Trending
Prev Story
Next Story

काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा, तीनै सिजन प्लेअफमा पुग्ने एकमात्रै टाेली

Arthasansar •
November 13, 2026 • 11:04 AM
1
1 reads 0 reactions

कप्तान दीपेन्द्र सिंह ऐरीको अर्धशतक अनी बलरहरुको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्मिच रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजलाई पराजित गर्दै...

काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा, तीनै सिजन प्लेअफमा पुग्ने एकमात्रै टाेली

कप्तान दीपेन्द्र सिंह ऐरीको अर्धशतक अनी बलरहरुको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्मिच रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजलाई पराजित गर्दै प्लेअफमा स्थान पक्का गरेको छ ।

सुदूरपश्चिमले लिग चरणको आफ्नो अन्तिम खेलमा काठमान्डुमाथि ७ रनको रोमाञ्चक जित हासिल गरेको हो । सुदूरपश्चिम रोयल्सले दिएको १२६ रनको लक्ष्य पछ्याएको काठमान्डु गोर्खाजले पूरै २० ओभर खेल्दा ७ विकेट गुमाएर ११८ रन मात्र बनाउन सक्यो । सुदूरपश्चिमले पछिल्ला दुई खेलमा लगातार कम स्कोर डिफेन्ड गर्दै शानदार जित हात पारेको हो ।

लिग चरणमा सबै ७ खेल खेलिसकेको सुदूरपश्चिमले ७ खेलबाट १० अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ र शीर्ष दुईमा रहने सम्भावना बलियो बनाएको छ । अब लुम्बिनी लायन्स वा काठमान्डु गोर्खाज मध्ये एक टिम अन्तिम खेलमा पराजित भएमा सुदूरपश्चिम शीर्ष दुईमा रहने पक्का छ ।

उता लगातार चार खेल जितेपछि पहिलो हार बेहोरेको काठमान्डु ६ खेलबाट ८ अंकसहित तेस्रो स्थानमा छ । काठमान्डुले लिगको अन्तिम खेलमा पोखरा एभेन्जर्सँग आइतबार खेल्नेछ र उक्त खेल जित्दै शीर्ष दुईमा रहेर पहिलो क्वालिफायर खेल्ने अवसर अझै कायम छ । काठमान्डुका लागि रासिद खानले अविजित रहँदै सर्वाधिक ३५ रन बनाए । उनले ३१ बल खेल्दै ५ चौका प्रहार गर्दै । दुसान हेमन्थाले २१ रन जोडे ।

४८ रनमा ५ विकेट अवस्थामा रासिद खान र दुसान हेमन्थाले छैटौं विकेटका लागि ३४ रनको साझेदारी गर्दै इनिङ्स सम्हालेका थिए । रासिदले अन्तिमसम्म क्रिजमा रहेरपनि गेम फिनिस गर्न भने सकेनन् । ओपनर साम हिजलेट ११, आदिल आलम ८, सन्तोष यादव १० र कप्तान करण केसी ८ रन बनाएर आउट भए । यस खेलमा ओपनिङ गरेका भिम शार्की र सहान अराचिगेले खाता समेत खोल्न सकेनन् ।

१२५ रन डिफेण्ड गर्ने क्रममा सुदूरपश्चिमका अनिल खरेलले २ तथा स्कट कुगेलेइन, हेमन्त धामी र फाबियन एलनले १–१ विकेट लिए । त्यसअघि कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले कप्तान दीपेन्द्र सिंह ऐरीको अर्धशतक मदतमा निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२५ रन बनाएको हो । दीपेन्द्रले सर्वाधिक ६० रन बनाए । थरिन्दु रत्नायकेले अविजित २६ र आरिफ शेखले १६ रन योगदान गरे ।

