शनिबार र आइतबार नियमित बिदा भएकाले सोमबार पनि बिदा दिँदा टाढाबाट उपचारका लागि आउने बिरामीको स्वास्थ्य सेवा प्रभावित हुने भएकाले सेवा सञ्चालन गर्ने निर्णय गरिएको प्रतिष्ठानका रजिष्ट्रार प्रा. श्याम लम्सालले बताए ।
काठमाडौँ — सरकारले छठ पर्वको अवसरमा सोमबार सार्वजनिक बिदा घोषणा गरे पनि घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पताल सेवा भने सञ्चालन हुने भएको छ ।
प्रतिष्ठानको सिनेटबाट स्वीकृत वार्षिक बिदा तालिकामा उक्त दिन बिदा नरहेकाले अस्पतालबाट सेवा प्रवाह हुने प्रतिष्ठानले जनाएको छ ।
शनिबार र आइतबार नियमित बिदा भएकाले सोमबार पनि बिदा दिँदा टाढाबाट उपचारका लागि आउने बिरामीको स्वास्थ्य सेवा प्रभावित हुने भएकाले सेवा सञ्चालन गर्ने निर्णय गरिएको प्रतिष्ठानका रजिष्ट्रार प्रा. श्याम लम्सालले बताए ।
दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।