Trending
Prev Story
Next Story

तलबवृद्धिको माग गर्दै बंगलादेशमा १०० भन्दा बढी कपडा उद्योग बन्द

Arthasansar •
November 13, 2026 • 04:35 AM
1
1 reads 0 reactions

न्यूनतम पारिश्रमिक बढाउनुपर्ने माग गर्दै बंगलादेशका कपडा उद्योगका श्रमिकहरूको आन्दोलन पुनः चर्किएको छ । बिहीबार गाजीपुर, आशुलिया र सावरलगायत प्रमुख औद्योगिक...

तलबवृद्धिको माग गर्दै बंगलादेशमा १०० भन्दा बढी कपडा उद्योग बन्द

न्यूनतम पारिश्रमिक बढाउनुपर्ने माग गर्दै बंगलादेशका कपडा उद्योगका श्रमिकहरूको आन्दोलन पुनः चर्किएको छ । बिहीबार गाजीपुर, आशुलिया र सावरलगायत प्रमुख औद्योगिक क्षेत्रमा ठूलो संख्यामा श्रमिकले काम गर्न अस्वीकार गरेका छन् ।

उनीहरू कतिपय सडकमा प्रदर्शनमा उत्रिएका छन् । तर, प्रदर्शनकारीलाई प्रहरीले रोकेको छ । आन्दोलनका कारण १०० भन्दा बढी कपडा कारखाना बन्द गर्नुपरेको छ । बंगलादेशको तयारी पोशाक उद्योगलाई देशको अर्थतन्त्रको मेरुदण्ड मानिन्छ । करिब ३८ अर्ब अमेरिकी डलरको यस उद्योगले कुल निर्यात आम्दानीको झन्डै ८० प्रतिशत हिस्सा ओगटेको छ । यस क्षेत्रमा ४० लाखभन्दा बढीले रोजगारी पाएका छन् ।

श्रमिकहरूले हाल कायम मासिक न्यूनतम पारिश्रमिक १२ हजार ५०० टाकाबाट बढाएर ३० हजार टाका पुर्‍याउन माग गरेका छन् । यद्यपि, तलब बोर्डले नोभेम्बर ४ मा न्यूनतम पारिश्रमिक वृद्धि गर्ने सहमति जनाइसकेको छ । नयाँ तलबदर डिसेम्बरमा घोषणा गरी जनवरीदेखि लागु गर्ने तयारी छ ।

यसैबीच, बंगलादेश गार्मेन्ट म्यानुफ्याक्चरर्स एन्ड एक्सपोर्टर्स एसोसिएसन (बीजीएमईए)ले उद्योग क्षेत्रमा जारी अशान्तिप्रति चिन्ता व्यक्त गरेको छ । संगठनका अधिकारीहरूले निरन्तरको विरोधले उद्योग, श्रमिक र समग्र अर्थतन्त्र प्रभावित भइरहेको बताएका छन् । कारखाना सञ्चालकहरूले आन्दोलनका कारण उत्पादन प्रभावित भएपछि ‘नो वर्क, नो पे’ नीति लागु गर्नेबारे योजना बनाइरहेको बताइएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
1d ago
बंगलादेशका कपडा मजदुरको भान्सामै संकट!

बंगलादेशका कपडा मजदुरको भान्सामै संकट!

बंगलादेश । विश्व बजारमा कपडा निर्यातबाट ठूलो आम्दानी गर्ने बंगलादेशमा त्यही उद्योगमा काम गर्ने मजदुर भने दैनिक जीवन धान्न संघर्ष गरिरहेका छन्। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार बढ्दो ...

#बंगलादेश #कपडा
Compare →
Nagarik News
6h ago
परराष्ट्रमन्त्री खनाल र बंगलादेशका प्रधानमन्त्री रहमान बीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र बंगलादेशका प्रधानमन्त्री रहमान बीच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनालले तुर्कीएको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–३१) का अवसरमा बंगलादेशका प्रधानमन्त्री तारिक रहमानसँग साइडलाइनमा भेटवार्ता गरेका छन् ।

#बंगलादेश
Compare →

Related Stories

Sports
Build #2611