Trending
Prev Story
Next Story

एपेकमा पुटिनले भने : विश्वका लागि खुला छ रुस

Nagarik News •
November 19, 2026 • 07:51 AM
5
5 reads 0 reactions

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले एसिया–प्रशान्त क्षेत्रका अर्थतन्त्रहरूसँग रुसले ‘सकारात्मक साझेदारी’ गर्न चाहेको बताएका छन्।

एपेकमा पुटिनले भने : विश्वका लागि खुला छ रुस

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले एसिया–प्रशान्त क्षेत्रका अर्थतन्त्रहरूसँग रुसले ‘सकारात्मक साझेदारी’ गर्न चाहेको बताएका छन्।

रुसको सरकारी समाचार एजेन्सी तासका अनुसार एपेक सम्मेलनमा बोल्दै पुटिनले रुसलाई यस क्षेत्रको ‘अभिन्न हिस्सा’ बताएका हुन्।

उनले रुस विश्वका लागि खुला रहेको र आफ्नो अर्थतन्त्रलाई थप मजबुत बनाउँदै लगेको बताए।

रुसका राष्ट्रपति पुटिनले ठूलो परिमाणमा खाद्यान्न तथा मलखाद आपूर्तिको प्रसंग उल्लेख गर्दै यस क्षेत्रमा रुसले महत्त्वपूर्ण योगदान पुर्‍याएको बताए।

त्यस्तै, रुस क्षेत्रीय साझेदारहरूसँग कृत्रिम बुद्धिमत्ता (एआई) र प्रविधिसम्बन्धी विज्ञता तथा अनुभव साझा गर्न तयार रहेको पनि उनले बताए।

आफ्नो सम्बोधनको अन्त्यमा पुटिनले एपेक सम्मेलनको अन्तिम संयुक्त घोषणापत्रलाई समर्थन गरे।

पुटिन करिब नौ वर्षपछि एपेक सम्मेलनको पारिवारिक सामूहिक तस्बिर (फ्यामिली फोटो) मा सहभागी हुँदैछन्।

प्रकाशित: ३ मंसिर २०८३ १३:३६ बिहीबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
2d ago
ट्रम्प, पुटिन र सीबीच हुने ऐतिहासिक बैठकले विश्वका लागि के अर्थ राख्छ

ट्रम्प, पुटिन र सीबीच हुने ऐतिहासिक बैठकले विश्वका लागि के अर्थ राख्छ

चीन, रुस र अमेरिकाका शीर्ष नेताहरूबीच हुन लागेको त्रिपक्षीय वार्ताले युरोपलाई झस्काएको छ। कतिपयले यो भेटलाई दोस्रो विश्वयुद्धपछिको अवस्थासँग समेत तुलना गर्न थालेका छन्। मस्कोको रेड स्क्वाएरमा गत न...

#रुस #पुटिन #विश्वका
Compare →
Onlinekhabar
3h ago
चीनबाट पुटिनको सन्देश : प्रतिबन्धहरूले अब आर्थिक वृद्धिलाई रोक्न सक्दैनन्

चीनबाट पुटिनको सन्देश : प्रतिबन्धहरूले अब आर्थिक वृद्धिलाई रोक्न सक्दैनन्

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार पश्चिमा प्रतिबन्ध, ट्यारिफ र निर्यात बन्देजले अब देशहरूको आर्थिक वृद्धिलाई रोक्न नसक्ने बताएका छन्। विश्व अर्थतन्त्र केही शक्तिशाली राष्ट्रहरूको वर्चस्व रहेको प्रणालीबाट टाढा जाँदै गरेको तर्क उनले गरेका छन्। चीनको सेन्जेनमा …

#अर्थतन्त्र #पुटिन
Compare →
Ekantipur
1d ago
त्रिपक्षीय शिखर सम्मेलन उपयोगी हुने पुटिनको अपेक्षा

त्रिपक्षीय शिखर सम्मेलन उपयोगी हुने पुटिनको अपेक्षा

पुटिनले वर्तमान विश्वमा बढ्दो सैन्य तथा राजनीतिक जोखिम र विश्व अर्थतन्त्रमा देखिएको विभाजनबीच आपसी सहकार्य र संवादको आवश्यकता रहेको बताए

#अर्थतन्त्र #पुटिन
Compare →
Bizshala
2h ago
युक्रेन युद्ध र आणविक हतियारबारे ट्रम्प सी र पुटिनबीच ऐतिहासिक वार्ता

युक्रेन युद्ध र आणविक हतियारबारे ट्रम्प सी र पुटिनबीच ऐतिहासिक वार्ता

काठमाण्डौ । युक्रेन युद्ध र आणविक हतियार नियन्त्रणलगायतका विषयमा छलफल गर्न विश्वका तीन प्रमुख शक्तिराष्ट्रका नेता...

#राष्ट्रपति #पुटिन
Compare →

Related Stories

World News
Build #2612