Trending
Prev Story
Next Story

नीलम कार्की निहारिकाको उपन्यास ‘राजमाता’लाई कविडाँडा आख्यान पुरस्कार प्रदान

Ekantipur •
November 13, 2026 • 04:32 PM
1
1 reads 0 reactions

कविडाँडा साहित्य समाजले दिएको उक्त पुरस्कारको राशि २ लाख १६० रुपैयाँ रहेको छ ।

नीलम कार्की निहारिकाको उपन्यास ‘राजमाता’लाई कविडाँडा आख्यान पुरस्कार प्रदान

कविडाँडा साहित्य समाजले दिएको उक्त पुरस्कारको राशि २ लाख १६० रुपैयाँ रहेको छ ।

चितवन — नीलम कार्की निहारिकाको उपन्यास ‘राजमाता’ले प्राप्त गरेको २०८२ को ‘कविडाँडा आख्यान पुरस्कार’ शुक्रबार वितरण भएको छ ।

कविडाँडा साहित्य समाजले दिएको उक्त पुरस्कारको राशि २ लाख १६० रुपैयाँ रहेको छ । आख्यान अर्थात् कथा र उपन्यास कृतिका लागि दिइने यो राशिको पुरस्कार नेपालमै सर्वाधिक रहेको कविडाँडा साहित्य समाजका अध्यक्ष एलबी क्षेत्रीको दाबी छ ।

कविडाँडा साहित्य समाजले वर्षभरि प्रकाशन भएका आख्यान कृतिमध्ये उत्कृष्ट छनोट गरेर एउटालाई पुरस्कृत गर्दै आएको अध्यक्ष क्षेत्रीले जानकारी दिए । चितवनको भरतपुरमा २०६० सालमा स्थापना भएको कविडाँडा साहित्य समाजले २०७५ सालदेखि हरेक वर्ष आख्यान पुरस्कार दिँदै आएको छ । गत वर्ष प्रकाशित उत्कृष्ट आख्यानमध्ये ‘राजमाता’लाई पुरस्कृत गर्ने घोषणा असोज ७ गते गरिएको थियो ।

‘हामीले आख्यानका २५/३० कृति प्राप्त गरेका थियौं । तीमध्ये पुरस्कारका लागि छनोटमा परेका १६ कृतिको पहिलो सूची सार्वजनिक गर्‍यौं । अनि आठ हुँदै उत्कृष्ट तीन कृतिको नाम आयो । जसमध्ये राजमातालाई २०८२ सालमा प्रकाशित उत्कृष्ट आख्यान घोषित गर्‍यौं,’ अध्यक्ष क्षेत्रीले भने । समाजले गठन गरेको निर्णायक समितिले अन्य साहित्य पारखीको परामर्शमा यो घोषणा गरेको उनले बताए ।

अध्यक्ष क्षेत्रीले देश समृद्ध हुन साहित्य समृद्ध हुनुपर्ने र समृद्ध साहित्य लेखनलाई प्रोत्साहित गर्न पुरस्कार स्थापना गरेको बताए ।

‘राजमाता’मा राज्य सञ्चालनमा नारीहरू र राजमाताहरूले खेलेको भूमिकालाई ऐतिहासिक तथ्यमा आधारित रहेर कलात्मक तरिकाले प्रस्तुत गरेको क्षेत्रीको भनाइ थियो । उपन्यासमा मातृसत्ताको सन्दर्भमा साहसिक कल्पना रहेको उनले बताए ।

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
3d ago
८१ वर्षको उमेरमा ह्यारिसनले जिते बुकर पुरस्कार, १९८ पृष्ठको उपन्यासले बनायो इतिहास

८१ वर्षको उमेरमा ह्यारिसनले जिते बुकर पुरस्कार, १९८ पृष्ठको उपन्यासले बनायो इतिहास

काठमाडौँ । बेलायती लेखक एम जोन ह्यारिसनले ८१ वर्षको उमेरमा सन् २०२६ को प्रतिष्ठित बुकर पुरस्कार जितेका छन् । उनको उपन्यास ‘द एन्ड अफ एभ्रिथिङ’लाई यस वर्षको बुकर पुरस्कार प्रदान गरिएको हो । यससँगै ...

#पुरस्कार #उपन्यास
Compare →
Nagarik News
3d ago
८१ वर्षमा बुकर पुरस्कार जित्दै एम जोन ह्यारिसन बने सबैभन्दा पाका विजेता

८१ वर्षमा बुकर पुरस्कार जित्दै एम जोन ह्यारिसन बने सबैभन्दा पाका विजेता

८१ वर्षीय ह्यारिसन बुकर पुरस्कारको इतिहासमै यो सम्मान प्राप्त गर्ने सबैभन्दा पाका लेखक बनेका छन्।

#पुरस्कार
Compare →
Onlinekhabar
3d ago
नेपाल संवत्‌ले सामाजिक समानताको दिशामा अघि बढ्न प्रेरणा प्रदान गर्ने राष्ट्रपतिको विश्वास

नेपाल संवत्‌ले सामाजिक समानताको दिशामा अघि बढ्न प्रेरणा प्रदान गर्ने राष्ट्रपतिको विश्वास

२४ कात्तिक, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल संवत् नेपालको मौलिक संवत्‌का रुपमा रहेको बताएका छन् । नेपाल संवत् ११४७ को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै राष्ट्रपतिले लिच्छवी राजा …

#रहे #प्रदान
Compare →

Related Stories

Education & Youth
Build #2611