तनहुँमा किर्नाको टोकाइबाट सर्ने जीवाणुजन्य रोग ‘स्क्रब टाइफस’ को संक्रमण तीव्र रूपमा फैलिएको छ। चालु आर्थिक वर्षको असोज महिनामा मात्रै जिल्लाका सात स्थानीय तहमा १५५ जनामा स्क्रब टाइफस पुष्टि भएको छ।
प्रदेश जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी सुदीप कँडेलका अनुसार कुल संक्रमितमध्ये झन्डै एकतिहाइ आँबुखैरेनी गाउँपालिकामा फेला परेका छन्। आँबुखैरेनीमा मात्रै कुल संक्रमितको करिब ३४.८ प्रतिशत अर्थात् ५४ जनामा संक्रमण देखिएको हो।
Read full story at source ( nagariknews.nagariknetwork.com )