Trending
News Feed • Publishers • Ekantipur
E

Ekantipur

Active Feed

ekantipur.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 2484 Indexed in Feed
Read Count 11962 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 12 minutes ago Priority Level: 90

Published Articles (Filtered by Category)

Chronological feed of stories from Ekantipur

422 stories
शीर्षस्थानको लुम्बिनीलाई काठमान्डुको चुनौती Sports
Sports
1w ago

शीर्षस्थानको लुम्बिनीलाई काठमान्डुको चुनौती

अंकतालिकाको शीर्षस्थानमा रहेको लुम्बिनी लायन्स र चौथो स्थानको काठमान्डु गोर्खाजबीच आज प्रतिस्पर्धा हुँदैछ । चार खेलमा तीन जित र एक बराबरी खेलेको लुम्बिनी ७ अंकसहित शीर्षमा छ भने काठमान्डुले तीन खेलबाट ४ अंक जोडेको छ । लुम्बिनी आफ्नो अग्रता बलियो बनाउन र काठमान्डु शीर्ष तीनमा उक्लिने लक्ष्यमा मैदान उत्रँदैछन् ।

#लुम्बिनी #काठमान्डु #शीर्षस्थान
मेधावीको सेलिब्रेसन शैली : दिल्लीदेखि इंग्लिस काउन्टी क्रिकेटसम्म Sports
Sports
1w ago

मेधावीको सेलिब्रेसन शैली : दिल्लीदेखि इंग्लिस काउन्टी क्रिकेटसम्म

दिल्लीकी २० वर्षीया लेग स्पिनर मेधावी बिधुरी डीपीएलमा ‘६–७’ शैलीको हातको इसारासहित विकेट सेलिब्रेसन गरेपछि चर्चामा आएकी थिइन् । भारतीय लेग स्पिनर युजवेन्द्र चहलले इंग्ल्यान्डमा काउन्टी च्याम्पियनसिप खेल्ने क्रममा त्यही शैली दोहोर्‍याए ।

#शैली #दिल्ली #लेग
एनपीएल- ३ : काठमान्डु र लुम्बिनीबीच प्रतिस्पर्धा Sports
Sports
1w ago

एनपीएल- ३ : काठमान्डु र लुम्बिनीबीच प्रतिस्पर्धा

नेपाल प्रिमियर लिग (एनपीएल)- ३ मा शनिबार काठमान्डु गोर्खाज र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजे सुरु हुँदैछ । अंकतालिकामा लुम्बिनी पहिलो र काठमान्डु चौथो स्थानमा छन् । शीर्ष स्थानमा रहेको लुम्बिनी आफ्नो वरीयता कायम राख्ने लक्ष्यमा हुनेछ भने काठमान्डु जित निकाल्दै अंकतालिकामा सुधार गर्न चाहन्छ ।

#एनपीएल #प्रिमियर-लिग #काठमान्डु
गण्डकी खेलकुद परिषद्का सदस्यसचिव शर्मा बर्खास्त Sports
Sports
1w ago

गण्डकी खेलकुद परिषद्का सदस्यसचिव शर्मा बर्खास्त

खेलकुद पदक तथा नगद पुरस्कार वितरणमा अनियमितता गरेको र निर्धारित प्रक्रियाविपरीत काम गरेको आरोपमा छानबिनमा परेका शर्मालाई मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले बर्खास्त गर्ने निर्णय गरेको हो ।

#मन्त्रिपरिषद् #शर्मा #खेलकुद
कभेन्ट्रीलाई हराएपछि एभरटन पाँचौंमा Sports
Sports
1w ago

कभेन्ट्रीलाई हराएपछि एभरटन पाँचौंमा

उत्कृष्ट लयमा रहेका थिएर्नो बारीको दुई गोलको मदतले एभरटनले शुक्रबार कभेन्ट्रीलाई ३–१ ले हराएको छ र अंक तालिकाको पाँचौं स्थानमा उक्लेको छ ।

#गोल #एभरटन #बारी
शीर्ष स्थानको लुम्बिनी र काठमाडौं भिड्दै Sports
Sports
1w ago

शीर्ष स्थानको लुम्बिनी र काठमाडौं भिड्दै

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साँझ ५ बजेपछि हुने खेलमा साबिक विजेता लुम्बिनी लायन्स र काठमाडौं गोर्खाज भिड्नेछन् ।

#त्रिभुवन-विश्वविद्यालय #काठमाडौं #लुम्बिनी
एनपीएलले पर्यटन प्रवर्द्धन भइरहेछ : मन्त्री पोखरेल Sports
Sports
1w ago

एनपीएलले पर्यटन प्रवर्द्धन भइरहेछ : मन्त्री पोखरेल

एक्सट्रिम इनर्जी कान्तिपुर म्याक्स स्पोर्ट समिट २०२६ उद्घाटनमा उनले एनपीएलले खेल इकोसिस्टम, लगानी र अन्तर्राष्ट्रिय पर्यटनमा योगदान पुर्‍याएको बताए।

#एनपीएल #बताए #पर्यटन
इन्द्रेणीपोखरी फुटबल प्रतियोगिताको उपाधि आयोजकलाई Sports
Sports
1w ago

इन्द्रेणीपोखरी फुटबल प्रतियोगिताको उपाधि आयोजकलाई

शुक्रबार सम्पन्न खेलमा इन्द्रेणीपोखरीले एक लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पायो ।

#इन्द्रेणीपोखरी #मेडल #प्रमाणपत्र
नेपाली क्रिकेटको माहोल र दर्शकको उत्साहबाट प्रभावित वार्नर Sports
Sports
1w ago

नेपाली क्रिकेटको माहोल र दर्शकको उत्साहबाट प्रभावित वार्नर

एनपीएलमा काठमाडौं गोर्खाजबाट खेलिरहेका विश्वकप विजेता वार्नरले पूर्वाधार, व्यावसायिकता र खेलाडी विकासमा रणनीतिक लगानी आवश्यक रहेको बताएका छन् ।

#एनपीएल #विश्वकप #वार्नर
नेपाली खेलकुदमा पूर्वाधारको अभाव अझै उस्तै Sports
Sports
1w ago

नेपाली खेलकुदमा पूर्वाधारको अभाव अझै उस्तै

ठूला प्रतियोगिताको आकर्षण बढे पनि कभर्डहल, मैदान र व्यवस्थित संरचनाको अभावले नेपाली खेलाडीहरू अझै संघर्ष गरिरहेका छन् ।

#अभाव #खेलकुद #पूर्वाधार
यू–१९ एसिया कप : भारतसँग नेपालको १० विकेटको हार Sports
Sports
1w ago

यू–१९ एसिया कप : भारतसँग नेपालको १० विकेटको हार

ओमानको अल अमेरातमा भारतले टस जितेर पहिले फिल्डिङ रोजेको थियो । विपिन शर्माको कप्तानीमा रहेको नेपाली ४२.३ ओभरमा १ सय २८ रनमा अलआउट भएको थियो ।

#भारत #ओमान #अमेरात
Build #2612