ओमानको अल अमेरातमा भारतले टस जितेर पहिले फिल्डिङ रोजेको थियो । विपिन शर्माको कप्तानीमा रहेको नेपाली ४२.३ ओभरमा १ सय २८ रनमा अलआउट भएको थियो ।
काठमाडौँ — एसीसी यू–१९ एसिया कप क्रिकेटमा आज भएको पहिलो खेलमा नेपालले भारतसँग १० विकेटले पराजित गरेको छ ।
ओमानको अल अमेरातमा भारतले टस जितेर पहिले फिल्डिङ रोजेको थियो । विपिन शर्माको कप्तानीमा रहेको नेपाली ४२.३ ओभरमा १ सय २८ रनमा अलआउट भएको थियो । दर्श सोनारले सर्वाधिक ४३ रन, आशिष लुहारले २९ र ओपनर नीरजकुमार यादवले २० रनको योगदान गरेका थिए । दर्शले ९३ बल खेल्दै १ चौका र १ छक्का प्रहार गरेका थिए । आशिषले ४ र नीरजले ३ चौका प्रहार गरे । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
भारतका लागि अर्जुन राजपुत र इशान सूदले समान ३, यश्विर गौडले २ विकेट लिएका थिए । भारतीय यू–१९ टोलीबाट दुई चर्चित खेलाडी वीरेन्द्र सेहवाग र राहुल द्रविडका छोराहरूले पनि खेलेका छन् । वीरेन्द्र सेहवागका छोरा आर्यवीर हुन् भने द्रविडका अन्वय द्रविड हुन् ।
कप्तान लक्ष्य राजचन्दनी र आर्यवीरको ओपनिङ जोडीले नै आवश्यक विजय लक्ष्य पूरा गरेको थियो । लक्ष्यले ५३ र आर्यवीरले ७० रन जोडे । दुवैले ७–७ सात चौका प्रहार गर्दा आर्यवीरले भने ४ चौका प्रहार गरेका थिए । अन्वय भारतीय टोलीमा विकेटकिपर छन् ।
समूह ‘ए’ मा रहेको नेपालले अब २२ कात्तिकमा यूएई र २४ मा पाकिस्तानविरुद्ध समूह चरणको खेल खेल्नेछ । प्रतियोगिता २८ कात्तिकसम्म चल्नेछ ।