विराटनगर : कोशी प्रदेशमा प्रदेश प्रमुखको पद रिक्त भए पनि नयाँ नियुक्ति हुन सकेको छैन। पाँच बर्से कार्यकाल पूरा गरेर परशुराम खापुङ बिदा भएका हुन्। तर, नयाँ प्रदेश प्रमुख नियुक्त गर्ने वा अर्को प्रदेशका प्रमुखलाई कोशीको समेत जिम्मेवारी दिने भन्ने विषयमा सरकारले र राष्ट्रपतिले कुनै निर्णय गरेका छैनन्।
कात्तिक २४ गतेदेखि प्रदेश प्रमुखविहीन बनेको कोशीमा संवैधानिक जिम्मेवारीको व्यवस्थापनसमेत अन्योलमा परेको छ। प्रदेश प्रमुखको अनुपस्थितिले प्रदेश सरकारको दैनिक प्रशासनिक काममा तत्काल अवरोध नपरे पनि सरकार गठन, प्रदेशसभाको अधिवेशन आह्वान तथा विधेयक प्रमाणीकरणजस्ता महत्वपूर्ण संवैधानिक काममा भने समस्या आउन सक्ने देखिएको छ।
Read full story at source ( annapurnapost.com )