Trending
Prev Story
Next Story

नयाँ–पुराना सबै व्यावसायिक घरानाले नवप्रवर्तनको सोच भएकालाई स्थान दिनुपर्छ : मोतिलाल दुगड

Ekantipur •
November 20, 2026 • 01:02 PM
9
9 reads 0 reactions

नवप्रवर्तन र नयाँ प्रविधि भित्र्याउने युवालाई व्यावसायिक घरानाले अवसर दिनुपर्ने भन्दै दुगडले सरकारी प्रक्रियामा हुने ढिलाइले सिर्जनशील युवा निरुत्साहित भएर बिदेसिनुपरेको बताए ।

नयाँ–पुराना सबै व्यावसायिक घरानाले नवप्रवर्तनको सोच भएकालाई स्थान दिनुपर्छ : मोतिलाल दुगड

नवप्रवर्तन र नयाँ प्रविधि भित्र्याउने युवालाई व्यावसायिक घरानाले अवसर दिनुपर्ने भन्दै दुगडले सरकारी प्रक्रियामा हुने ढिलाइले सिर्जनशील युवा निरुत्साहित भएर बिदेसिनुपरेको बताए ।

काठमाडौँ — नयाँ होऊन् वा पुराना, सबै व्यावसायिक घरानाले नवप्रवर्तनको सोच र नयाँ प्रविधि लिएर आउने युवालाई स्थान दिनुपर्ने पूर्व उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले बताएका छन् ।

व्यवसायले समयअनुसार आफूलाई परिवर्तन गर्न नसके प्रतिस्पर्धामा पछि पर्ने उल्लेख गर्दै उनले नवप्रवर्तनलाई आत्मसात् गर्नु सबै व्यावसायिक घरानाका लागि आवश्यक रहेको बताए ।

कान्तिपुरले कोशी प्रदेशको विराटनगरमा आयोजना गरेको ‘उज्यालो पूर्व : सम्भावनाबाट समृद्धितर्फ’ कार्यक्रमको तेस्रो सत्र ‘तुलनात्मक लाभमा नवप्रवर्तनको साथ’ विषयमा बोल्दै दुगडले नयाँ प्रविधिको सदुपयोगले समाज र अर्थतन्त्रमा ठूलो योगदान पुर्‍याउन सक्ने बताए ।

राज्यमन्त्री रहँदा आफूले स्टार्टअप कार्यक्रम सञ्चालन गरेको स्मरण गर्दै उनले त्यस क्रममा युवाहरूले देखाएको सिर्जनशीलता र प्राविधिक क्षमताबाट आफू प्रभावित भएको बताए ।

त्यतिबेला नयाँ उद्यम तथा आविष्कारलाई प्रोत्साहन गर्न सहुलियत ब्याजदरमा ऋण, अनुदान र निर्यातमा सहुलियत उपलब्ध गराउने कार्यक्रम सञ्चालन गरिएको उनले बताए । ती कार्यक्रमको कार्यान्वयन प्रक्रिया पनि सुरुमा निकै छिटो हुने गरेको भए पनि पछिल्लो समय यसमा ढिलासुस्ती हुँदा युवाहरू निरुत्साहित भएको उनको भनाइ छ ।

‘हामीले पहिले यसको प्रक्रिया एक सातामै कार्यान्वयनमा लैजान्थ्यौँ । तर अहिले एक महिना हुँदै यो प्रक्रियामा त्योभन्दा लामो समय लाग्न थालेको छ,’ उनले भने, ‘सरकारी प्रक्रियामा हुने ढिलाइले नयाँ सोच र सिर्जना भएका युवाहरू निराश भएर विदेशिनुपर्ने अवस्था आएको छ ।’

नयाँ प्रविधि र नवप्रवर्तनमा आधारित व्यवसायलाई प्रोत्साहन गर्न सरकारले छिटो निर्णय गर्नुपर्ने उनको भनाइ थियो । उनले नयाँ प्रविधिको विकाससँगै मुलुकहरूबीच अप्रत्यक्ष प्रतिस्पर्धा र द्वन्द्वसमेत बढिरहेको उल्लेख गर्दै प्रविधिको सकारात्मक उपयोगका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
21h ago
‘नवप्रवर्तनमा युवालाई प्रोत्साहन गरे अर्थतन्त्रमा योगदान’

‘नवप्रवर्तनमा युवालाई प्रोत्साहन गरे अर्थतन्त्रमा योगदान’

‘नवप्रवर्तनमा युवालाई प्रोत्साहन गरे अर्थतन्त्रमा योगदान’ युवाका नयाँ सोचलाई उद्यममा रूपान्तरण गर्न विद्यालय तहदेखि सीप विकास, उद्योगमैत्री कर्मचारीतन्त्र र लगानीको वातावरण बनाउनुपर्नेमा सरोकारवाल...

#नवप्रवर्तन
Compare →
Nagarik News
1d ago
स्थानीय तहको निर्वाचन वैशाख अन्तिममा गर्नुपर्छ : ओली

स्थानीय तहको निर्वाचन वैशाख अन्तिममा गर्नुपर्छ : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहलाई स्वायत्त सरकारका रूपमा विकास गर्नुपर्ने बताएका छन् ।

#बताए #स्थान
Compare →
Onlinekhabar
1d ago
स्थानीय तह बलियो हुँदा मात्रै संघीयताको महसुस हुन्छ : ओली

स्थानीय तह बलियो हुँदा मात्रै संघीयताको महसुस हुन्छ : ओली

४ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह सबल हुँदा विकासमा तीव्रता आउने बताएका छन् । शुक्रबार एमालेबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूको भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताइका हुन् । ‘स्थानीय तहको सवलीकरणका …

#बताए #स्थान
Compare →

Related Stories

Business & Economy
Build #2612