Trending
Prev Story
Next Story

मुद्रास्फीति र खराब मौसमले जापानी अर्थतन्त्र सुस्त

Arthasansar •
November 16, 2026 • 09:36 AM
3
3 reads 0 reactions

जापानको अर्थतन्त्र चालु वर्षको तेस्रो त्रैमासिकमा स्थिर भएको छ। इरान युद्धका कारण बढेको मुद्रास्फीति, खराब मौसम र भूकम्पको असरले जुलाईदेखि...

मुद्रास्फीति र खराब मौसमले जापानी अर्थतन्त्र सुस्त

जापानको अर्थतन्त्र चालु वर्षको तेस्रो त्रैमासिकमा स्थिर भएको छ। इरान युद्धका कारण बढेको मुद्रास्फीति, खराब मौसम र भूकम्पको असरले जुलाईदेखि सेप्टेम्बरसम्म अर्थतन्त्रमा वृद्धि हुन नसकेको सरकारी तथ्याङ्कले देखाएको छ। यो नतिजा अर्थशास्त्रीहरूले गरेको ०।१ प्रतिशत वृद्धिको अनुमानभन्दा कमजोर हो। वार्षिक आधारमा भने जापानको अर्थतन्त्र ०।१ प्रतिशतले संकुचित भएको छ।

तेलको मूल्य वृद्धि र येन कमजोर हुँदा आयात महँगिएको छ। त्यसको असर उपभोक्ताको खर्चमा परेको छ। तेस्रो त्रैमासिकमा निजी उपभोग ०।३ प्रतिशतले घटेको छ। यसअघि अप्रिलदेखि जुनसम्म पनि निजी उपभोग समान दरले घटेको थियो। जुलाईमा आएको आँधी र भारी वर्षाले उपभोक्तालाई किनमेलमा जान निरुत्साहित गरेको थियो। त्यस्तै, क्युसु क्षेत्रमा गएको भूकम्पका कारण कारखाना बन्द हुँदा औद्योगिक उत्पादन र निर्यात प्रभावित भएको थियो। सरकारी सहायता र कम्पनीहरूको लगानी बढे पनि त्यसले अर्थतन्त्रलाई गति दिन सकेन।

क्यापिटल इकोनोमिक्सका मार्सेल थिएलियन्टले आर्थिक वृद्धिसम्बन्धी पछिल्लो तथ्याङ्क अनुमानभन्दा कमजोर र निराशाजनक रहेको बताएका छन्। मुद्रास्फीति बढिरहेकाले जापानको केन्द्रीय बैंकले आगामी डिसेम्बरमा ब्याजदर थप बढाउन सक्ने विश्लेषकहरूको अनुमान छ।

अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रक्षेपणअनुसार सन् २०२७ मा जापान विश्वका ठूला अर्थतन्त्रको सूचीमा छैटौँ स्थानमा झर्नेछ। भारत र जर्मनीले जापानलाई उछिन्ने कोषको अनुमान छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
2h ago
इरान युद्धको असरले जापानको अर्थतन्त्रमा सुस्ती, तेस्रो त्रैमासिकमा वृद्धि शून्य

इरान युद्धको असरले जापानको अर्थतन्त्रमा सुस्ती, तेस्रो त्रैमासिकमा वृद्धि शून्य

काठमाडौं – इरान युद्धका कारण बढेको मुद्रास्फीति, प्रतिकूल मौसम र भूकम्पको असरले जापानको अर्थतन्त्रमा सुस्ती देखिएको छ । जुलाईदेखि सेप्टेम्बरसम्मको तेस्रो त्रैमासिकमा जापानको अर्थतन्त्रमा कुनै वृद्ध...

#अर्थतन्त्र #जापान #सुस्त
Compare →
Ekantipur
8h ago
३० कार्तिक २०८३ : आजको मौसम प्रतिवेदन : देशभरको अवस्था

३० कार्तिक २०८३ : आजको मौसम प्रतिवेदन : देशभरको अवस्था

देशभरमा धुवाँसहितको धमिलो वातावरण मौसम र तापक्रम ९ देखि २८ डिग्री सेल्सियससम्म रहने अनुमान।

#मौसम
Compare →
Nagarik News
9h ago
अबको आवश्यकता उत्पादनमुखी अर्थतन्त्र

अबको आवश्यकता उत्पादनमुखी अर्थतन्त्र

अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा व्यापार घाटा ३४.७१ प्रतिशतले बढ्नु अर्थतन्त्रको संरचनागत कमजोरीको संकेत हो।

#अर्थतन्त्र
Compare →
Bizshala
2d ago
आइतबारदेखि फेरि मौसम बिग्रिने संकेत: पाँच प्रदेशमा वर्षा र हिमपातको सम्भावना, धानबाली जोगाउन किसानलाई सुझाव

आइतबारदेखि फेरि मौसम बिग्रिने संकेत: पाँच प्रदेशमा वर्षा र हिमपातको सम्भावना, धानबाली जोगाउन किसानलाई सुझाव

काठमाण्डौ । तिहारको भाइटीकाका दिन वर्षा भएपछि चिसो बढेको देशका विभिन्न भागमा आइतबारदेखि फेरि मौसम बदली हुने सम्भावना...

#मौसम
Compare →
Onlinekhabar
2d ago
छठको समाजशास्त्र : जातीय विभेद, महिला श्रम र सीमान्त समुदायको अर्थतन्त्र

छठको समाजशास्त्र : जातीय विभेद, महिला श्रम र सीमान्त समुदायको अर्थतन्त्र

अस्ताउँदो र उदाउँदो सूर्यको उपासना गर्दै प्रकृतिको आभार प्रकट गरिने लोकआस्थाको महापर्व छठ आज प्रथम दिन‘नहाय—खाय’ का साथ सुरु भएको छ । चार दिनसम्म चल्ने यो कठोर अनुष्ठानमा साधकहरूले प्रथम दिन पवित्र स्नान गरी चोखो …

#अर्थतन्त्र
Compare →

Related Stories

Business & Economy
Build #2612