८ रनमै ४ विकेट गुमाएको सुदूरपश्चिमको इनिङ्स कप्तान दीपेन्द्रले सम्हालेका थिए । दोस्रो ओभरमा क्रिजमा पुगेका दीपेन्द्रले अन्तिम ओभरमा आउट हुनुअघि ५५ बलमा ५ चौका र २ छक्का मदतमा ६० रन जोडे । जारी एनपीएलमा दीपेन्द्रको यो दोस्रो अर्धशतक हो । उनले यसअघि पोखरा एभेन्जर्स विरुद्ध अविजित ५१ रन बनाएका थिए । उनी दुई अर्धशतक प्रहार गर्ने दोस्रो खेलाडी हुन् । यसअघि काठमान्डुका रासिद खानले पनि दुई अर्धशतक प्रहार गरिसकेका छन् ।

दीपेन्द्रले पाँचौ विकेटका लागि आरिफ शेखसँग ५४ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । आरिफले २५ बल खेल्दै १ चौका मदतमा १६ रन बनाए । यस्तै दीपेन्द्रले थरिन्दु रत्नायकेसँग छैटौं विकेटका लागि पनि ५४ रनको साझेदारी गरे । थरिन्दुले २३ बल खेल्दै ३ चौका मदतमा अविजित २६ रन बनाए । काठमान्डुका लागि बलिङमा जहानदाद खानले ४ ओभरमा १ मेडन राख्दै २२ रन खर्चेर ३ विकेट लिए । यस्तै सन्तोष यादवले ३ ओभरमा १६ रन खर्चेर २ विकेट लिए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
5h ago
लो स्कोरिङ खेलमा काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा

लो स्कोरिङ खेलमा काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा

२७ कात्तिक, काठमाडौं । कप्तान दीपेन्द्र सिंह ऐरीको अर्धशतक अनी बलरहरुको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्मिच रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजलाई पराजित गर्दै प्लेअफमा स्थान पक्का गरेको छ । सुदूरपश्चिमले लिग चरणको आफ्नो अन्तिम खेलमा …

#एनपीएल #प्रिमियर-लिग #सुदूरपश्चिम
Compare →
Hamro Patro News
6h ago
काठमान्डुलाई हराउँदै सुदूरपश्चिम एनपीएलको प्लेअफमा

काठमान्डुलाई हराउँदै सुदूरपश्चिम एनपीएलको प्लेअफमा

काठमाडौं । सुदूरपश्चिम रोयल्स तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा प्रवेश गरेको छ । भर्खरै सम्पन्न खेलमा काठमान्डु गोर्खाजलाई ७ रनले हराउँदै सुदूरपश्चिमले प्लेअफको टिकट काटेको ...

#एनपीएल #प्रिमियर-लिग #सुदूरपश्चिम
Compare →
Ekantipur
5h ago
काठमान्डुमाथिको रोमाञ्चक विजयले सुदूरपश्चिम क्वालिफायर नजिक

काठमान्डुमाथिको रोमाञ्चक विजयले सुदूरपश्चिम क्वालिफायर नजिक

सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा शुक्रबार काठमान्डु गोर्खाजमाथी ७ रनको रोमाञ्चक विजय हात पारेको छ । पहिलो ३ मध्येको २ खेल हारेको सुदूरपश्चिमले त्यसपछिको सबै चार खेल जितेर क्वालिफायरलाई दाबेदारी पेस गरेको हो ।

#एनपीएल #प्रिमियर-लिग #सुदूरपश्चिम
Compare →
Nagarik News
5h ago
सुदूरपश्चिम रोयल्स लगातार तेस्रो पटक एनपीएलको प्लेअफमा, सनसनीपूर्ण खेलमा काठमाडौं गोर्खाज पराजित

सुदूरपश्चिम रोयल्स लगातार तेस्रो पटक एनपीएलको प्लेअफमा, सनसनीपूर्ण खेलमा काठमाडौं गोर्खाज पराजित

शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा काठमाडौं गोर्खाजलाई ७ रनले पराजित गर्दै सुदूरपश्चिमले प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको हो।

#एनपीएल #सुदूरपश्चिम #प्लेअफ
Compare →

Related Stories

National (Nepal)
Build #2611