Trending
Prev Story
Next Story

आन्ध्र प्रदेश आइपुग्यो चक्रवात ‘मुरासु, एक लाख ६० हजारलाई सुरक्षित स्थानमा सारियो

Ekantipur •
November 03, 2026 • 01:02 AM
1
1 reads 0 reactions

सोमबार राति १ बजेदेखि तटमा ठोक्किन थालेको चक्रवातले केही घण्टामै आन्ध्र प्रदेशको तटीय क्षेत्र पार गरेको भारतीय मौसम विभागले जनाएको छ ।

आन्ध्र प्रदेश आइपुग्यो चक्रवात ‘मुरासु, एक लाख ६० हजारलाई सुरक्षित स्थानमा सारियो

सोमबार राति १ बजेदेखि तटमा ठोक्किन थालेको चक्रवातले केही घण्टामै आन्ध्र प्रदेशको तटीय क्षेत्र पार गरेको भारतीय मौसम विभागले जनाएको छ ।

काठमाडौँ — भारतको आन्ध्र प्रदेशको तटमा चक्रवात मुरासुको प्रभाव सुरु भएको छ । सोमबार राति १ बजेदेखि तटमा ठोक्किन थालेको चक्रवातले केही घण्टामै आन्ध्र प्रदेशको तटीय क्षेत्र पार गरेको भारतीय मौसम विभागले जनाएको छ ।

चक्रवात नेल्लोर र नरसापुरबीचको तटीय क्षेत्रमा प्रवेश गरेको हो । त्यस क्रममा आन्ध्र प्रदेशका तटीय क्षेत्रमा प्रतिघण्टा १०० देखि ११० किलोमिटरको गतिमा हावा चलेको छ ।

चक्रवातको प्रभावका कारण आन्ध्र प्रदेशका तीन विमानस्थलबाट हुने १९ उडान रद्द गरिएका छन् । त्यस्तै, चेन्नई विमानस्थलबाट पनि ११ उडान रद्द गरिएको छ ।

चक्रवातबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि पाँच राज्यमा राष्ट्रिय विपद् प्रतिकार्य बल (एनडीआरएफ) का ३७ टोली परिचालन गरिएको छ । तीमध्ये १३ टोली आन्ध्र प्रदेशमा खटिएका छन् ।

यसैबीच, ओडिसा सरकारले गञ्जाम, गजपति, रायगडा, कोरापुट र मलकानगिरी जिल्लाका १ लाख ६० हजार मानिसलाई सुरक्षित स्थानमा सारेको छ ।

चक्रवातको प्रभाव मध्यप्रदेश, छत्तीसगढ, केरल, तेलंगाना, कर्नाटक र महाराष्ट्रमा समेत पर्न सक्ने अनुमान गरिएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1d ago
मन्त्री साह र आन्ध्र प्रदेशका मुख्यमन्त्रीबीच भेटवार्ता

मन्त्री साह र आन्ध्र प्रदेशका मुख्यमन्त्रीबीच भेटवार्ता

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र भारतको आन्ध्र प्रदेशका मुख्यमन्त्री एन चन्द्रबाबु नायडुबीच बिहीबार भारतको विशाखापटनममा शिष्टाचार भेट भएको छ । विशाखापटनममा जारी सिआइआई...

#आन्ध्र
Compare →
Onlinekhabar
1d ago
उद्योगमन्त्री र आन्ध्र प्रदेशका मुख्यमन्त्रीबीच शिष्टाचार भेट

उद्योगमन्त्री र आन्ध्र प्रदेशका मुख्यमन्त्रीबीच शिष्टाचार भेट

२६ कात्तिक, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र भारतको आन्ध्र प्रदेशका मुख्यमन्त्री एन चन्द्रबाबु नायडुबीच शिष्टाचार भेटवार्ता भएको छ । भारतको विशाखापटनममा जारी सिआइआईको ३१औँ साझेदारी सम्मेलनमा सहभागी हुन पुगेका मन्त्री यादवले बिहीबार …

#आन्ध्र
Compare →
Nagarik News
1d ago
मन्त्री साह र आन्ध्र प्रदेशका मुख्यमन्त्री नायडुबीच भेट

मन्त्री साह र आन्ध्र प्रदेशका मुख्यमन्त्री नायडुबीच भेट

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र भारतको आन्ध्र प्रदेशका मुख्यमन्त्री एन चन्द्रबाबु नायडुबीच आज भारतको विशाखापटनममा शिष्टाचार भेट भएको छ।

#आन्ध्र
Compare →

Related Stories

World News
Build #2611