Trending
Prev Story
Next Story

सोमबार पनि छठको सार्वजनिक बिदा

Nagarik News •
November 13, 2026 • 08:57 AM
1
1 reads 0 reactions

छठ पर्वको मुख्य दिन आइतबार सार्वजनिक बिदा दिइसकेको सरकारले उदाउँदो सूर्यलाई अर्घ्य दिने परम्परालाई मध्यनजर गर्दै सोमबारसमेत बिदा दिने निर्णय गरेको हो।

1 / 2
Swipe Photos

सरकारले छठ पर्वको भोलिपल्ट सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। छठ पर्वको मुख्य दिन आइतबार सार्वजनिक बिदा दिइसकेको सरकारले उदाउँदो सूर्यलाई अर्घ्य दिने परम्परालाई मध्यनजर गर्दै सोमबारसमेत बिदा दिने निर्णय गरेको हो।

गृह मन्त्रालयले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै २०८३ कात्तिक ३० गते सोमबार पनि सार्वजनिक बिदा हुने जनाएको छ।

मन्त्रालयका अनुसार यस वर्ष छठ पर्व कात्तिक २९ गते आइतबार परेको छ। छठ पर्वमा पहिलो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिने र त्यसको भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर पर्व समापन गर्ने परम्परा छ।

सोही परम्पराअनुसार छठ पर्वको भोलिपल्ट पनि सार्वजनिक बिदा दिने निर्णय गरिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेद्वारा जारी सूचनामा सोमबार पनि सार्वजनिक बिदा हुने भएकाले सम्बन्धित सबैलाई जानकारी गराइएको छ।

प्रकाशित: २७ कार्तिक २०८३ १४:४२ शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
8h ago
सोमबार सार्वजनिक बिदा

सोमबार सार्वजनिक बिदा

२७ कात्तिक, काठमाडौं । सरकारले आगामी सोमबार (३० कात्तिक)मा पनि सार्वजनिक बिदा दिने घोषणा गरेको छ । सरकारले छठ पर्वको अवसरमा बिदा दिएको हो। आइतबार अस्ताउँदो सूर्यलाई अर्घ दिएर छठपर्व मनाइसकेपछि सोमबार बिहान उदाउँदो सूर्यको पूजा …

#पर्व #दिने #सूर्य
Compare →
Arthasansar
7h ago
सोमबार पनि सार्वजनिक बिदा

सोमबार पनि सार्वजनिक बिदा

सरकारले आगामी सोमबार (३० कात्तिक)मा पनि सार्वजनिक बिदा दिने घोषणा गरेको छ । सरकारले छठ पर्वको अवसरमा बिदा दिएको हो। आइतबार...

#पर्व #दिने #सोमबार
Compare →
Hamro Patro News
7h ago
छठ पर्वको भोलिपल्ट सोमबार पनि सार्वजनिक बिदा

छठ पर्वको भोलिपल्ट सोमबार पनि सार्वजनिक बिदा

काठमाडौं । सरकारले छठ पर्वको अवसरमा सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै कात्तिक ३० गते सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दि...

#पर्व #दिने #सोमबार
Compare →
Ekantipur
8h ago
छठको अवसरमा सोमबार पनि सार्वजनिक बिदा

छठको अवसरमा सोमबार पनि सार्वजनिक बिदा

गृह मन्त्रालयले सूचना जारी गर्दै कात्तिक ३० गते सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरिएको जनाएको छ ।

#दिने #सोमबार #छठको
Compare →
Bizshala
7h ago
सरकारले दियो सोमबारपनि सार्वजनिक बिदा

सरकारले दियो सोमबारपनि सार्वजनिक बिदा

काठमाण्डौ । सरकारले छठ पर्वका अवसरमा थप एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। यसअघि कात्तिक २९ गते आइतबार...

#पर्व #दिने #सोमबार
Compare →

Related Stories

Technology
Build #2611