नेपाल प्रिमियर लिग (एनपीएल)- ३ मा शनिबार काठमान्डु गोर्खाज र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजे सुरु हुँदैछ । अंकतालिकामा लुम्बिनी पहिलो र काठमान्डु चौथो स्थानमा छन् । शीर्ष स्थानमा रहेको लुम्बिनी आफ्नो वरीयता कायम राख्ने लक्ष्यमा हुनेछ भने काठमान्डु जित निकाल्दै अंकतालिकामा सुधार गर्न चाहन्छ ।
काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल)- ३ मा शनिबार काठमान्डु गोर्खाज र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ । अंकतालिकामा लुम्बिनी पहिलो र काठमान्डु चौथो स्थानमा छन् । शीर्ष स्थानमा रहेको लुम्बिनी आफ्नो वरीयता कायम राख्ने लक्ष्यमा हुनेछ भने काठमान्डु जित निकाल्दै अंकतालिकामा सुधार गर्न चाहन्छ ।
चार खेल खेलेको लुम्बिनीले तीन जित र एक खेलमा अंक बाँडेको छ । पाँच खेलबाट ६ अंक जोडेको सुदूरपश्चिम रोयल्स दोस्रो स्थानमा छ ।
चितवन राइनोज ५ अंकसहित तेस्रो र काठमान्डु गोर्खाज ४ अंकसहित चौथो स्थानमा छन् । काठमान्डुले तीन खेलमध्ये दुईमा जित र एउटामा हार बेहोरेको छ । आज लुम्बिनीविरुद्ध जित निकाल्न सके काठमान्डुलाई शीर्ष तीनमा उक्लिने अवसर हुनेछ ।
जनकपुर बोल्ट्स, कर्णाली याक्स र विराटनगर किंग्स समान ४ अंकसहित पाँचौं, छैटौं र सातौं स्थानमा छन् । चारै खेल हारेको पोखरा एभेन्जर्स अंकविहीन हुँदै पुछारमा छ ।