अंकतालिकाको शीर्षस्थानमा रहेको लुम्बिनी लायन्स र चौथो स्थानको काठमान्डु गोर्खाजबीच आज प्रतिस्पर्धा हुँदैछ । चार खेलमा तीन जित र एक बराबरी खेलेको लुम्बिनी ७ अंकसहित शीर्षमा छ भने काठमान्डुले तीन खेलबाट ४ अंक जोडेको छ । लुम्बिनी आफ्नो अग्रता बलियो बनाउन र काठमान्डु शीर्ष तीनमा उक्लिने लक्ष्यमा मैदान उत्रँदैछन् ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा हुने यस खेलमा विजय हात पारेमा लुम्बिनीले शीर्षस्थानमा आफ्नो पकड मजबुत बनाउँदै प्लेअफमा स्थान पक्का गर्नेछ । लुम्बिनी चार खेलमा ७ अंकसहित शीर्षस्थानमा रहेको छ ।
नेपाल प्रिमियर लिग क्रिकेटमा शनिबारको एकमात्र खेल लुम्बिनी लायन्स र काठमान्डु गोर्खाज बीच हुनेछ । खेल साँझ ५ बजे हुनेछ । लुम्बिनी लायन्सको यो पाँचौं र काठमान्डुको चौथो खेल हो ।