राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष विभिन्न तीन मुलुकका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। सोमबार राष्ट्रपतिको कार्यालय, शीतल निवासमा आयोजित एक विशेष समारोहका बीच उनीहरूले राजदूत पदको शपथ लिएका हुन।
जारी विज्ञप्तिअनुसार शपथ ग्रहण गर्नेहरूमा गणतन्त्र भारतका लागि नवनियुक्त राजदूत डा. निश्चल नाथ पाण्डे, जनवादी गणतन्त्र चीनका लागि डा. कल्याण राज शर्मा र इजरायलका लागि सुरेश कुमार कर्ण रहेका छन्। उक्त शपथ ग्रहण समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो।