Trending
Prev Story
Next Story

ऊर्जामा आधारित अर्थतन्त्र निर्माण गर्न विश्व बैंकसँग सहकार्य बढाइने

Bizshala •
November 18, 2026 • 11:04 AM
3
3 reads 0 reactions

काठमाण्डौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपालको ऊर्जामा आधारित अर्थतन्त्र निर्माणका लागि...

ऊर्जामा आधारित अर्थतन्त्र निर्माण गर्न विश्व बैंकसँग सहकार्य बढाइने

काठमाण्डौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपालको ऊर्जामा आधारित अर्थतन्त्र निर्माणका लागि विश्व बैंकसँगको सहकार्य थप प्रभावकारी बनाउनुपर्ने बताएका छन्।

विश्व बैंकका नेपाल प्रमुख डेभिड सिस्लेनसँग मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री श्रेष्ठले ऊर्जा पूर्वाधारको सुरक्षा, जलविद्युत् आयोजनाको वित्तीय दिगोपन, प्रसारण तथा वितरण प्रणालीको सुदृढीकरण र दीर्घकालीन ऊर्जा सुरक्षालाई प्राथमिकतामा राख्नुपर्ने बताएका हुन्।

उनले जलविद्युत् आयोजना, प्रसारण लाइन र वितरण प्रणालीलाई प्राकृतिक विपद्बाट जोगाउन जोखिममा आधारित पूर्वाधार योजना, बहुप्रकोपीय पूर्वसूचना प्रणाली र जलवायु जोखिम मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।

भेटमा बढ्दो विद्युत् माग, औद्योगिक विकास, आन्तरिक खपत तथा क्षेत्रीय विद्युत् व्यापारलाई ध्यानमा राखेर दीर्घकालीन विद्युत् उत्पादन योजना बनाउने विषयमा समेत छलफल भएको छ।

मन्त्री श्रेष्ठले विद्युत् उत्पादनसँगै प्रसारण तथा वितरण पूर्वाधारमा लगानी बढाउनुपर्ने, ग्रिडका अवरोध हटाउनुपर्ने र विद्युत् निर्यात क्षमता विस्तार गर्नुपर्ने बताए।

ऊर्जा सुरक्षाका लागि जलविद्युत्‌मा मात्रै निर्भर नभई सौर्यलगायत अन्य नवीकरणीय ऊर्जा स्रोतको विकास, ऊर्जा भण्डारण र सन्तुलित ऊर्जा मिश्रणलाई समेत प्राथमिकता दिनुपर्ने उनको भनाइ छ।

भेटवार्तामा नेपाल सरकार र विश्व बैंकबीचको सहकार्यलाई स्पष्ट समयसीमा तथा मापनयोग्य उपलब्धिमा आधारित कार्ययोजनामार्फत अघि बढाउने विषयमा छलफल भएको छ।

दुवै पक्षबीच विपद् उत्थानशील ऊर्जा पूर्वाधार, जलविद्युत् क्षेत्रको वित्तीय दिगोपन, प्रसारण तथा वितरण प्रणालीको विस्तार र दीर्घकालीन ऊर्जा सुरक्षालाई आगामी सहकार्यका प्रमुख प्राथमिकता बनाउने समझदारी भएको छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
58m ago
ऊर्जा अर्थतन्त्र निर्माणमा विश्व बैंकसँग सहकार्य बढाउनुपर्नेमा मन्त्री श्रेष्ठको जोड

ऊर्जा अर्थतन्त्र निर्माणमा विश्व बैंकसँग सहकार्य बढाउनुपर्नेमा मन्त्री श्रेष्ठको जोड

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले नेपालको ऊर्जामा आधारित अर्थतन्त्र निर्माणका लागि विश्व बैंकसँग सहकार्य थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्।

#अर्थतन्त्र #ऊर्जा #आधारित
Compare →
Hamro Patro News
1d ago
कर प्रणाली सामाजिक न्याय र आत्मनिर्भर अर्थतन्त्रको मूल आधार: प्रधानमन्त्री बालेन

कर प्रणाली सामाजिक न्याय र आत्मनिर्भर अर्थतन्त्रको मूल आधार: प्रधानमन्त्री बालेन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले कर प्रणाली केवल राज्य सञ्चालनका लागि स्रोत जुटाउने माध्यम मात्र नभई सामाजिक न्याय, द्रुत पूर्वाधार विकास र आत्मनिर्भर अर्थतन्त्रको मूल आधार भएको बत...

#अर्थतन्त्र #प्रणाली
Compare →
Onlinekhabar
1h ago
नेपाल–न्युजिल्यान्ड आर्थिक सहकार्य विस्तार गर्न नयाँ रूपरेखा प्रस्तुत

नेपाल–न्युजिल्यान्ड आर्थिक सहकार्य विस्तार गर्न नयाँ रूपरेखा प्रस्तुत

२ मंसिर, सिड्नी । नेपाल र न्युजिल्यान्डबीच व्यापारिक तथा आर्थिक सम्बन्ध विस्तार गर्ने उद्देश्यले न्युजिल्यान्ड नेपाल वाणिज्य संघले आफ्नो स्थापनाको दशौँ वार्षिकोत्सवका अवसरमा आर्थिक सहकार्यको रूपरेखा सार्वजनिक गरेको छ । नोभेम्बर १८ मा अकल्यान्डमा आयोजित ‘नयाँ …

#सहकार्य
Compare →
Ekantipur
21h ago
सीपीसीका सिचुवान पार्टी प्रमुख र रास्वपा प्रतिनिधिमण्डलबीच भेट, द्विपक्षीय सहकार्य सुदृढ गर्न जोड

सीपीसीका सिचुवान पार्टी प्रमुख र रास्वपा प्रतिनिधिमण्डलबीच भेट, द्विपक्षीय सहकार्य सुदृढ गर्न जोड

विपिन आचार्य नेतृत्वको नेपाली प्रतिनिधिमण्डलसँगको भेटमा वाङ सियाओहुईले विपद् व्यवस्थापन, पूर्वाधार, स्वच्छ ऊर्जा, कृषि र पर्यटनमा सहकार्य विस्तार गर्ने प्रस्ताव राखे ।

#सहकार्य
Compare →
Arthasansar
2d ago
मुद्रास्फीति र खराब मौसमले जापानी अर्थतन्त्र सुस्त

मुद्रास्फीति र खराब मौसमले जापानी अर्थतन्त्र सुस्त

जापानको अर्थतन्त्र चालु वर्षको तेस्रो त्रैमासिकमा स्थिर भएको छ। इरान युद्धका कारण बढेको मुद्रास्फीति, खराब मौसम र भूकम्पको असरले जुलाईदेखि...

#अर्थतन्त्र
Compare →

Related Stories

Business & Economy
Build #2612