Trending
Prev Story
Next Story

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा असोजमा मात्रै मुटुका सातवटा जटिल अप्रेसन

Ekantipur •
November 13, 2026 • 07:02 AM
1
1 reads 0 reactions

चालु आर्थिक वर्षको असोजमा १ सय ९७ जना बिरामीले मुटुरोगसम्बन्धी विशेषज्ञ सेवा प्राप्त गरेका थिए । तीमध्ये १ सय ९० जनाले ओपीडीमार्फत सेवा लिएका छन् भने सात जनाको अप्रेसन भएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा असोजमा मात्रै मुटुका सातवटा जटिल अप्रेसन

चालु आर्थिक वर्षको असोजमा १ सय ९७ जना बिरामीले मुटुरोगसम्बन्धी विशेषज्ञ सेवा प्राप्त गरेका थिए । तीमध्ये १ सय ९० जनाले ओपीडीमार्फत सेवा लिएका छन् भने सात जनाको अप्रेसन भएको छ ।

दाङ — घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा असोजमा मात्रै मुटुका सातवटा जटिल अप्रेसन भएका छन् ।

चालु आर्थिक वर्षको असोजमा १ सय ९७ जना बिरामीले मुटुरोगसम्बन्धी विशेषज्ञ सेवा प्राप्त गरेका थिए । तीमध्ये १ सय ९० जनाले ओपीडीमार्फत सेवा लिएका छन् भने सात जनाको अप्रेसन भएको छ ।

प्रतिष्ठानमा मुटुको कोरोनरी एन्जियोग्राफी र एन्जियोप्लास्टी सेवा सुरु भएपछि मुटुरोगको विशेषज्ञ उपचार सेवा प्रभावकारी बन्दै गएको हो । यसअघि जिल्लामा मुटुरोगको उपचार सेवा थिएन । प्रतिष्ठानमा गत वर्ष सेवा सुरु भएपछि बिरामीले सहज रूपमा उपचार पाउन थालेका हुन् । यसअघि मुटुको उपचारका लागि यस क्षेत्रका बिरामी नेपालगन्ज, बुटवल, काठमाडौं र भारत जानुपर्ने बाध्यता थियो ।

यस सेवाका लागि फिजिसियन तथा मुटुरोग विशेषज्ञ डा. दिनेश उप्रेतीको नेतृत्वमा विशेषज्ञ टोली कार्यरत छ । मुटुरोगको उपचारका लागि प्रतिष्ठानमा विशेषज्ञ डाक्टरका साथै क्याथ ल्याबसहित आवश्यक महत्त्वपूर्ण उपकरणहरू उपलब्ध छन् ।

मुटुरोगको उपचार सेवालाई थप सहज बनाउन प्रतिष्ठानले विपन्न नागरिक औषधि उपचार कोषमा सूचीकृत हुन निवेदन पठाएको छ । सूचीकृत भएपछि बिरामीले प्रतिष्ठानबाटै थप सहुलियत प्राप्त गर्ने प्रतिष्ठानका रजिस्ट्रार प्रा. श्याम लम्सालले बताए । मुटुरोगसम्बन्धी उपचारदेखि अप्रेसनसम्मको सेवा विस्तार प्रतिष्ठानको महत्त्वपूर्ण उपलब्धि रहेको लम्सालले बताए ।

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
4d ago
राप्ती प्रतिष्ठानको ईएचएस सेवा प्रभावकारी बन्दै, एक महिनामा ४४१ जनाले लिए विशेषज्ञ सेवा

राप्ती प्रतिष्ठानको ईएचएस सेवा प्रभावकारी बन्दै, एक महिनामा ४४१ जनाले लिए विशेषज्ञ सेवा

रूपन्देही । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भइरहेको अतिरिक्त स्वास्थ्य सेवा (ईएचएस) प्रभावकारी बन्दै गएको छ । विशेषज्ञ चिकित्सकबाट सेवा लिन पाउने, आफूले चाहेको चिकित्सक छनोट गर...

#प्रतिष्ठान #राप्ती
Compare →
Nagarik News
3d ago
तनहुँमा स्क्रब टाइफसको प्रकोप: असोजमै भेटिए १५५ बिरामी, आँबुखैरेनी उच्च जोखिममा

तनहुँमा स्क्रब टाइफसको प्रकोप: असोजमै भेटिए १५५ बिरामी, आँबुखैरेनी उच्च जोखिममा

तनहुँमा किर्नाको टोकाइबाट सर्ने जीवाणुजन्य रोग ‘स्क्रब टाइफस’ को संक्रमण तीव्र रूपमा फैलिएको छ। चालु आर्थिक वर्षको असोज महिनामा मात्रै जिल्लाका सात स्थानीय तहमा १५५ जनामा स्क्रब टाइफस पुष्टि भएको छ।

#असोज
Compare →
Onlinekhabar
1w ago
महिलाको अस्तित्व भाँचिएको कुशको टुक्रा मात्रै हो ?

महिलाको अस्तित्व भाँचिएको कुशको टुक्रा मात्रै हो ?

गत कात्तिक ९ गते खेमलाल–हरिकला समाज कल्याण प्रतिष्ठानले काठमाडौँको धुम्बाराहीस्थित रमादा होटेलमा २०८२ सालको पद्मश्री गौरव पुरस्कार प्रा. डा. जयराज आचार्यलाई, पद्मश्री साधना सम्मान कृष्ण धरावासीलाई र पद्मश्री साहित्य पुरस्कार श्रवण मुकारुङलाई कृति ‘सलह’ का …

#प्रतिष्ठान #मात्रै
Compare →
Arthasansar
1w ago
असोजसम्म जीवन बीमाको व्यवसाय : साढे ५७ अर्ब बीमाशुल्क संकलन हुँदा कुन कम्पनीको कति ?

असोजसम्म जीवन बीमाको व्यवसाय : साढे ५७ अर्ब बीमाशुल्क संकलन हुँदा कुन कम्पनीको कति ?

चालु आर्थिक वर्षको असोज मसान्तसम्मको अवधिमा जीवन बीमा कम्पनीकोहरुको व्यवसाय साढे ५७ अर्ब पुगेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक...

#असोज
Compare →

Related Stories

Health & Wellness
Build #2611