Trending
Prev Story
Next Story

आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

Arthasansar •
November 13, 2026 • 04:35 AM
1
1 reads 0 reactions

अमेरिकाको राजधानी वासिङ्टन डिसीको मध्यभागमा रहेको एक व्यस्त क्षेत्रमा बिहीबार बिहान एक बन्दुकधारीले पाँच जनामाथि गोली प्रहार गर्दा एक जनाको...

आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

अमेरिकाको राजधानी वासिङ्टन डिसीको मध्यभागमा रहेको एक व्यस्त क्षेत्रमा बिहीबार बिहान एक बन्दुकधारीले पाँच जनामाथि गोली प्रहार गर्दा एक जनाको मृत्यु भएको छ भने आक्रमणकारीसमेत मृत फेला परेका छन्।

अमेरिकामा सामूहिक गोलीकाण्डका घटना असामान्य नभए पनि राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको पालामा राजधानीको शान्तिसुरक्षा राष्ट्रिय बहसको विषय बनिरहेका बेला भएको यस घटनाले स्थानीय प्रहरी र सङ्घीय सुरक्षा फौजको तत्काल तथा व्यापक परिचालन निम्त्याएको थियो।

प्रहरीका अनुसार स्थानीय समयअनुसार बिहान करिब ८ बजे कार्यालय जाने व्यस्त समयमा ह्वाइट हाउसबाट करिब १.६ किलोमिटर उत्तरमा रहेको लोगन सर्कलस्थित एक जिममा बन्दुकधारी प्रवेश गरेका थिए। विदेशी दूतावास र आधुनिक रेस्टुरेन्टहरू रहेको उक्त क्षेत्र निकै चहलपहलपूर्ण मानिन्छ।

प्रत्यक्षदर्शी जेम्स स्पेलम्यानका अनुसार घटनाका बेला जिमभित्र करिब ५० जना थिए। उनले भने, ‘केही सेकेन्डमै एक व्यक्ति भुइँमा ढले र रगतको आहाल जम्यो। जिमका एक सदस्य उनलाई मद्दत गर्न दौडिए। घाँटीमा गोली लागेका उनको तत्कालै मृत्यु भइसकेको थियो।’ स्पेलम्यानले आफू र अन्य सदस्यहरू जिमबाट बाहिर भागेको तथा १५औँ स्ट्रिट क्षेत्रमा थप गोली चलेको आवाज सुनेको बताए। जिमभित्र करिब दुई राउन्ड र बाहिर पाँच–छ राउन्ड गोली चलेको उनको भनाइ छ।

घटनाको केही मिनेटमै मेट्रोपोलिटन प्रहरी विभागका साथै सङ्घीय अनुसन्धान ब्युरो (एफबीआई) र सिक्रेट सर्भिसका भारी हतियारधारी सुरक्षाकर्मी घटनास्थलमा पुगेर क्षेत्रलाई घेरा हालेका थिए। ‘सक्रिय आक्रमणकारी’ रहेको चेतावनी जारी गर्दै अधिकारीहरूले आसपासका विद्यालयहरू बन्द गराएका थिए। प्रहरीले सर्वसाधारणलाई ‘नजिकको भवनभित्र पस्न, झ्यालबाट टाढा रहन र अर्को सूचना नभएसम्म भित्रै बस्न’ निर्देशन दिएको थियो।

वासिङ्टन डिसीका अन्तरिम प्रहरी प्रमुख जेफरी क्यारोलका अनुसार खैरो रङको सर्ट लगाएका ती श्वेत पुरुषले जिमभित्र गोली चलाएपछि बाहिर निस्केर सँगैको अर्को भवनको सातौँ तलाको कोठामा आफूलाई थुनेका थिए। नजिकैका छतहरूबाट स्नाइपरहरूले निगरानी गरिरहँदा विशेष वार्ताकार टोलीले उनीसँग फोनमा संवाद सुरु गरेको थियो। सोही क्रममा उनले थुनिएको ढोकाबाट प्रहरीतर्फसमेत गोली प्रहार गरेका थिए।

संवाद सुरु भएको करिब एक घण्टापछि फोनमा गोली चलेको आवाज सुनिएपछि प्रहरीले ढोका फोडेर भित्र पस्दा उनलाई आफैँले गोली हानेको अवस्थामा फेला पारेको थियो। उनको घटनास्थलमै मृत्यु भएको घोषणा गरिएको छ।

वासिङ्टन डिसी काउन्सिल सदस्य ब्रुक पिन्टोका अनुसार म्याट ल्याम्बर्ट नाम गरेका ती संदिग्ध व्यक्ति पेसाले चिकित्सक थिए। आफू बस्ने आवासीय भवन (कन्डोमिनियम) को विवादसम्बन्धी अदालतमा विचाराधीन मुद्दाका विपक्षी व्यक्तिमाथि उनले सुरुमा जिममा गोली चलाएका थिए।

प्रहरी प्रमुख क्यारोलले पनि आक्रमणकारी र भवनको घरधनी सङ्घबीचको द्वन्द्वका कारण गोलीकाण्ड भएको देखिएको पत्रकारहरूलाई बताए। अपुष्ट विवरणहरूका अनुसार आक्रमणकारीको मानिएको एक सामाजिक सञ्जाल खातामा उक्त क्षेत्रको आवासीय भवनको खराब अवस्थाबारे बारम्बार पोस्ट गर्ने गरिएको पाइएको छ।

गोलीकाण्डमा परेका पीडितहरूको विस्तृत विवरण सार्वजनिक गरिएको छैन। अधिकारीहरूले एक जनाको मृत्यु भएको र अर्का एक जनाको अस्पतालमा गम्भीर अवस्थामा उपचार भइरहेको पुष्टि गरेका छन्।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
17h ago
आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

अमेरिकाको राजधानी वासिङ्टन डिसीको मध्यभागमा रहेको एक व्यस्त क्षेत्रमा बिहीबार बिहान एक बन्दुकधारीले पाँच जनामाथि गोली प्रहार गर्दा एक जनाको मृत्यु भएको छ भने आक्रमणकारीसमेत मृत फेला परेका छन्। अमे...

#गोली #प्रहार #अमेरिका
Compare →
Nagarik News
20h ago
ह्वाइट हाउस नजिकै गोली चल्यो : दुईको मृ*त्यु, चार घाइते

ह्वाइट हाउस नजिकै गोली चल्यो : दुईको मृ*त्यु, चार घाइते

अमेरिकाको राजधानी वासिङ्टन डीसीमा बिहीबार बिहान गोलीबारीको घटना भएको छ।

#ह्वाइट #हाउस #नजिकै
Compare →
Onlinekhabar
12h ago
लोकतन्त्रमाथि प्रहार भए अन्य दलसँग सहकार्य गर्न कांग्रेस पछि हट्दैन : महामन्त्री पौडेल

लोकतन्त्रमाथि प्रहार भए अन्य दलसँग सहकार्य गर्न कांग्रेस पछि हट्दैन : महामन्त्री पौडेल

२७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रमाथि प्रहार गर्ने प्रयास भए कांग्रेस चुप लागेर नबस्ने चेतावनी दिएका छन् । शुक्रबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले सरकारले आफ्नो कार्यशैली नसच्याए लोकतन्त्रको रक्षाका लागि आन्दोलनमा …

#प्रहार
Compare →

Related Stories

World News
Build #2611