Trending
Prev Story
Next Story

मेधावीको सेलिब्रेसन शैली : दिल्लीदेखि इंग्लिस काउन्टी क्रिकेटसम्म

Ekantipur •
November 07, 2026 • 09:01 AM
1
1 reads 0 reactions

दिल्लीकी २० वर्षीया लेग स्पिनर मेधावी बिधुरी डीपीएलमा ‘६–७’ शैलीको हातको इसारासहित विकेट सेलिब्रेसन गरेपछि चर्चामा आएकी थिइन् । भारतीय लेग स्पिनर युजवेन्द्र चहलले इंग्ल्यान्डमा काउन्टी च्याम्पियनसिप खेल्ने क्रममा त्यही शैली दोहोर्‍याए ।

मेधावीको सेलिब्रेसन शैली : दिल्लीदेखि इंग्लिस काउन्टी क्रिकेटसम्म

दिल्लीकी २० वर्षीया लेग स्पिनर मेधावी बिधुरी डीपीएलमा ‘६–७’ शैलीको हातको इसारासहित विकेट सेलिब्रेसन गरेपछि चर्चामा आएकी थिइन् । भारतीय लेग स्पिनर युजवेन्द्र चहलले इंग्ल्यान्डमा काउन्टी च्याम्पियनसिप खेल्ने क्रममा त्यही शैली दोहोर्‍याए ।

काठमाडौँ — दिल्लीकी एक युवा क्रिकेटरले अगस्टमा विकेट लिएपछि गरेको सेलिब्रेसनले घरेलु क्रिकेटको एउटा प्रतियोगिताबाट बाहिरसमेत चर्चा पायो । भारतीय लेग स्पिनर युजवेन्द्र चहलले इंग्ल्यान्डमा काउन्टी च्याम्पियनसिप खेल्ने क्रममा त्यही शैली दोहोर्‍याएपछि उनको सेलिब्रेसनले अझ व्यापक ध्यान खिच्यो ।

दिल्लीकी २० वर्षीया लेग स्पिनर मेधावी बिधुरी महिला दिल्ली प्रिमियर लिग (डीपीएल) २०२६ मा ‘६–७’ शैलीको हातको इसारासहित विकेट सेलिब्रेसन गरेपछि चर्चामा आएकी थिइन् । अगस्ट २० मा प्रतियोगिताको उद्घाटन खेलमा सेन्ट्रल दिल्ली क्विन्सबाट खेल्दै उनले साउथ दिल्ली सुपरस्टार्जकी ब्याटर निशिका सिंहलाई आउट गरेपछि उक्त सेलिब्रेसन गरेकी थिइन् ।

खेलको १६औँ ओभरमा सिंहलाई अरुशी गोयलले मिडविकेटमा क्याच गरेकी थिइन् । त्यसपछि बिधुरीले दुवै हातलाई माथि र तल गर्दै अहिले चर्चित बनेको इसारा गरिन् । उनले ४ ओभरमा २४ रन खर्चेर दुई विकेट लिइन् । तर, उनको टोली सेन्ट्रल दिल्ली क्विन्स २९ रनले पराजित भयो ।

यो सेलिब्रेसन पछाडि एउटा व्यक्तिगत कथा पनि थियो । बिधुरीले सुरुमा जर्सी नम्बर १२ रोज्न चाहेकी थिइन् । तर, उक्त नम्बर अरू खेलाडीले लिइसकेका थिए । त्यसपछि उनकी कान्छी बहिनीले ६७ नम्बर रोज्न र अहिले चर्चामा रहेको ‘६–७’ ट्रेन्डलाई आफ्नो विकेट सेलिब्रेसन बनाउन सुझाव दिएकी थिइन् ।

खेलपछि द टाइम्स अफ इन्डिया सँग कुरा गर्दै बिधुरीले आफ्नी बहिनीले नै यस्तो सेलिब्रेसन अपनाउन प्रेरित गरेको बताएकी थिइन् ।

'अहिले यो ‘सिक्स–सेभेन’ अलि ट्रेन्डमा छ । मेरो कान्छी बहिनी, जो मेरा लागि दाइजस्तै छिन्, उनले मलाई ६७ नम्बरको जर्सी लगाउन र यही शैलीलाई आफ्नो सेलिब्रेसन बनाउन भनिन्,' उनले भनेकी थिइन् ।

बिधुरीको सेलिब्रेसन त्यसपछि दिल्ली प्रिमियर लिगमा मात्र सीमित रहेन । एनडीटीभी का अनुसार इंग्ल्यान्डको म्यानचेस्टरस्थित ओल्ड ट्राफोर्डमा नर्थह्याम्पटनसायरबाट लंकासायरविरुद्ध काउन्टी च्याम्पियनसिप खेल्ने क्रममा चहलले पनि त्यही इसारा दोहोर्‍याएका थिए । लंकासायरका ब्याटर जो मोर्सलाई आउट गरेपछि उनले उक्त सेलिब्रेसन गरेका थिए । अगस्ट २० देखि २३ सम्म चलेको खेलमा नर्थह्याम्पटनसायर ३१६ रनले विजयी भएको थियो ।

सेलिब्रेसनका कारण बिधुरीले व्यापक चर्चा पाए पनि उनी दिल्लीको घरेलु क्रिकेटमा यसअघि नै सम्भावना बोकेकी खेलाडी थिइन् ।

