Trending
Prev Story
Next Story

दीपेन्द्रसिंह ऐरी भन्छन्- जित्नेमा विश्वास थियो

Ekantipur •
November 13, 2026 • 11:01 AM
1
1 reads 0 reactions

उनले भने, ‘बल घुमिरहेको थियो, त्यसले फाइदा भयो । हामी ब्याटिङ क्रममा सक्दो बढी रन बनाउने पक्षमा थियौं ।’

दीपेन्द्रसिंह ऐरी भन्छन्- जित्नेमा विश्वास थियो

उनले भने, ‘बल घुमिरहेको थियो, त्यसले फाइदा भयो । हामी ब्याटिङ क्रममा सक्दो बढी रन बनाउने पक्षमा थियौं ।’

काठमाडौँ — सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले आफ्नो टिम नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजन प्लेअफमा पुगेमा खुसी व्यक्त गरेका छन् । उनी ‘प्लेयर अफ द म्याच’ समेत भए । उनले भने, ‘बल घुमिरहेको थियो, त्यसले फाइदा भयो । हामी ब्याटिङ क्रममा सक्दो बढी रन बनाउने पक्षमा थियौं ।’

दीपेन्द्रले ५५ बलमा ६० रन बनाए र कम स्कोरको खेलमा यो नै निर्णायक जस्तै रह्यो । सुदूरपश्चिम ७ रनले विजयी बनेको छ । यो जितपछि सुदूरपश्चिम लगातार तेस्रो सिजन प्लेअफ चरणमा पुगेको छ । यसअघिका २ सिजन फाइनल खेलेको सुदूरपश्चिमले ती दुवै अवसरमा क्वालिफायर वान खेलेको थियो ।

यसपटक भने उसको क्वालिफायर वान सम्भावना निश्चित हुन बाँकी छ । काठमान्डुले भने लगभग प्लेअफ खेल्ने निश्चित जस्तै रहेको छ र उसको ८ अंक रहेको छ । काठमान्डुले आफ्नो अन्तिम खेलमा पोखरा एजेन्जर्सको सामना गर्नेछ ।

खेलपछि काठमान्डुका कप्तान करण केसीले भने, ‘हामीले नियमित अन्तरमा विकेट गुमायौं,’ उनले थपे, ‘हाम्रो बलिङ राम्रो रह्यो, त्यहीअनुसारको ब्याटिङ रहेन । हाम्रो एक खेल अझै बाँकी छ र त्यसमा राम्रो प्रदर्शन गर्नु पर्नेछ । फेरि सुदूरपश्चिम राम्रो टिम हो ।’

तस्बिर : हेमन्त श्रेष्ठ , अंगद ढकाल

सुदूरपश्चिमका लागि १८ र २०औं ओभर बलिङ गरेका हेमन्तसिंह धामीले आफ्नो उद्देश्य रन रोक्नु नै रहेको बताए । मिडियासँग कुराकानी गर्ने क्रममा उनले भने, ‘बलरका रूपमा हामी दबाबमा छैनौं जस्तो लाग्छ ।’

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
8h ago
दीपेन्द्रसिंह ऐरीको दोस्रो अर्धशतक पूरा

दीपेन्द्रसिंह ऐरीको दोस्रो अर्धशतक पूरा

काठमाडौं - राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले दोस्रो अर्धशतक प्रहार गर्नुभएको छ। आज काठमाडौं गोर्खाजकाविरूद्ध ४६ बलमा २ ...

#दीपेन्द्रसिंह #ऐरी
Compare →

Related Stories

Sports
Build #2611