Trending
Prev Story
Next Story

तनहुँमा स्क्रब टाइफसको प्रकोप: असोजमै भेटिए १५५ बिरामी, आँबुखैरेनी उच्च जोखिममा

Nagarik News •
November 10, 2026 • 04:30 PM
1
1 reads 0 reactions

तनहुँमा किर्नाको टोकाइबाट सर्ने जीवाणुजन्य रोग ‘स्क्रब टाइफस’ को संक्रमण तीव्र रूपमा फैलिएको छ। चालु आर्थिक वर्षको असोज महिनामा मात्रै जिल्लाका सात स्थानीय तहमा १५५ जनामा स्क्रब टाइफस पुष्टि भएको छ।

तनहुँमा स्क्रब टाइफसको प्रकोप: असोजमै भेटिए १५५ बिरामी, आँबुखैरेनी उच्च जोखिममा

तनहुँमा किर्नाको टोकाइबाट सर्ने जीवाणुजन्य रोग ‘स्क्रब टाइफस’ को संक्रमण तीव्र रूपमा फैलिएको छ। चालु आर्थिक वर्षको असोज महिनामा मात्रै जिल्लाका सात स्थानीय तहमा १५५ जनामा स्क्रब टाइफस पुष्टि भएको छ।

प्रदेश जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी सुदीप कँडेलका अनुसार कुल संक्रमितमध्ये झन्डै एकतिहाइ आँबुखैरेनी गाउँपालिकामा फेला परेका छन्। आँबुखैरेनीमा मात्रै कुल संक्रमितको करिब ३४.८ प्रतिशत अर्थात् ५४ जनामा संक्रमण देखिएको हो।

त्यसैगरी बन्दीपुर गाउँपालिका र व्यास नगरपालिकामा समान ३४-३४ जनामा संक्रमण पुष्टि भएको छ।

भिमाद नगरपालिकामा २३ जना, शुक्लागण्डकी नगरपालिकामा सात, म्याग्दे गाउँपालिकामा दुई र भानु नगरपालिकामा एक जनामा संक्रमण देखिएको सूचना अधिकारी कँडेलले जानकारी दिए।

स्क्रब टाइफस जीवाणुजन्य संक्रामक रोग भएकाले खेतबारी, झाडी, घाँस तथा झारपात भएको क्षेत्रमा काम गर्ने व्यक्तिहरू यसको उच्च जोखिममा रहने कँडेलले बताए।

स्क्रब टाइफस हुँदा सामान्यतया ज्वरो आउने, टाउको र मांसपेशी दुख्ने, अत्यधिक थकान महसुस हुने र शरीरमा दाना देखिने जस्ता लक्षण देखा पर्छन्। कतिपय बिरामीमा खोकी, वाकवाकी, बान्ता वा पेट दुख्ने समस्या पनि हुन सक्छ।

समयमै पहिचान र उपचार नभए संक्रमणले फोक्सो, मिर्गौला र मस्तिष्कलगायत शरीरका महत्त्वपूर्ण अंगहरूमा गम्भीर क्षति पुर्‍याउने चेतावनी स्वास्थ्यकर्मीहरूले दिएका छन्।

यसबाट बच्न खेतबारी वा झाडीमा काम गर्दा पूरा शरीर ढाक्ने कपडा लगाउन, जुत्ता र मोजा प्रयोग गर्न तथा काम सकेपछि शरीर र कपडा जाँच गर्न सुझाव दिइएको छ।

घरवरपर झाडी र अनावश्यक घाँसपात हटाएर वातावरण सफा राख्नसमेत कार्यालयले आग्रह गरेको छ।

प्रकाशित: २४ कार्तिक २०८३ २२:१५ मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
3d ago
तनहुँमा स्क्रब टाइफसको प्रकोप: असोजमै भेटिए १५५ बिरामी, आँबुखैरेनी उच्च जोखिममा

तनहुँमा स्क्रब टाइफसको प्रकोप: असोजमै भेटिए १५५ बिरामी, आँबुखैरेनी उच्च जोखिममा

तनहुँमा किर्नाको टोकाइबाट सर्ने जीवाणुजन्य रोग ‘स्क्रब टाइफस’ को संक्रमण तीव्र रूपमा फैलिएको छ। चालु आर्थिक वर्षको असोज महिनामा मात्रै जिल्लाका सात स्थानीय तहमा १५५ जनामा स्क्रब टाइफस पुष्टि भएको छ...

#स्क्रब #टाइफस #तनहुँ
Compare →
Ekantipur
1w ago
सल्यानमा महामारीका रूपमा फैलिएको स्क्रब टाइफस संक्रमण घट्दै, जनजीवन सामान्य बन्दै

सल्यानमा महामारीका रूपमा फैलिएको स्क्रब टाइफस संक्रमण घट्दै, जनजीवन सामान्य बन्दै

जिल्लाका ९ पालिकामा फैलिएको संक्रमणबाट ८५५ जना संक्रमित र १० जनाको मृत्यु भए पनि अहिले अवस्था सामान्य बन्दै गएको छ।

#स्क्रब #टाइफस #संक्रमण
Compare →
Bizshala
1w ago
तनहुँ जलविद्युत् आयोजनाको विद्युत्गृह निर्माण ८० प्रतिशत सम्पन्न

तनहुँ जलविद्युत् आयोजनाको विद्युत्गृह निर्माण ८० प्रतिशत सम्पन्न

काठमाडौं । तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको भूमिगत ...

#तनहुँ
Compare →
Onlinekhabar
1w ago
तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

२० कात्तिक, तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको भूमिगत विद्युतगृहसहितका प्रमुख संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाको प्याकेज–२ अन्तर्गत विद्युतगृह, सुरुङ तथा सम्बन्धित उपकरण जडानको …

#तनहुँ
Compare →
Arthasansar
1w ago
असोजसम्म जीवन बीमाको व्यवसाय : साढे ५७ अर्ब बीमाशुल्क संकलन हुँदा कुन कम्पनीको कति ?

असोजसम्म जीवन बीमाको व्यवसाय : साढे ५७ अर्ब बीमाशुल्क संकलन हुँदा कुन कम्पनीको कति ?

चालु आर्थिक वर्षको असोज मसान्तसम्मको अवधिमा जीवन बीमा कम्पनीकोहरुको व्यवसाय साढे ५७ अर्ब पुगेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक...

#असोज
Compare →

Related Stories

Health & Wellness
Build #2611