Trending
Prev Story
Next Story

राज्यका संवेदनशील अंग विवादमा तानिनु बिडम्बनापूर्ण : भट्टराई

Ekantipur •
October 30, 2026 • 05:01 AM
1
1 reads 0 reactions

उनले लोकतन्त्रमा सत्ताको नेतृत्वमा रहनेहरूले समेत विधिको पालना गर्नुपर्ने र सबैलाई एकैपटक निशाना बनाउँदा जोखिम हुने बताए।

राज्यका संवेदनशील अंग विवादमा तानिनु बिडम्बनापूर्ण : भट्टराई

उनले लोकतन्त्रमा सत्ताको नेतृत्वमा रहनेहरूले समेत विधिको पालना गर्नुपर्ने र सबैलाई एकैपटक निशाना बनाउँदा जोखिम हुने बताए।

काठमाडौँ — पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले अदालत, प्रहरी, सेना लगायत राज्यका संवेदनशील अंग नै आचरण र नैतिकतासम्बन्धी विवादमा तानिनु बिडम्बनापूर्ण भएको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले उन्नत लोकतन्त्रमा कोही पनि कानुन र सामाजिक मर्यादाभन्दा माथि हुन नसक्ने बताएका छन् ।

'अदालत, प्रहरी, सेना लगायत राज्यका संवेदनशील अंग र न्याय तथा सुशासनका प्रमुख साधनहरू नै आचरण र नैतिकतासम्बन्धी विषयमा विवादमा तानिनु बिडम्बनापूर्ण छ । उन्नत लोकतन्त्रमा कोही पनि जन्म, पद, पहुँच, धन, शक्तिका आधारमा कानुन र सामाजिक मर्यादाभन्दा माथि हुनसक्दैन,' उनले लेखेका छन् ।

अहिले सुशासन र समृद्धि देशको प्रमुख एजेन्डा बनेको उल्लेख गर्दै भट्टराईले राज्यका विभिन्न अंगमा रहेका विकृति र विसंगति अन्त्य नगरी सुशासन स्थापना गर्न नसकिने बताएका छन् ।

'त्यसमाथि अहिले सुशासन र समृद्धि देशको प्रमुख एजेन्डा बनेको सन्दर्भमा राज्यका विभिन्न अंगमा पलाएका विकृतिविसंगति नष्ट नगरी, फोहरमैला सफा नगरी, 'उपियाँ-उँडुस'बाट मुक्त नभई सुशासन स्थापित गर्न सकिन्न । सुशासनको प्रत्याभूति नगरी समृद्धिको मार्गमा अघि बढ्न सकिन्नँ,' उनले भनेका छन् ।

सबैलाई एकैसाथ निशाना बनाउँदा दोषी उम्कन सक्ने जोखिमतर्फ पनि उनले संकेत गरेका छन् । 'परन्तु सबै 'चरा'माथि एकैसाथ निसाना साध्दा कुनै पनि 'चरा' नमर्ने खतरा हुन्छ! अनि लोकतन्त्रमा विधिको पालना सत्ताको नेतृत्वमा रहनेहरूले पनि गर्नैपर्छ,' भट्टराईले लेखेका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
4d ago
अमेरिकामा हिन्दु समुदायलाई लक्षित गर्दै ‘देश निकाला गर’ भन्दै प्रदर्शन, विवाद चर्कियो

अमेरिकामा हिन्दु समुदायलाई लक्षित गर्दै ‘देश निकाला गर’ भन्दै प्रदर्शन, विवाद चर्कियो

काठमाडौँ : अमेरिकाको सियाटलमा दीपावली उत्सवका क्रममा हिन्दु समुदायलाई लक्षित गर्दै घृणापूर्ण नारा र प्लेकार्ड प्रदर्शन भएपछि विवाद उत्पन्न भएको छ । दक्षिणपन्थी कार्यकर्ता जेक ल्याङ र थोमस एलेनले द...

#विवाद
Compare →
Nagarik News
6d ago
बजेट विवाद नसुल्झिँदै सुदूरपश्चिममा प्रतिपक्षीको घेराबन्दी, बैठक बस्नै सकेन

बजेट विवाद नसुल्झिँदै सुदूरपश्चिममा प्रतिपक्षीको घेराबन्दी, बैठक बस्नै सकेन

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आर्थिक वर्ष २०८३/८४ को बजेट विवादलाई लिएर सुदूरपश्चिम प्रदेशसभा बैठक अवरुद्ध गरेको छ।

#विवाद
Compare →
Bizshala
1d ago
सुदूरपश्चिममा बजेट विवाद चर्कियो, नेकपाभित्रै सरकारको विकल्पबारे बहस

सुदूरपश्चिममा बजेट विवाद चर्कियो, नेकपाभित्रै सरकारको विकल्पबारे बहस

काठमाण्डौ । सुदूरपश्चिम प्रदेशको बजेट पारित भए पनि त्यसले निम्त्याएको विवादले सरकारको नेतृत्व गरिरहेको नेपाली...

#विवाद
Compare →
Onlinekhabar
1d ago
दिवालीमा सैफको पुर्ख्यौली गहना लगाउँदा विवादमा करिना, कांग्रेस नेताले पठाए कानुनी पत्र

दिवालीमा सैफको पुर्ख्यौली गहना लगाउँदा विवादमा करिना, कांग्रेस नेताले पठाए कानुनी पत्र

बलिउड अभिनेत्री करिना कपूर खानले दिवालीमा लगाएको एउटा गहना अहिले विवादित बनेको छ । न त त्यो सामान्य गहना हो, न त यसको इतिहास नै सामान्य छ । ३० क्यारेटको पन्ना जडित उक्त पेन्डेन्टमा पवित्र कुरानको …

#विवाद
Compare →

Related Stories

Politics & Governance
Build #2611