Trending
Prev Story
Next Story

बालेन भ्रमणको पूर्वसन्ध्यामा भारतले भन्यो– नेपालसँगको क्रिकेट सम्बन्ध महत्त्वपूर्ण कडी

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
3
3 reads 0 reactions

४ मंसिर, काठमाडौं । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले नेपालका प्रधानमन्त्री बालेन शाहको आसन्न भ्रमणका क्रममा टार्टअप, प्रविधि, नवप्रवर्तन र खेलकुदजस्ता सहकार्यका केही नयाँ क्षेत्रलगायतमा छलफल हुने बताएका छन् । शुक्रबार आयोजित मन्त्रालयको नियमित पत्रकार …

बालेन भ्रमणको पूर्वसन्ध्यामा भारतले भन्यो– नेपालसँगको क्रिकेट सम्बन्ध महत्त्वपूर्ण कडी

४ मंसिर, काठमाडौं । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले नेपालका प्रधानमन्त्री बालेन शाहको आसन्न भ्रमणका क्रममा टार्टअप, प्रविधि, नवप्रवर्तन र खेलकुदजस्ता सहकार्यका केही नयाँ क्षेत्रलगायतमा छलफल हुने बताएका छन् ।

शुक्रबार आयोजित मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा उठेका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री शाहले यहि मंसिर ६ र ७ गते भारत भ्रमण गर्नेछन् । उनको उक्त भ्रमणमा राजकीय सम्मान प्रदान गरिने प्रवक्ता जयसवालले बताए ।

नेपाल र भारतबीच पुरानो र बहुआयामिक सम्बन्ध रहेको चर्चा गर्दै उनले यसलाई अझै फराकिलो बनाउनेबारे यो भ्रमणमा छलफल हुने बताए ।

साथै, उनले क्रिकेटको सम्बन्ध पनि भारत र नेपालबीचको महत्त्वपूर्ण कडी बनेको बताए ।

‘भ्रमणका क्रममा विकास सहकार्य, जनस्तरको सम्बन्ध, ऊर्जा सहकार्य, कनेक्टिभिटीका साथै स्टार्टअप, प्रविधि, नवप्रवर्तन र खेलकुदजस्ता सहकार्यका केही नयाँ क्षेत्रलगायत यी सबै विषयमा छलफल हुनेछ,’ उनले भने, ‘क्रिकेटको सम्बन्ध पनि भारत र नेपालबीच एउटा महत्त्वपूर्ण कडी बनेको छ ।’

भ्रमणका क्रममा हुने थप घटनाक्रमबारे जानकारी गराइराख्ने बताउँदै प्रवक्ता जयसवालले आफूहरूका लागि यो भ्रमण महत्त्वपूर्ण रहेको पनि बताए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
8h ago
प्रधानमन्त्री शाह मंसिर ६ गते भारत भ्रमणमा जाने, यस्तो छ कार्यतालिका

प्रधानमन्त्री शाह मंसिर ६ गते भारत भ्रमणमा जाने, यस्तो छ कार्यतालिका

प्रधानमन्त्री बालेन्द्र शाह दुईदिने राजकीय भ्रमणका लागि भारत जाँदै छन्।

#बालेन-शाह #भ्रमण #मंसिर
Compare →
Bizshala
5h ago
प्रधानमन्त्री बालेनको भारत भ्रमणलाई मन्त्रिपरिषद्को स्वीकृति, मंसिर ६ र ७ गते राजकीय भ्रमण

प्रधानमन्त्री बालेनको भारत भ्रमणलाई मन्त्रिपरिषद्को स्वीकृति, मंसिर ६ र ७ गते राजकीय भ्रमण

काठमाण्डौ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को आसन्न भारत भ्रमणलाई सरकारले औपचारिक स्वीकृति दिएको छ।शुक्रबार...

#बालेन-शाह #भ्रमण #बालेन
Compare →
Hamro Patro News
5h ago
प्रधानमन्त्री बालेनको भारत भ्रमणअघि सरकारले गरेका सात निर्णय केके हुन् ?

प्रधानमन्त्री बालेनको भारत भ्रमणअघि सरकारले गरेका सात निर्णय केके हुन् ?

काठमाडौँ / सरकारले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को आगामी मंसिर ६ र ७ गते हुने भारतको राजकीय भ्रमण स्वीकृत गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत गर्न...

#बालेन-शाह #भ्रमण #बालेन
Compare →
Arthasansar
7h ago
आइतबार दिउँसो भारत जाँदै प्रधानमन्त्री, यस्तो छ दुई दिने भ्रमण तालिका

आइतबार दिउँसो भारत जाँदै प्रधानमन्त्री, यस्तो छ दुई दिने भ्रमण तालिका

प्रधानमन्त्री बालेन शाह आइतबार दिउँसो १ः४५ बजे भारत प्रस्थान गर्ने भएका छन् । नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत भारत जाने...

#बालेन-शाह #भ्रमण #भारत
Compare →
Ekantipur
4h ago
प्रधानमन्त्रीलाई व्यवसायीको आग्रह- ‘भारत भ्रमणका क्रममा जुट र चियाको अवरोध हटाउन पहल गर्नुहोस्’

प्रधानमन्त्रीलाई व्यवसायीको आग्रह- ‘भारत भ्रमणका क्रममा जुट र चियाको अवरोध हटाउन पहल गर्नुहोस्’

दुईदिने भ्रमणका क्रममा विशेष गरी जुट र चियाको निर्यातमा देखिएका अवरोध हटाउने पहल गर्न निजी क्षेत्रले प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।

#भ्रमण #भारत
Compare →

Related Stories

Sports
Build #2612