Trending
Prev Story
Next Story

राज्यका प्रमुख संरचनामा पुनर्संरचना नगरेसम्म देश अघि बढ्दैन : हमाल

Nagarik News •
October 30, 2026 • 05:24 AM
1
1 reads 0 reactions

जेनजी आन्दोलनका अगुवा रवि किरण हमालले राज्यका प्रमुख संरचनामा आमूल सुधार तथा पुनर्संरचना नगरेसम्म मुलुकले निकास पाउन नसक्ने बताएका छन्।

राज्यका प्रमुख संरचनामा पुनर्संरचना नगरेसम्म देश अघि बढ्दैन : हमाल

जेनजी आन्दोलनका अगुवा रवि किरण हमालले राज्यका प्रमुख संरचनामा आमूल सुधार तथा पुनर्संरचना नगरेसम्म मुलुकले निकास पाउन नसक्ने बताएका छन्।

हमालले शासकीय स्वरूप, निर्वाचन प्रणाली, न्यायालय, विश्वविद्यालय, कूटनीतिक संस्था, सुरक्षा निकाय तथा कर्मचारी प्रशासनमा संरचनात्मक सुधार अपरिहार्य रहेको बताएका हुन्।

जेनजी आन्दोलनलगत्तैदेखि आफूहरूले राज्यका यी महत्वपूर्ण संरचनाको पुनर्संरचना गर्नुपर्ने विषय निरन्तर उठाउँदै आएको उल्लेख गर्दै उनले विद्यमान प्रणालीलाई सामान्य टालटुल गरेर देशलाई अगाडि बढाउन नसकिने धारणा राखेका छन्।

उनले २०८२ भदौ २४ गते तत्कालीन राज्य संयन्त्र पूर्ण रूपमा ध्वस्त भएको टिप्पणी गर्दै राष्ट्रपतिदेखि सुरक्षाकर्मीका जवानसम्मले आत्मसमर्पण गर्नुपर्ने अवस्था सिर्जना भएको बताएका छन्।

त्यसपछि फागुन २१ गते सम्पन्न मध्यावधि निर्वाचनले मात्रै राजनीतिक तथा शासकीय संकटको समाधान दिन्छ भन्ने सोचका आधारमा भित्रैदेखि सडेर कमजोर भइसकेको राज्य प्रणालीलाई पुनः टालटुल गरेर अघि बढाउने प्रयास गरिएको उनको भनाइ छ।

'ध्वस्त भइसकेको, भित्रैबाट सडेर गलेको प्रणालीलाई टालटुल गरेर यहाँसम्म ल्याइपुर्‍याउने कुचेष्टा गरियो। अब कतिञ्जेल अगाडि बढ्छ?' हमालले प्रश्न गरेका छन्।

उनले अब मुलुकको भविष्य र राज्य सञ्चालनको दिशाबारे सबै पक्ष गम्भीर बन्नुपर्ने आग्रहसमेत गरेका छन्।

हमालको भनाइले निर्वाचनबाट सरकार परिवर्तन हुनु मात्रै पर्याप्त नभई राज्यका आधारभूत संस्थाहरूको संरचना, कार्यशैली र शासन प्रणालीमै व्यापक सुधार आवश्यक रहेको बहसलाई पुनः सतहमा ल्याएको छ।

प्रकाशित: १३ कार्तिक २०८३ ११:०९ शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
1w ago
रास्वपाकाे  निश्कर्ष :  न्याय क्षेत्रको पुनर्संरचनाका लागि संसदीय प्रक्रिया अगाडि बढाउने

रास्वपाकाे निश्कर्ष : न्याय क्षेत्रको पुनर्संरचनाका लागि संसदीय प्रक्रिया अगाडि बढाउने

काठमाडौ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले न्याय क्षेत्रको पुनर्संरचनाका लागि प्रक्रिया अगाडि बढाउने भएको छ। शनिबार बसेको रास्वपा सचिवालयले बैठकले न्याय क्षेत्रमा देखिएका पछिल्ला विवादको निर...

#पुनर्संरचना #संरचना
Compare →
Onlinekhabar
1w ago
महाकाली सिँचाइ आयोजना : संरचना बने तर नहरमा पानी आएन

महाकाली सिँचाइ आयोजना : संरचना बने तर नहरमा पानी आएन

१५ कात्तिक, कञ्चनपुर । महाकाली सिँचाइ आयोजना तेस्रो चरणबाट पाँच हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधाका उपलब्ध गराउने संरचना तयार छन् । आयोजनाको ब्रह्मदेवदेखि शुक्लाफाँटा नगरपालिकाको फुलेलीसम्म २८ किलोमिटर मूल नहर निर्माण भएको वर्षौँ भइसक्यो । …

#संरचना
Compare →
Bizshala
2w ago
प्रभु महालक्ष्मी लाइफको सेयर संरचना परिवर्तन हुँदै

प्रभु महालक्ष्मी लाइफको सेयर संरचना परिवर्तन हुँदै

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक तथा सर्वसाधारण सेयरधनीको सेयर संरचना परिवर्तन गर्ने...

#संरचना
Compare →
Arthasansar
2w ago
प्रभु महालक्ष्मी लाइफको सेयर संरचना फेरिँदै, संस्थापक र सर्वसाधारणको हिस्सा कति ?

प्रभु महालक्ष्मी लाइफको सेयर संरचना फेरिँदै, संस्थापक र सर्वसाधारणको हिस्सा कति ?

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो सेयर स्वामित्व संरचनामा परिवर्तन गर्ने प्रक्रिया अघि बढाएको छ । कम्पनीले संस्थापक र सर्वसाधारण...

#संरचना
Compare →
Ekantipur
2w ago
राज्यका संवेदनशील अंग विवादमा तानिनु बिडम्बनापूर्ण : भट्टराई

राज्यका संवेदनशील अंग विवादमा तानिनु बिडम्बनापूर्ण : भट्टराई

उनले लोकतन्त्रमा सत्ताको नेतृत्वमा रहनेहरूले समेत विधिको पालना गर्नुपर्ने र सबैलाई एकैपटक निशाना बनाउँदा जोखिम हुने बताए।

#राज्यका
Compare →

Related Stories

World News
Build #2611