Trending
Prev Story
Next Story

एआईमा सहकार्य बढाउन सीको आग्रह

Nagarik News •
November 18, 2026 • 09:24 AM
2
2 reads 0 reactions

उनले एसिया–प्रशान्त क्षेत्रमा साझा समृद्धिका लागि व्यापार तथा लगानीका अवरोध हटाउनुपर्नेमा पनि जोड दिए।

एआईमा सहकार्य बढाउन सीको आग्रह

चिनियाँ राष्ट्रपति सी जिनपिङले कृत्रिम बौद्धिकता (एआई), डिजिटल अर्थतन्त्र र स्वतन्त्र व्यापारमा अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्न आह्वान गरेका छन्।

उनले एसिया–प्रशान्त क्षेत्रमा साझा समृद्धिका लागि व्यापार तथा लगानीका अवरोध हटाउनुपर्नेमा पनि जोड दिए।

सेन्जेनमा बुधबार एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) बैठक उद्घाटन गर्दै सीले वैज्ञानिक नवप्रवर्तन, एआई र हरित विकासमा साझेदारी बढाउन आग्रह गरे।

उनले चीनले विदेशी लगानी तथा व्यवसायका लागि बजार पहुँच विस्तार गर्ने बताए।

सीको यो आग्रह अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग बिहीबार हुने अपेक्षित भेटवार्ताको पूर्वसन्ध्यामा आएको हो।

दुई देशबीच व्यापार तनाव बढिरहेका बेला अमेरिकाले एआईका मोडेल प्रशिक्षण र सञ्चालनमा प्रयोग हुने उन्नत चिप्स चीन निर्यातमा थप प्रतिबन्ध लगाएको छ।

चीनले भने अमेरिकी शुल्कको जवाफमा प्रतिकारात्मक कदम चालेको छ। गत वर्ष एपेक बैठकका क्रममा भएको व्यापार युद्ध रोक्ने अस्थायी सहमति आगामी जनवरीमा समाप्त हुँदैछ।

प्रकाशित: २ मंसिर २०८३ १५:०९ बुधबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
4d ago
एआई प्रविधिमा लगानी बढाउने र सहकार्य सुदृढ गर्ने ईयूको तयारी

एआई प्रविधिमा लगानी बढाउने र सहकार्य सुदृढ गर्ने ईयूको तयारी

काठमाडाैँ । युरोपेली संघ (ईयू) का नेताहरूले कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको विकास, लगानी विस्तार तथा सदस्य राष्ट्रबिचको सहकार्यलाई थप प्रभावकारी बनाउँदै युरोपको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्ध...

#एआई #सहकार्य #बढाउन
Compare →
Onlinekhabar
2h ago
फिलिपिन्ससँग सहकार्य बढाउन ट्रम्पको जोड

फिलिपिन्ससँग सहकार्य बढाउन ट्रम्पको जोड

२ मङ्सिर, मनिला (रासस/एएफपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फिलिपिन्ससँग रक्षा तथा ऊर्जा क्षेत्रमा सहकार्य विस्तार गर्ने बताएका छन् । उनले फिलिपिन्सको पहिलो आधुनिक आणविक ऊर्जा परियोजनामा अमेरिकी प्रविधि उपयोग गर्न सकिने उल्लेख गरे। राष्ट्रपति फर्डिनान्ड …

#सहकार्य #बढाउन
Compare →
Ekantipur
20h ago
सीपीसीका सिचुवान पार्टी प्रमुख र रास्वपा प्रतिनिधिमण्डलबीच भेट, द्विपक्षीय सहकार्य सुदृढ गर्न जोड

सीपीसीका सिचुवान पार्टी प्रमुख र रास्वपा प्रतिनिधिमण्डलबीच भेट, द्विपक्षीय सहकार्य सुदृढ गर्न जोड

विपिन आचार्य नेतृत्वको नेपाली प्रतिनिधिमण्डलसँगको भेटमा वाङ सियाओहुईले विपद् व्यवस्थापन, पूर्वाधार, स्वच्छ ऊर्जा, कृषि र पर्यटनमा सहकार्य विस्तार गर्ने प्रस्ताव राखे ।

#सहकार्य
Compare →
Bizshala
1d ago
एआई डिटेक्टरको भरमा विद्यार्थीको शोधपत्र अस्वीकार गर्न नपाउनुपर्ने माग गर्दै त्रिवि विरुद्ध सर्वोच्चमा रिट

एआई डिटेक्टरको भरमा विद्यार्थीको शोधपत्र अस्वीकार गर्न नपाउनुपर्ने माग गर्दै त्रिवि विरुद्ध सर्वोच्चमा रिट

काठमाण्डौ । कृत्रिम बुद्धिमत्ता (एआई) बाट लेखिएको देखाउने सफ्टवेयरको रिपोर्टलाई मात्रै आधार बनाएर विद्यार्थीका...

#एआई
Compare →

Related Stories

World News
Build #2612