Trending
Prev Story
Next Story

नेपाली क्रिकेटको माहोल र दर्शकको उत्साहबाट प्रभावित वार्नर

Ekantipur •
November 06, 2026 • 04:01 PM
1
1 reads 0 reactions

एनपीएलमा काठमाडौं गोर्खाजबाट खेलिरहेका विश्वकप विजेता वार्नरले पूर्वाधार, व्यावसायिकता र खेलाडी विकासमा रणनीतिक लगानी आवश्यक रहेको बताएका छन् ।

नेपाली क्रिकेटको माहोल र दर्शकको उत्साहबाट प्रभावित वार्नर

एनपीएलमा काठमाडौं गोर्खाजबाट खेलिरहेका विश्वकप विजेता वार्नरले पूर्वाधार, व्यावसायिकता र खेलाडी विकासमा रणनीतिक लगानी आवश्यक रहेको बताएका छन् ।

काठमाडौं — नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्न आएका अस्ट्रेलियाका ब्याटर डेभिड वार्नरले नेपालको क्रिकेट माहोल र दर्शकको उत्साहको प्रशंसा गरेका छन् । उनी काठमान्डु गोर्खाजबाट एनपीएलमा खेल्दै आएका छन् ।

एक्सट्रिम इनर्जी कान्तिपुर म्याक्स स्पोर्टस् समिट २०२६ का अवसरमा वार्नरले नेपालको क्रिकेट स्थिति देखेर आफू प्रभावित भएको जनाए । वार्नरले भने, ‘नेपाल आउन पाउँदा म निकै आभारी छु । यहाँका समर्थकको क्रिकेटप्रतिको माया र उत्साह लोभलाग्दो छ । एनपीएलले विश्वभर आफ्नो छुट्टै पहिचान बनाउँदैछ । यहाँ प्रतियोगिताको गुणस्तर र नेपाली खेलाडीहरूको क्षमता साँच्चै नै राम्रो छ ।’

उनले नेपालमा क्रिकेट पूर्वाधार, व्यावसायिकता र खेलाडीको व्यक्तिगत विकासका लागि रणनीतिक लगानी आवश्यक रहेको बताए । विश्वकप विजेता वार्नर विश्वका अधिकांश लिग खेल्दै आएका छन् र एनपीएल उनको पछिल्लो गन्तव्य हो ।

४० वर्षको उमेरमा पनि उस्तै जोशका साथ क्रिकेट खेलिरहेको बारे वार्नरले भने, ‘क्रिकेट मेरा लागि जागिर नभई रुचि हो र निरन्तरको चाहना हो । कठिन बाल्यकाल र संघर्षका दिनहरूले अहिलेको स्थानसम्म आइपुग्न प्रेरित गरेको छ र सफलताका लागि उमेरभन्दा मिहिनेत र अनुशासन महत्त्वपूर्ण हुन्छ ।’

नेपाली दर्शकहरूको उत्साहलाई ‘इलेक्ट्रिफाइङ’ को संज्ञा दिँदै वार्नरले विश्वका विभिन्न रंगशालामा खेले पनि नेपालको दर्शकको समर्थन फरक रहेको जनाए । उनले नेपाली युवा क्रिकेटरहरूको क्षमताको समेत प्रशंसा गरे । नेपालमा बलियो क्रिकेट पूर्वाधार र एकेडेमीहरूको विकास गर्न सके नेपाली क्रिकेटले टेस्ट राष्ट्रहरूसँग प्रतिस्पर्धा गर्न सक्ने स्तरमा उल्लेखनीय प्रगति गर्ने वार्नरको विश्वास छ ।

आफ्नो अनुभव नयाँ पुस्ताका खेलाडीसँग साट्न पाउँदा खुसी लागेको बताउँदै वार्नरले एनपीएलले नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गरे । उक्त सत्रमा वार्नरसँगै काठमाडौं गोर्खाजबाट खेलिरहेका अमेरिकी विकेटकिपर स्मित पटेल र नेपाली ब्याटर भीम सार्कीले एनपीएलले नेपाली क्रिकेटलाई चिनाइरहेको जनाएका थिए ।

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

अभय बस्नेत कान्तिपुर टेलिभिजनकाे स्पाेर्ट्स ब्युराेमा कार्यरत छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Arthasansar
11h ago
एनपीएल क्रिकेट : टस जितेर काठमान्डु बलिङमा, सुदूरपश्चिम ब्याटिङ गर्दै

एनपीएल क्रिकेट : टस जितेर काठमान्डु बलिङमा, सुदूरपश्चिम ब्याटिङ गर्दै

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत शुक्रबारको पहिलो खेलमा काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच खेल हुँदैछ । काठमान्डुले टस जितेर...

#एनपीएल #क्रिकेट
Compare →
Hamro Patro News
2h ago
एनपीएलमा आज : सुस्त पिचमा रनको खडेरी, जनकपुर–कर्णालीको यात्रा समाप्त

एनपीएलमा आज : सुस्त पिचमा रनको खडेरी, जनकपुर–कर्णालीको यात्रा समाप्त

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत शुक्रबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएका दुई खेलमा ब्याट्सम्यानभन्दा बलर हाबी देखिए । दुवै खेलमा रन बनाउन ब्याट्स...

#एनपीएल #क्रिकेट
Compare →

Related Stories

Sports
Build #2611