उनले दिल्लीको यू–१९ टोलीबाट खेलिसकेकी छन् र केही वर्षदेखि राज्यको घरेलु क्रिकेट संरचनामा आबद्ध छिन् । सन् २०२५ को दिल्ली प्रिमियर लिगको फाइनलमा साउथ दिल्ली सुपरस्टार्जबाट सेन्ट्रल दिल्ली क्विन्सविरुद्ध खेलेको प्रदर्शन उनको उल्लेखनीयमध्येको एक हो ।

१ सय २१ रनको सामान्य लक्ष्य रक्षा गर्ने क्रममा बिधुरीले तीन ओभरमा २६ रन खर्चेर तीन विकेट लिएकी थिइन् । उनको प्रभावशाली बलिङसँगै साउथ दिल्ली सुपरस्टार्जले फाइनलमा सेन्ट्रल दिल्ली क्विन्सलाई केवल एक रनले हराउँदै उपाधि जितेको थियो ।

उनको प्रदर्शनले महिला प्रिमियर लिग (डब्ल्यूपीएल) मा पनि सम्भावित खेलाडीका रूपमा चर्चा दिलाएको थियो। एनडीटीभीका अनुसार उनी सन् २०२४ को डब्ल्यूपीएल अक्सनका लागि दर्ता भएका खेलाडीमध्ये एक थिइन् ।

बिधुरीले महिला दिल्ली प्रिमियर लिगको २०२६ संस्करणमा सेन्ट्रल दिल्ली क्विन्सबाट खेलेकी थिइन् । अगस्ट २० मा सुरु भएर सेप्टेम्बर २ मा सकिएको प्रतियोगितामा चार टोली सहभागी थिए । उनको टोलीले ६ खेलमध्ये दुईमा जित र चारमा हार बेहोर्दै तेस्रो स्थान हासिल गरेको थियो ।

नर्थ दिल्ली स्ट्राइकर्सले फाइनलमा साउथ दिल्ली सुपरस्टार्जलाई ६ विकेटले हराउँदै उपाधि जित्यो ।

प्रतियोगिता सकिए पनि बिधुरीको सेलिब्रेसन भने त्यसको सबैभन्दा चर्चित क्षणमध्ये एक बनेको छ । दिल्लीको महिला घरेलु क्रिकेट प्रतियोगिताबाट सुरु भएको उनको सेलिब्रेसन इंग्ल्यान्डको काउन्टी क्रिकेटसम्म पुग्दा उनले आफ्नो नियमित क्रिकेट वृत्तभन्दा बाहिर पनि पहिचान बनाएकी छन् ।

तर, बिधुरीका लागि भाइरल बनेको सेलिब्रेसन उनको क्रिकेट यात्राको एउटा पाटो मात्र हो । वर्षौंदेखि प्रतिस्पर्धात्मक क्रिकेटमा देखाउँदै आएको प्रदर्शनले नै उनको सम्भावनालाई पुष्टि गर्छ । सेलिब्रेसनले उनलाई चर्चा दिलाए पनि बलिङमा देखाएको क्षमताले उनीप्रति बढ्दो चासोको आधार तयार गरेको छ । - यो सामग्री विभिन्न अन्तर्राष्ट्रिय समाचार एजेन्जीको सहयोगमा तयार पारिएको हो ।

प्रितम भट्टराई काठमान्डु पोस्टका पत्रकार हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
4d ago
पटका पड्काएपछि दिल्लीमा वायु प्रदूषण खतरनाक स्तरमा

पटका पड्काएपछि दिल्लीमा वायु प्रदूषण खतरनाक स्तरमा

दीपावलीपछि सोमबार बिहान दिल्लीको वायु गुणस्तर खतरनाक अवस्थामा पुगेको छ । आइतबार राति मानिसहरूले ठूलो मात्रामा पटका पड्काएपछि सोमबार बिहान दिल्लीका विभिन्न क्षेत्रमा हुस्सु र धुवाँका कारण दृश्यता (भिजिबिलिटी) समेत निकै कम भएको थियो । केन्द्रीय …

#दिल्ली
Compare →
Bizshala
4d ago
दिल्लीको हावा अति खराब, काठमाण्डौको अवस्था के छ ?

दिल्लीको हावा अति खराब, काठमाण्डौको अवस्था के छ ?

काठमाण्डौ । भारतको राजधानी दिल्लीमा सोमबार बिहान बाक्लो तुवाँलोले कतिपय ठाउँमा नजिकका वस्तुसमेत देख्न कठिन भयो । बिहान...

#दिल्ली
Compare →
Hamro Patro News
5d ago
फैलिँदै तिहार, फेरिँदै शैली

फैलिँदै तिहार, फेरिँदै शैली

फैलिँदै तिहार, फेरिँदै शैली तिहार नेपालबाट विश्वभर फैलिँदै जाँदा यसलाई मनाउने शैली पनि परिवर्तन आएको छ । देउसी–भैलोको मौलिक भाकादेखि चंगा र परम्परागत खेलसम्म फेरिँदै गएको छ । नयाँ पुस्ताले परम्परा...

#शैली
Compare →
Nagarik News
6d ago
वायु प्रदूषण बढेपछि दिल्लीमा नियन्त्रणका कडा उपाय लागू

वायु प्रदूषण बढेपछि दिल्लीमा नियन्त्रणका कडा उपाय लागू

वायु प्रदूषणको स्तर निरन्तर बढ्दै गएपछि गरिएको समीक्षा बैठकले ‘ग्रेडेड रेस्पोन्स एक्सन प्लान’ ९जीआरएपी० को तेस्रो चरणका उपाय कार्यान्वयन गर्ने निर्णय गरेको हो।

#दिल्ली
Compare →

Related Stories

Sports
Build #2611