Trending
Prev Story
Next Story

जेनजी आन्दोलनका बेला फरार भएका मनोज एक वर्षपछि पक्राउ

Nagarik News •
November 10, 2026 • 04:34 PM
1
1 reads 0 reactions

उनको खोजतलास गर्ने क्रममा मंगलबार दिउँसो २:५० बजे बराहक्षेत्र नगरपालिका-२ चतराबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

1 / 2
Swipe Photos

सुनसरीमा जेनजी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार भएका एक प्रतिवादी एक वर्षपछि पक्राउ परेका छन्।

पक्राउ पर्नेमा धनकुटाको सहिदभूमि गाउँपालिका-६ घर भई हाल सुनसरीको बराहक्षेत्र नगरपालिका-२ बस्दै आएका ३३ वर्षीय मनोज परियार छन्।

लागूऔषध गाँजा मुद्दामा पुर्पक्षका लागि कारागार चलान भएका परियार गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार भएका थिए।

उनको खोजतलास गर्ने क्रममा मंगलबार दिउँसो २:५० बजे बराहक्षेत्र नगरपालिका-२ चतराबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।

पक्राउ परेका परियारलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखिएको प्रहरीले जनाएको छ।

प्रकाशित: २४ कार्तिक २०८३ २२:१९ मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
3d ago
जेनजी आन्दोलनका बेला फरार भएका मनोज एक वर्षपछि पक्राउ

जेनजी आन्दोलनका बेला फरार भएका मनोज एक वर्षपछि पक्राउ

सुनसरीमा जेनजी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार भएका एक प्रतिवादी एक वर्षपछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनकुटाको सहिदभूमि गाउँपालिका-६ घर भई हाल सुनसरीको बराहक्षेत्र नगरपालिका-२ बस्दै...

#सुनसरी #जेनजी #आन्दोलन
Compare →
Arthasansar
12h ago
फेरि विद्रोहको तयारीमा प्रचण्ड, ‘जनतालाई मुक्त गर्ने आन्दोलन चाहिएको छ’

फेरि विद्रोहको तयारीमा प्रचण्ड, ‘जनतालाई मुक्त गर्ने आन्दोलन चाहिएको छ’

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू ७३ वर्ष प्रवेश गर्न लागे पनि वैचारिक रूपमा नयाँ विद्रोहको तयारीमा...

#आन्दोलन
Compare →
Onlinekhabar
1d ago
ऋषि धमला भन्छन्- सरकारविरुद्ध आन्दोलनको औचित्य छैन

ऋषि धमला भन्छन्- सरकारविरुद्ध आन्दोलनको औचित्य छैन

२६ कात्तिक, काठमाडौं । स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले अहिले सरकारविरुद्ध आन्दोलन गर्नुको कुनै औचित्य नरहेको बताएका छन् । रिपोर्टर्स क्लब नेपालद्वारा बिहीबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै धमलाले विपक्षी दलहरूले सरकारविरुद्ध आन्दोलन गर्ने तयारी …

#आन्दोलन
Compare →
Ekantipur
1d ago
वीरगन्ज कारागारबाट कैदी फरार

वीरगन्ज कारागारबाट कैदी फरार

कारागारको सुरक्षा घेरा तोड्दै जबर्जस्ती करणी मुद्दाका कैदी सुनील साह फरार भएका हुन् ।

#फरार
Compare →

Related Stories

Technology
Build #2611