Trending
Prev Story
Next Story

शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’ को प्रभाव कम हुने

Nagarik News •
October 30, 2026 • 05:24 AM
1
1 reads 0 reactions

नेपाल मौसम विज्ञान विभागले शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’ को प्रभाव र वर्षाको गतिविधि कम हुँदै जाने जनाएको छ।

शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’ को प्रभाव कम हुने

नेपाल मौसम विज्ञान विभागले शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’ को प्रभाव र वर्षाको गतिविधि कम हुँदै जाने जनाएको छ।

विभागका अनुसार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा हल्का वर्षा भइरहेको छ।

‘शनिबार अपराह्नदेखि भने  यसको प्रभाव क्रमिक रुपमा कम हुने भए तापनि स्थान विशेष मौसमसम्बन्धी सूचनामा अद्यावधिक रहनुहोला’, विभागका मौसमविद् डेभिड ढकालले बताए।

भारतमा शक्तिशाली चक्रवात ‘अर्नब’ बलियो न्यूनचापीय क्षेत्रका रूपमा विकसित भए पनि नेपाल प्रवेश गर्दा कमजोर भएकाले नेपालमा वर्षा, हिमपात तथा हावाहुरीको असर भने सामान्य रहेको विभागले जनाएको छ।

उनका अनुसार आज दिउँसो र राति देशका अधिकांश स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ।

‘आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका अधिकांश स्थानमा बदली रहनेछ। ती प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थानमा भने मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ’, उनले भने।

विभागका अनुसार राति पनि देशका अधिकांश स्थानमा बदली रहनेछ। सो अवधिमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ भने केही स्थानमा भारी वर्षा तथा हिमपात हुनसक्ने पूर्वानुमान गरिएको छ।

विभागका अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै वर्षा काभ्रेपलाञ्चोक जिल्लाको रोशी मौसम मापन केन्द्रमा ५०.२ मिलिमिटर मापन भएको छ।

यस अवधिमा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा सुदूरपश्चिमका एक–दुई स्थानमा हल्का वर्षा भएको विभागले जनाएको छ।

प्रकाशित: १३ कार्तिक २०८३ ११:०९ शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
1w ago
बंगालको खाडीमा नयाँ चक्रवाती आँधीको विकास, नेपालमा कस्तो पर्छ असर ?

बंगालको खाडीमा नयाँ चक्रवाती आँधीको विकास, नेपालमा कस्तो पर्छ असर ?

काठमाडौं । केही दिनको वर्षापछि नेपाली आकाश खुला हुँदै गर्दा बंगालको खाडीमा अर्को वर्षाको प्रणाली विकास भइरहेको छ । उक्त वर्षाको प्रणालीले नेपालमा कस्तो असर गर्छ भन्ने आमचासो बढेको छ ।

#वर्षा #चक्रवात
Compare →
Ekantipur
1w ago
आन्ध्र प्रदेश आइपुग्यो चक्रवात ‘मुरासु, एक लाख ६० हजारलाई सुरक्षित स्थानमा सारियो

आन्ध्र प्रदेश आइपुग्यो चक्रवात ‘मुरासु, एक लाख ६० हजारलाई सुरक्षित स्थानमा सारियो

सोमबार राति १ बजेदेखि तटमा ठोक्किन थालेको चक्रवातले केही घण्टामै आन्ध्र प्रदेशको तटीय क्षेत्र पार गरेको भारतीय मौसम विभागले जनाएको छ ।

#चक्रवात
Compare →

Related Stories

Technology
Build #2611