष्ट सरकारी दृष्टिकोण र कार्यान्वयनबिना लगानीकर्ताले निर्णय गर्न नसकेको बताएका छन् ।

सबल अर्थतन्त्रका लागि सरकारले बाटो बनाए व्यवसाय पनि सँगै कुद्छ : मुन्दडा

नेपाल उद्योग परिसंघ कोशीका वरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडाले स्पष्ट सरकारी दृष्टिकोण र कार्यान्वयनबिना लगानीकर्ताले निर्णय गर्न नसकेको बताएका छन् ।

विराटनगर — नेपाल उद्योग परिसंघ कोशी प्रदेशका वरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडाले बलियो र स्थिर सरकार, पर्याप्त विदेशी विनिमय सञ्चिति तथा दशककै न्यून ब्याजदर हुँदासमेत निजी क्षेत्रको मनोबल बढ्न नसकेको बताएका छन् । व्यवसायी अहिले पनि ‘पर्ख र हेर’ को अवस्थामा रहेको उल्लेख गर्दै उनले लगानीकर्ताले निर्णय गर्न नसकिरहेका कारण मुलुकले ठूलो आर्थिक मूल्य चुकाइरहेको बताए ।

कान्तिपुर मिडिया ग्रुपले कोशी प्रदेशको विराटनगरमा आयोजना गरेको ‘उज्यालो पूर्व : सम्भावनाबाट समृद्धितर्फ’ कार्यक्रमको पहिलो सत्र ‘व्यवसायीको मनोबल कसरी उकास्ने’ विषयमा मुन्दडाले सरकारले लगानीको वातावरण बनाउन स्पष्ट दृष्टिकोणसहित काम गर्नुपर्ने बताए । उनका अनुसार कुनै घटनाले लगानीकर्ताको मनोबल घटाउने र कुनै घटनाले बढाउने गर्छ । अहिले सरकारले राम्रो लगानीको वातावरण बनाउने सोचका साथ काम गर्ने हो भने निजी क्षेत्र पनि लगानी विस्तार गर्न तयार हुने उनको भनाइ छ । ‘सरकारले व्यवसाय गर्ने वातावरण बनाउने हो भने मात्रै अर्थतन्त्र सबल हुँदै जान्छ । सरकारको सोच, दृष्टिकोण र त्यसअनुसारको कार्यान्वयनले नै यो सम्भव हुन्छ । सरकारले बाटो बनाएमा व्यवसाय पनि सँगसँगै कुद्छ,’ उनले भने ।

कार्यक्रममा अर्थमन्त्रीले व्यक्त गरेका धारणाले आम लगानीकर्तामा केही सकारात्मक सन्देश पुगेको उनले बताए । अर्थमन्त्रीले घोषणा गरेका योजना कार्यान्वयनमा गए आगामी दिनमा अर्थतन्त्रमा सुधार हुँदै जाने उनको विश्वास छ । अर्थमन्त्रीले अर्को आर्थिक सुधारको प्याकेज अघि बढाएको र केही साताभित्रै अन्तरिम आर्थिक उपाय घोषणा गर्ने तयारी गरिरहेको बताएका थिए । सरकारले ती योजना कार्यान्वयनमा लैजान सके लगानीकर्ताको मनोबल बढाउन सहयोग पुग्ने मुन्दडाको भनाइ थियो ।

व्यवसायी अहिले ‘पर्ख र हेर’ को अवस्थामा रहे पनि नेपाल लगानीका लागि अवसर भएको मुलुक रहेको उनले बताए । विशेषगरी प्राकृतिक र धार्मिक पर्यटनलगायतका क्षेत्रमा सम्भावना रहेको उल्लेख गर्दै त्यसलाई उपयोग गर्न अनुकूल व्यावसायिक वातावरण आवश्यक रहेको उनको धारणा थियो । मुन्दडा मोरङ उद्योग व्यापार संघका पूर्वअध्यक्षसमेत हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
1d ago
एपेकमा पुटिनले भने : विश्वका लागि खुला छ रुस

एपेकमा पुटिनले भने : विश्वका लागि खुला छ रुस

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले एसिया–प्रशान्त क्षेत्रका अर्थतन्त्रहरूसँग रुसले ‘सकारात्मक साझेदारी’ गर्न चाहेको बताएका छन्।

#अर्थतन्त्र #बताए
Compare →
Onlinekhabar
4h ago
सामुदायिक र निजी दुई धार बनाएर शिक्षा बिग्रेको छ :  रामवरण यादव

सामुदायिक र निजी दुई धार बनाएर शिक्षा बिग्रेको छ :  रामवरण यादव

४ मंसिर, काठमाडौं । प्रथम राष्ट्रपति डा. रामवरण यादवले बहुदलपछि सामुदायिक र निजी दुई धार बनाएका कारण शिक्षा बिग्रीएको बताएका छन् । धनुषाको जनकपुरमा प्रधानाध्यापक संघ नेपालको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले शिक्षा सन्तोषजनक नभएको …

#बताए #बनाए
Compare →
Hamro Patro News
1d ago
हरित अर्थतन्त्रका लागि अन्तर्राष्ट्रिय लगानी जुटाउने प्रयास

हरित अर्थतन्त्रका लागि अन्तर्राष्ट्रिय लगानी जुटाउने प्रयास

काठमाडौँ- नेपालले जलवायु परिवर्तनको असर न्यूनीकरण, अनुकूलन क्षमता अभिवृद्धि र दिगो आर्थिक विकासका लागि अन्तर्राष्ट्रिय जलवायु वित्त तथा निजी क्षेत्रको लगानी परिचालन गर्ने रणनीतिक पहल अघि बढाएको छ। ...

#अर्थतन्त्र
Compare →
Bizshala
2d ago
ऊर्जामा आधारित अर्थतन्त्र निर्माण गर्न विश्व बैंकसँग सहकार्य बढाइने

ऊर्जामा आधारित अर्थतन्त्र निर्माण गर्न विश्व बैंकसँग सहकार्य बढाइने

काठमाण्डौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपालको ऊर्जामा आधारित अर्थतन्त्र निर्माणका लागि...

#अर्थतन्त्र
Compare →

Related Stories

Business & Economy
Build #2612