Trending
Prev Story
Next Story

नेपाल र बंगलादेशको एलडिसी स्तरोन्नतिको तयारी अवधि थप

Nagarik News •
October 30, 2026 • 05:32 AM
1
1 reads 0 reactions

महासभाले नेपाल र बंगलादेशलाई अतिकम विकसित मुलुक (एलडिसी) को सूचीबाट स्तरोन्नति गर्ने प्रक्रियाका लागि आवश्यक तयारी अवधि सन् २०२९ नोभेम्बर २४ सम्म थप गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ।

नेपाल र बंगलादेशको एलडिसी स्तरोन्नतिको तयारी अवधि थप

संयुक्त राष्ट्रसङ्घको महासभाले नेपाल र बंगलादेशलाई अतिकम विकसित मुलुक (एलडिसी) को सूचीबाट स्तरोन्नति गर्ने प्रक्रियाका लागि आवश्यक तयारी अवधि सन् २०२९ नोभेम्बर २४ सम्म थप गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ।

संयुक्त राष्ट्रसङ्घको बिहीबारको ८१औँ महासभा बैठकले उक्त निर्णय गरेको हो।

संयुक्त राष्ट्रसङ्घका लागि न्युयोर्कस्थित नेपाली स्थायी नियोगका अनुसार नेपालले अति कम विकसित मुलुकको सूचीबाट स्तरोन्नति हुनुअघि आवश्यक संरचनात्मक तथा संस्थागत सुधारलाई अझ प्रभावकारी रूपमा अघि बढाउन अतिरिक्त समय प्राप्त गरेको छ।

नेपालले यस अवधिमा उत्पादन क्षमता अभिवृद्धि, संस्थागत सुदृढीकरण तथा आर्थिक र सामाजिक रूपान्तरणका लागि उपयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

महासभाबाट प्राप्त अतिरिक्त समयले नेपाललाई अति कम विकसित मुलुकको सूचीबाट सहज, दिगो र अपरिवर्तनीय रूपमा स्तरोन्नति हुने लक्ष्य हासिल गर्न सहयोग पुग्ने विश्वास छ।

प्रकाशित: १३ कार्तिक २०८३ ११:१७ शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
4d ago
बंगलादेश फर्किने तयारीमा शेख हसिना, मागिन् नयाँ राहदानी

बंगलादेश फर्किने तयारीमा शेख हसिना, मागिन् नयाँ राहदानी

काठमाडौं । बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाले भारतमा स्वनिर्वासनमा रहँदै आएकी उनी स्वदेश फर्किन नयाँ राहदानी र परिचयपत्र उपलब्ध गराउन माग गरेकी छन् । उनको यो मागलाई दुई वर्षदेखि भारतमा बस...

#बंगलादेश #तयारी
Compare →
Ekantipur
11h ago
राष्ट्रिय खेलकुदको तयारीमा खोटाङ, बजेट अभावले प्रशिक्षण प्रभावित

राष्ट्रिय खेलकुदको तयारीमा खोटाङ, बजेट अभावले प्रशिक्षण प्रभावित

मङ्सिर ७ गतेदेखि प्रदेश छनोटमा सहभागी हुन कराते, भलिबल, कबड्डी र क्रिकेटका खेलाडी बन्द प्रशिक्षणमा छन्, तर सीमित बजेटले तयारी प्रभावित भएको छ।

#तयारी
Compare →
Bizshala
12h ago
१५ वर्षपछि कमला पुल खुलाउने तयारी, मंसिर पहिलो सातादेखि सवारी चलाउने लक्ष्य

१५ वर्षपछि कमला पुल खुलाउने तयारी, मंसिर पहिलो सातादेखि सवारी चलाउने लक्ष्य

काठमाण्डौ । धनुषा र सिरहा जोड्ने कमला नदीमाथिको पुलमा करिब १५ वर्षको प्रतीक्षापछि सवारीसाधन सञ्चालन गर्ने तयारी भएको...

#तयारी
Compare →
Arthasansar
14h ago
तलबवृद्धिको माग गर्दै बंगलादेशमा १०० भन्दा बढी कपडा उद्योग बन्द

तलबवृद्धिको माग गर्दै बंगलादेशमा १०० भन्दा बढी कपडा उद्योग बन्द

न्यूनतम पारिश्रमिक बढाउनुपर्ने माग गर्दै बंगलादेशका कपडा उद्योगका श्रमिकहरूको आन्दोलन पुनः चर्किएको छ । बिहीबार गाजीपुर, आशुलिया र सावरलगायत प्रमुख औद्योगिक...

#बंगलादेश
Compare →
Onlinekhabar
1d ago
‘जलवायु सङ्कटले विश्वको तयारी र प्रतिकार्य क्षमतालाई उछिन्दै’

‘जलवायु सङ्कटले विश्वको तयारी र प्रतिकार्य क्षमतालाई उछिन्दै’

२६ कात्तिक, अन्ताल्या । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले जलवायु सङ्कट विश्वको तयारी र प्रतिकार्य क्षमताभन्दा तीव्र गतिमा बढिरहेको उल्लेख गर्दै हरितगृह ग्यास उत्सर्जन कटौती र जलवायु कार्यलाई तीव्रता दिन विश्व नेताहरूलाई आग्रह गरेका छन् …

#तयारी
Compare →

Related Stories

National (Nepal)
Build #2611